शुक्रबार, वैशाख १४, २०८१

दुई करोड स्विस फ्र्यांक चोरेर फरार हुने फ्रान्समा पक्राउ

नेपालप्लस संवाददाता२०७८ वैशाख २२ गते २२:४९

Photo: FABRICE COFFRINI / AFP Via thelocal.com

नगद र बहुमूल्य वस्तु गरि दुई करोड स्विस फ्र्यांक मूल्यको सामान ओसारपसार गरेको स्विस नगदी ट्रक लुट्ने पाँच जनालाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको छ ।

धेरै महिनाको अनुसन्धान पछि फ्रान्सेली र स्विस पुलिसले जेनेभा नजिकैको लियों र आनमास शहरमा पाँच फ्रान्सेली नागरिकलाई पक्राउ गरेको हो । भो प्रान्तका प्रहरीहरुले मंगलवार जारि गरेको बिज्ञप्तीका अनुसार फ्रान्स र स्विजरल्याण्डमा अझै अपरेशनहरू भइरहेको छ ।

ति संदिग्धहरु ३१ देखि ४२ वर्षका छन् । उनीहरुमाथि सन् २०१९ को डिसेम्बर २ का दिन स्विजरल्याण्डको फ्रान्सेली भाषा बोलिने प्रान्त लोजानको उत्तरमा पर्ने डाईलेन्स गाउँमा स्विस पोस्ट भ्यान डकैति गरेको आरोप लगाइएको छ । उनीहरुले विहान करिब ७ ४० बजे दुई वटा गाडीले पोस्ट भ्यान रोकी बन्दुक देखाउँदै भ्यान लुटेका थिए ।

अपराधीहरूले विष्फोटक पदार्थ प्रयोग गरी भ्यानको ढोका खोल्न सफल भए र सामान कब्जा गरेका थिए । तिनीहरूले घटनास्थलबाट भाग्नु अघि तीनवटा गाडीमा आगो लगाइदिएका थिए । आक्रमणको क्रममा कोही पनि घाइते भएका भने थिएनन् ।

भो प्रान्तका प्रहरी प्रवक्ता जीन क्रिस्टोफ सउटरलले कीस्टोन-एसडीए समाचार एजेन्सीलाई बताएअनुसार चोरहरूले जम्मा नगदसहित २० करोड मूल्यको घडी, सुनका बार र बहुमूल्य पथ्थर लिएर भागेका थिए ।

यो आक्रमण पश्चिमी स्विजरल्याण्डको क्यान्टोन भोमा रातमा नगद डेलिभरी गर्ने गाडीहरूको डकैतीको क्रममा भएको थियो । सन् २००६ यता भएका ११ वटा त्यस्ता आक्रमणहरू मध्ये अधिकांश हिंस्रक भएका छन् । आक्रमणकारीहरूले केही यस्ता डकैतीका क्रममा भ्यान ड्राइभरलाई गोली हान्ने र कुटपिट गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक