मंगलबार, चैत ६, २०८०

सुन जस्तो सूर्यास्त

ददि सापकोटा२०७८ वैशाख २१ गते १७:२३

पेरिसबाट करिब ३५ किमी परको विश्वविध्यालय क्षेत्र पेरिस साक्ले नजिकै छ एउटा ताल, ख्रिस्ट द साक्ले । यो ताललाई बिचबाट राष्ट्रिय राजमार्गले फक्लक्कै दुई भागमा चिरेपनि यो ठाउँ शान्त छ । गाडीहरुको घुइँचो हुन्न । त्यसैले यो ताल धेरै थरीका माछा, चरा र अन्य जलचरको लागि गज्जबको वासस्थान हो । तर यहाँका जिव हेर्न जति मज्जा आउँछ त्यो भन्दा सयौं गुणा बढि आनन्द, मज्जा त यो तालको किनार छुँदै डुब्ने सूर्यलाई नियाल्दा आउँछ । डुब्न लागेको घाम भन्छन्, तर यहाँबाट हेर्दा डुब्न लागेको घामले झन जवानी हुर्काउँदै गएजस्तो लाग्छ । झन चम्किलो । झन झन सूनजस्तो पहेंलो । कतै कतै रातो । घामका किरण वरिपरिका बुट्याउन, झाडी र पानीमा पर्दा त झनै सुन्दर !

तपाइँको प्रतिक्रिया

फेसबुक