शुक्रबार, वैशाख १४, २०८१

“प्रेमाधिकार”

बिनु भट्टराई / काठमाडौं२०७८ वैशाख २१ गते १४:१२

              बिनु भट्टराई

“निस्प्राण जस्तै महशुस हुन्छ तिमी बिनाको जीवन ! कसरी हो दिनहरु बिताउने जस्तो लाग्छ । मिठो आदत लाग्यो मलाई ! प्रेमिल सामिप्यतामा न्यानो पनले किन यति धेरै बिश्वास दिलाउँछ ? आफुलाई भन्दा बढी भरोसा लाग्छ जबकी हामी भेटेकै पनि छैनौं ।”

यस्तै-यस्तै भन्ने गर्थीन उनि मेसेजहरुमा । दिन गन्दा गन्दै पर्खाईको अन्त्य भयो ।
मनमा उकुसमुकुस सँगै उत्साह त छँदै थियो। तमाम उत्सुकतालाई चकनाचुर पार्दै उनले मौनता भंग गरीन ।

“मलाई के ल्याइदिनुभो?”
“केही ल्याइन नि।”
मैले भिरिरहेको ब्याग खोतल्न हतार गरिन् ।

उनको स्वाभाव यत्ती चंचल होइन मलाई थाहा छ । पहिलो भेट्लाई सहज बनाउन नाटक गरेकी हुन । आफ्नो गम्भिरतालाई लुकाएर नाटक गर्नुको कारण के रहेछ !

उनको नाटकिय एक्सप्रेसन लाई हेर्न मन थियो । प्रेमको शक्ति यति भयंकर हुँदोरहेछ ! आँखा जुधाउनै सकिन ।

डराई डराई भनें- “पर्फ्युम ! जसले हाम्रो संबन्धको सुगन्धलाई जनाउँछ।”

“साडी- एकमिटरले नै अंङ्ग छोप्छ र पनि पाँच मिटरको आवश्यकता जनाउँछ जसले संबन्ध पत्रैपत्र बनी खप्टिएर सुसज्जित बनाओस।”

“डायरी- जीवनको घुम्टिहरुलाई नोट गर्दै गर्दा बाँकी यात्रामा कोशेढुङ्गा साबित गरोस र प्रेमको रसबाट सिर्जना फुलाउँदै प्रत्येक दिन भनोस- “आज यति पेज लेखेंनी !”

“क्रीम पनि छ । मनमुटाब भएकै बेला लेप लगाउन सकियोस् संबन्धमा, अनुहार पोते जस्तैगरी । भ्रमले पनि राहत दिएकै हुन्छ नि है !

साइज त थाहा भएन सेंडिल पनि छन है मेरो दिलको सिंबोल हो यो । हाइट म्यानेज गर्न साडिसँग हिल लगाएजस्तै तिम्रो सफलतामा मेरो दिल सहायक बनोस् ।

“भो भो……”

म बोल्दै गर्दा उनले रोकिन् ।

मसँग अझै अरु सामान पनि थियो उनको निम्ति । बिना अनुमती किनेको थिएँ । मेरो भन्नू उनी मात्रै त थिइन् ।

तर डर थियो, झटारो हानेर फिर्ता गर्ने उनको मुडि स्वाभाब भिडियो कल मै अनुमान लगाइसकेको थिएँ ।

उनी क्षितिजतिर हेरेर भावुक हुँदै टोलाएपछि बल्ल निर्धक्क नियाल्न सकें उनको मुहार। यति मात्र बुझ्न सकें आफ्नै सुरक्षा को निमित्त कठोरता को आवारणमा लपेटिएकी उनी देखिने स्वाभाब भन्दा कयौं गुना कोमल रहेछिन् ।

प्रेमको रागमा जलिसकेको थियो त्यो खोल । किनकी त्यहाँ कुनै पुरुष नभएर सिर्फ प्रेम थियो ।

अझै भन्न मन थियो, “इनर सेट छ है यो पनि रक्षा कवच जस्तै हो।” यिनले जस्तै मैलेपनि संबन्धलाई सुरक्षीत राख्न सकुँ । र बचाउन सकुँ कुटिल नजर बाट । उहुँ हिम्मत आएन

सोचें, आफै बुझ्नेछिन ।

पलमै टुटन र सम्हालिन सक्ने मान्छे हुन उनी । मलाई समेत संझाएकी छिन जीवन का कहाली लाग्दा कुइनेटाहरुमा ।

हेर्दाहेर्दै भाबुकताको पर्दा च्यातेर खितित हाँस्दै भनिन “भाँडमा जावोस तपाईको दर्शन” । थाहा छ पर्फ्युमले प्रेमिल जोडिलाई छुट्टाउँछ,मसँग टाढा हुन मन लागेको हो ?

“संबन्धमा कपडा त झन दिनै हुँदैन ।”

म खङरङ्ग परें । वर्षौंको मेरो प्रेम नगरमा फक्रीएका फूल जस्ता सामानलाई अनुमान गरिएको प्रत्येक संकेतसँग जोडिएको सपना धुजा-धुजा पारिन् ।

– के यो सत्य हो ? हो भने नजिकै नदी छ बगाईदिउँ बरु । गुमाउन त पटक्कै मन नै छैन ।

भाबुकतामा रमाउने पालो मेरो थियो । ड्रामिस्ट हुन उनि । तर यत्ती विधि होलिन भन्ने पनि लागेको थिएन ।

होस उडाई सकेपछी मेरो मनोदशालाई बुझेर होला समाल्न खोज्दै भनिन “एउटा उपाए छ भनुँ?”

के…….!
“प्रत्येक सामानको मुल्य तिर्छु अनि दोष लाग्दैन।”

म अचम्म मान्दै थिएँ । यो कुन कला हो मान्छे सताउने या सत्य हो! उनी भने औंला भाचिरहेकी थिईन- पर्फ्युम को एक रुपियाँ, साडिको एक रुपियाँ पचास पैसा……..

सोध्न मन थियो- त्यसो भए कुन सामान गिफ्ट गर्दा अझै गाढा हुन्छ सम्बन्ध र कहिल्यै छुट्दैन त !

मैले हाँसो रोक्न सकिरहेको थिइन । सायद मुहारको बादल हटिसकेको हुनुपर्छ ।
पुल्लुक्क मतिर के हेरेकी थिइन्उनले दुबैजनाको उन्मुक्त हाँसो गगनतिर निक्कै बेर गुन्जियो…….

सायद प्रेमको चरम आनन्द भनेको यहि हुनुपर्छ । बिना अनुमती अंगालोमा समय बितेको पत्तो नभैरहँदा सिम सिम पानीले लछप्पै भिजिसक्दा पनि बेखवर जस्तै भैरह्यौं !!

तपाइँको प्रतिक्रिया