शुक्रबार, वैशाख १४, २०८१

विश्वकै प्रमुख वालयौन दुराचार संजाल जर्मन प्रहरीद्वारा ध्वस्त, चार प्रमुख दुराचारी पक्राउ

नेपालप्लस प्रतिनिधी / फ्र्यांकफर्ट, जर्मनी२०७८ वैशाख २२ गते १५:०१

photo-news.yahoo.com

लगभग चार लाख वाल यौन दूराचारीहरु सदस्य भएको सन्जालका चार प्रमुख सन्चालकलाई पक्राउ गर्नुकासाथै सन्जाललाई जर्मन प्रहरीले ध्वस्त पारिदिएको दाबी गरेको छ ।

जर्मन प्रहरीले भनेको छ “हामीले विश्वकै सबैभन्दा ठूलो वालयौन दूराचारी संजाललाई ध्वस्त पारिदिएका छौं” । प्रहरीले अप्रिलको मध्यमा छापा मारेर यस सन्जालका चार ब्यक्तिलाई पक्राउ गरेकोसमेत उल्लेख गरेको छ ।

जर्मन संघिय प्रहरीले एक विज्ञप्तिमा भनेको छ “ब्वाइजटाउन” भनेर चिनिने प्लेटफर्म २०१९ देखि अस्तित्वमा थियो । यसमा चार लाख सदस्य थिए र यो संजाल विश्वव्यापी वाल अश्लीलताको आदानप्रदानको लागि स्थापित गरिएको थियो।”

आफ्रोनाजियान्युजका अनुसार जर्मन प्रहरीले ‘डार्कनेट फोरम’ नाम दिएको यो सन्जालले प्रयोगकर्ताहरूलाई अरूसँग कुराकानी गर्न तथा ग्राफिक छवि र भिडियो सामग्री साझेदारी गर्न अनुमति प्रदान गर्दछ जसमा वालवालिकाहरूको गम्भीर यौन दुर्व्यवहार समावेश गरिएको थियो ।

उमेरले ४० वर्ष देखि ६४ वर्ष बीचका तीनजना मानिसहरूलाई जर्मनीमा सात पटक छापा हान्ने क्रममा पक्राउ गरिएको थियो भने अर्को एक जनालाई पराग्वेमा जर्मन अधिकारीहरूको अनुरोधमा पक्राउ गरिएको थियो ।

पराग्वेको कन्सेप्टिभन क्षेत्रका एक संदिग्ध जर्मन नागरिक पनि फ्रान्कफर्टको अदालतले जारी गरेको अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्टको आधारमा जर्मनी फिर्ता पठाउनुपर्ने भएको छ ।

ती मध्ये तीन जनामाथि संजाललाई प्रशासकको रूपमा व्यवस्थापन गरेको आरोप लगाइएको छ । ति अधिकारीहरूले यौन दुराचारीहरुको खोजी गर्नबाट कसरी जोगिन सहयोग गर्न सकिन्छ भन्ने बारे प्राविधिक सहयोग र सल्लाह प्रदान गर्दै आएका थिए । प्रहरीका अनुसार अर्को एक जना संजालको सबैभन्दा सक्रिय प्रयोगकर्ताहरू मध्ये एक रहेको थियो ।

अनुसन्धानकर्मीहरूले एक महीना लामो अनुसन्धान गरेका थिए । जर्मन प्रहरीद्वारा आयोजना गरिएको यो अनुसन्धान अपरेसन युरोपोलले समन्वय गरेको थियो । नेदरल्याण्ड्स, स्विडेन, संयुक्त राज्य अमेरिका र क्यानडामा कानून प्रवर्तन द्वारा यो अनुसन्धानलाई समर्थन गरिएको थियो।

दुबै “ब्वाईजटाउन” र अन्य च्याट सन्जालहरू छापा हानेपछि अफलाइन गरिएका थिए ।

तपाइँको प्रतिक्रिया