शनिबार, वैशाख १५, २०८१

जसले ६७ वर्ष नुहाएन उसको आत्मा झन स्वच्छ

नेपालप्लस संवाददाता२०७८ वैशाख २१ गते १२:३०

Amou Hadji-Source-Iran News via histryofyesterday.com

दार्शनिक प्लेटोले एक पटक उल्लेख गरेका थिए, ‘प्रायः पश्चिमी समाजले कुरूप मानेको यस संसारका स्थानहरू सुन्दर मान्छेले भरिएका हुन्छन् । र ती सुन्दर मानिने स्थान प्रायः नकारात्मकता फैलाउने, नकारात्मकता साझेदारी गर्ने मान्छेहरु द्वारा आबाद गरिन्छ ।’ यस्तै कुरा आमु हाद्जीमा पनि लागू हुनसक्छ । पश्चिमी समाजका अधिकांश व्यक्तिहरूद्वारा उनलाई जुन दृष्टिकोणले हेरिन्छ त्यहि विचारलाई सत्यको नजिक पुर्‍याउँछ ।

आमु हाद्जी सन् १९३४ मा जन्मेका थिए । उनी मूल रूपमा इरानका हुन् । किशोरावस्थामा भएका केही घटनाहरू उनले कसैलाई भनेनन् । ति घटनाबाट उनले आफूलाई अलग राख्ने र प्रकृतिको सामिप्यमा रहेर बाँच्ने निर्णय गरे । धेरै वर्षसम्म आमु इरानको वरिपरि घुमे ।

केहि वर्ष पहिले उनको फोटो इन्टरनेट भर भाईरल भएको थियो । तर हामी सबैलाई थाहा छ, हाम्रो समाजका धेरै व्यक्तिले किन यो मानिस यसरी बस्न रोज्यो भनेर सोचविचार नगरी नकारात्मक टिप्पणीहरू गरे ।

Source- Postcard Kashmir via historyofyesterday.com

आमुले आफ्नो २० औं दशकको सुरुतिर हात धुन छोडिदिए । उनलाई यात्राको क्रममा भेटेका मानिसहरुले उनलाई नि: शुल्क नुहाउने प्रस्ताव राख्थे । तर उनले सधैं इन्कार गरे । स्थानीय मिडियाले आमु यताउति हिँडिरहेको बेला उनको बारेमा पत्ता लगायो ।

आमुको खोजी नभएसम्म हात नधुने व्यक्तिको गिनीज बुक अफ वर्ल्ड रेकर्डमा भारतका एक व्यक्तिको नाम थियो जसले ३८ वर्षसम्म हात धोएका थिएनन् । आमुले ६७ वर्षसम्म हात नधोएकाले भारतीयको रेकर्ड उनले तोडिदिए । आमु अहिले ८७ वर्ष पुगेका छन् । त्यसको अर्थ आमुले २० वर्षे उमेरदेखि हात धोएका छैनन् ।

हात किन नधोएको भनेर स्थानिय मेडियाले सोध्दा ‘हात धोयो भने बिरामी परिन्छ भन्ने डरले नधोएको’ जवाफ दिन्छन् । उनले आफ्नो शरिरमा वर्षौंदेखि जम्मा पारेको फोहोरलेनै रोग प्रतिरोधात्मक प्रणाली विकास गरेकाले कहिल्यै विरामी नपरेको पत्रकारहरुसित बताउने गरेका छन् ।

Source-Tehran Times via historyofyesterday.com

६७ वर्षदेखि हात नधोएका आमुमा सडेको मासुको स्वाद गढेको छ । उनी वास्तवमा सडेको मासुलाई आफ्नो मनपर्ने खानाको रूपमा परिभाषित गर्छन् । सफा ताजा खाना प्रस्ताव गर्दा उनलाई अपमान हुन्छ । चुरोटको तलतल मेटाउन पैसा नभएकोले उनी जनावरको मल माडेर धुवाँ उडाउँछन् । कसैले उनलाई चुरोट प्रस्ताव गर्‍यो भने एकैचोटि पाँच वटा चुरोट पिउँछन् ।

चाखलाग्दो कुरा के छ भने, यस्तो अस्वस्थ्यकर जीवनशैली बिताइरहेका आमु धेरै स्वस्थ देखिन्छन् र ८७ वर्षको उमेरसम्म सजिलैसित बाँच्न सकेको बताउँछन् ।

आफ्नो उमेरका कारण आमु अहिले ईरानको देजगाह शहर बाहिर बसोबास गरिरहेका छन् । त्यहाँ ऊनी आफैंले खनेको खाडल जस्तोमा सुत्छन् । स्थानीयहरूले त्यसलाई चिहानको रूपमा वर्णन गरेका छन् । त्यो देखेर स्थानीयवासीलाई टिठ लाग्यो र इँटाको एउटा सानो घर बनाईदिए । तर कसैको ऋणमा डुबिन्छ कि भन्ने डरले त्यो घर कमै प्रयोग गरे उनले ।

स्थानीयहरूले उनलाई बाइबलीय चरित्रको रूपमा वर्णन गर्छन्, गलत समयमा जन्म भएको भन्दै । ऊनी एकान्तता र प्रकृति प्रेम गर्दछन् । यसको मतलब यो होइन कि उनले मानिसहरूलाई प्रेम गर्दैनन् । देजगाहका स्थानीयहरू उनलाई सधैं खानेकुरा ल्याइदिन्छन् र सामजिक बनाउँदछन् । उनी प्राय स्विकार गर्दैनन् तर अनुहारमा मुस्कान देखिन्छ ।

उनको वर्ण कालो छ जसलाई प्रायः मानिसहरूले फोहोरको रूपमा हेर्छन् । प्रायजसो उनी खरानी नै घस्छन् । त्यसपछि उनले आफ्नो टाउको आगोमा लगेर झोस्छन् र कपाल जलेर छोटो हुन्छ । किनभने उनले आफ्नो कपाल काट्न अन्य मानिसहरूलाई विश्वास गर्दैनन् । स्थानीय पत्रकारहरूले उनबाट वाल्यकालका बारेमा धेरै जानकारी प्राप्त गर्न सकेनन् । कुन कुराले उनलाई यस्तो जिवनशैली अपनाउन बाध्य पार्‍यो भन्ने उनले बताएनन् वा बताउनै सकेनन् ।

हाम्रो समाजले उनका बारेमा बनाएका धारणा र विवेचना बाहेक पनि मानिस खुशि छ । तिनको आफ्नै जिवनशैली र खुशि हुने आधार हुन्छन् भन्ने समाजले जान्नु जरुरि छ । यदि यस्तो जीवनशैलीले आमुको अनुहारमा हाँसो ल्याउँछ, मुस्कान छर्छ भने संसारले उनलाई त्यस्तै जिवनशैली अपनाउन दिनुपर्छ । उनको जिवनशैलीको बरु प्रशंसा गरिदिनुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक