मंगलबार, वैशाख ११, २०८१

स्पेनको राजधानीमा कोरोना भाईरस प्रतिबन्ध बिरोधी नेताको बिजय

नेपालप्लस प्रतिनिधी / स्पेन२०७८ वैशाख २२ गते १७:५९

Photo Credit- wikimedia.org

स्पेनको राजधानी मेड्रिडका जनताले त्यहाँको स्थानिय निर्वाचनमा कोरोना भाइरस प्रतिबन्धको चर्को बिरोधीलाई बिजयी गराएका छन् ।

म्याड्रिडका बासिन्दाहरूले मंगलबार यस क्षेत्रका कट्टरपन्थी नेत्री ईसाबेल डियाज आयुसोलाई जीताइदिएका छन् जसले कोरोना भाइरस प्रतिबन्धलाई जिद्दीपूर्वक प्रतिरोध गर्न प्रख्याती कमाएकि थिईन् ।

झन्डै सबै मतगणनाको नतिजाले दक्षिणपन्थी प्रसिद्द पार्टी (पीपी) का उदाउँदो नेत्री आयुसोको जीत भएको हो । उनले ४५ प्रतिशत मत जितेर प्रधानमन्त्री पेद्रो सान्चेजका समाजवादीहरूलाई पराजित गरेकि हुन् ।

“आज स्पेनको इतिहासमा नयाँ अध्याय सुरु भएको छ” आँखामा आँसु टिल्पिलाउँदै विजय भाषणमा उनले आफ्नो जित घोषणा गरिन् । उनको पार्टी पीपी प्रमुख पाब्लो क्यासाडोले यो नतिजालाई “राष्ट्रिय राजनीतिको महत्वपूर्ण मोड” घोषणा गरेका छन् ।

गणना गरिएको ९५ प्रतिशत मत मध्ये आयुसोले २०१९ को तुलनामा उनको पार्टीको प्रदर्शनलाई दोब्बर बनाईन् । क्षेत्रीय संसदको १३६ सीटमध्ये ६५ जितिन् । समाजवादीहरूले २४ मा जम्मा १३ सीट सुरक्षित गरे।

६९ सीटको पूर्ण बहुमतको लागि ४२ वर्षीय यि नेत्रीलाई अतिवादी दक्षिणपन्थी पार्टी भोक्सको समर्थन चाहिने छ । भोक्स पार्टीले १३ सीट प्राप्त गरेको छ । समर्थन् पाउने नपाउने बारे केहि नखुलाएपनि उनले भनिन् “चुनावले विश्वनै अन्त्य हुन्छ भन्ने छैन। ”

वामपन्थी पार्टीले निर्वाचनमा ठूलो पराजयको सामना गर्नुपरेको छ । स्पेनको सत्तारुढ गठबन्धनका कनिष्ठ साझेदार बामपन्थी पार्टी पोडेमोसका प्रमुख पाब्लो इगलेसियाले राजनितिबाट सन्यास लिने घोषणा गरेका छन् ।

“हामी असफल भएका छौं । हामी बहुमत संख्यामा पुग्न धेरै टाढा छौं” पाब्लो इगलेसियाले भने “जब आफो प्रबहवकारि छैन भन्ने थाह हुन्छ त्यतिबेला पछी हटेर जानु बुद्दिमानीपूर्ण हुन्छ ।”

यद्यपि यो पार्टीले अघिल्लो पटक भन्दा बढी मत प्राप्त गर्‍यो । मात्र १० सिट भएकाले क्षेत्रिय संसदमा यो पार्टीले नाबालिग खेलाडीका रुपमा भूमिका खेल्ने छ । अति कट्टरपन्थी प्रतिद्वन्द्वी मास म्याड्रिड पार्टीले २४ सिट प्राप्त गरेको छ ।

आयुसो सान्चेजको वामपन्थी सरकार र महामारी नियन्त्रणका लागि गरिएका प्रतिबन्धहरुबिरुद्द अग्रणी आलोचकहरू मध्ये एक हुन् ।

एक स्पस्ठ कट्टरपन्थी उनले स्थानीय अर्थव्यवस्थामा कडा प्रतिबन्ध लगाउने सरकारी दबावको प्रतिरोध गर्न व्यापक समर्थन प्राप्त गरेकी छन् ।

सन् २०२० को जुन महिनामा राष्ट्रिय तालाबन्दी समाप्त भएदेखि नै म्याड्रिड एक मात्र प्रमुख यूरोपीय राजधानी हो जसले बार, रेस्टुरेन्ट र थिएटर खुला राख्यो ।

मंगलवारको निर्वाचनमा ५१ लाख मानिस मात्रै मतदान गर्न योग्य थिए । यो क्षेत्रमा केन्द्रिय सरकारसित कडा लडाई र विभाजनकारि अभियान चलिरहने गर्छ । यहाँ गत २६ वर्षदेखि पिपी पार्टीले शासन गर्दै आएको छ ।

मंगलवार विहानैदेखि मतदानकालागि मानिसहरु लाम लागेका थिए । यहाँ ७६ प्रतिशत मत खस्यो । यो भनेको सन् २०१९ मा भन्दापनि ११ प्रतिशतले बढि हो ।

यद्यपि म्याड्रिड स्पेनको सबैभन्दा धेरै संख्यामा संक्रमण र मृत्यु भोग्नुपरेको शहर हो, आयुसोले लगातार बार र रेष्टुरेन्टहरू बन्द गर्ने आह्वानलाई इन्कार गरिन् । आतिथ्य क्षेत्रले उनलाई नायिकाको रूपमा मान्दै आएको छ ।

स्वतन्त्रताको नारा दिने उनको अभियान थियो, कोरोना भाईरस प्रतिबन्धका बेलापनि । उनले महामारीको बावजुद जनताको सामान्यता खाँचो पुरा गर्नुपर्ने आवश्यकतामा ध्यान केन्द्रित गरेकि थिईन् ।

“बियर हुनु महत्वपूर्ण छ” उनले अघिल्लो महिना भनेकि थिईन् “खराब दिन पछि बियरले तपाईंलाई उत्साहित बनाउँछ।”

यद्यपि आलोचकहरूले उनको लाक्षणिक प्रतिबन्धले अन्तत: १५ हजार मानिसको मृत्यु भएको उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक