बिहीबार, चैत १५, २०८०

फ्रान्स-बेलायत मत्स्य विवाद : एक लाख वासिन्दाको बिजुली काटिदिने फ्रान्सको चेतावनी

शोभा कँडेल २०७८ वैशाख २३ गते १५:४३

photo credit-paudal.com

फ्रान्स र बेलायतबिच माछा मार्ने विषयमा द्वन्द बढ्दै जाँदा फ्रान्सेली नाविकहरूले बेलायतको जर्सी टापूमा प्रदर्शन गरेका छन् । ब्रेक्जिट संझौतापछि बेलायत र फ्रान्सबिच पछिल्लो समय माछा मार्ने विषयमा द्वन्द झन झन बढ्दै जाँदा फ्रान्सले बेलायतको जर्सी टापूको बिजुली काटिदिनसक्ने चेतावनी दिएको छ ।

फ्रान्सको नजिक पर्ने टापुहरूमा माछा मार्ने सम्बन्धमा ब्रेक्सिट पछाडि भएको द्वन्द्वमा बेलायत विरुद्ध फ्रान्सले बदला लिने धम्की दिएपछि बेलायतले बुधबार जर्सी टापू नजिक दुई गस्ती जहाज पठाएको घोषणा गरेको छ । बिहीबार, करीव पचास फ्रान्सेली टापुको अगाडि उनीहरूमाथि लगाइएको शर्तहरूको विरोध गर्न भेला भएका थिए ।

बेलायतले बुधबार (मे ५) बेलायतस्थित जर्सी नजिक ब्रिटिश नौसेनाका दुई गस्ती जहाज पठाउने घोषणा गरेको थियो । फ्रान्सले ब्रेक्सिट पछाडि माछा मार्ने विवादको पृष्ठभूमिमा यस टापूमा बिजुली आपूर्ति काट्ने संकेत दिएपछि लन्डन र पेरिसबिच द्वन्द झन उत्कर्षमा पुगेको हो । बेलायतको जर्सी टापूमा जाने बिजुली र अन्य सुविधाका केवलहरु फ्रान्सबाट लगिएको छ । माछा मार्ने फ्रान्सको पहुँचलाई अवरुद्द गरेमा फ्रान्सले बेलायतको जर्सी टापूमा लगिएको बिजुलीका तार र अन्य केबल काटिदिने संकेत गरेको छ ।

फ्रान्सले मंगलबार बेलायतमा रहेका फ्रान्सेली मछुवाहरू माथि बेलायती अख्तियारवालाहरूले लगाएको नयाँ शर्तहरूपछि बेलायत विरुद्ध प्रतिशोध कारवाही गर्ने धम्की दिँदै शर्तहरूको भर्त्सना गरेको छ । फ्रान्सेली समुद्री मन्त्री आनिक जेराार्डिनले ब्रेक्सिट पछि युरोपेली संघ र संयुक्त राज्य बेलायतबीचको व्यापार सम्झौताको विपरीत भएको उल्लेख गरेकि छन् ।

आज मे ६ बिहीवार विहानदेखि झन्डै ५० फ्रान्सेली माछा मार्ने डुंगा जर्सीको एङ्ग्लो-नर्मन टापूको राजधानी सेन्ट-हाइलेरको अगाडि भेला भएका छन् । तिनले फ्रान्सेली नाविकहरूमाथि माछा मार्ने शर्तको विरोधमा बन्दरगाहमा रोक लगाएका छन् ।

त्यहाँ दुई फ्रान्सेली गस्तिका डुंगा पनि खटाइएको थियो । युरोपेली मामिलासम्बन्धी फ्रान्सेली सचिव क्लेमेन्ट ब्यूनेले भने “बेलायती युद्धाभ्यासले हामीलाई प्रभावित पार्नु हुँदैन ।”

फ्रान्सले नाकाबन्दी गर्ने परिकल्पनामा जर्सीका प्रतिनिधिहरूसँग कुरा गरिसकेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस टापुलाई “अटल समर्थन” दिएको बताएका छन् । “उनले पनि तनाव रोक्नको लागि तत्काल आवश्यकतालाई जोड दिए” ब्रिटिश नेताका प्रवक्ताले भने ।

“एक सावधानीका रूपमा ब्रिटेनले त्यहाँको अवस्था अनुगमन गर्न दुई गस्ती जहाज पठाउँनेछ” प्रवक्ताले थपे ।

जर्सी टापुले एकपक्षीय शर्तहरु सहित इजाजत पत्र जारी गरेको, त्यसमा फ्रान्सेली मछुवाहरुको पानीमा पहुँचको सीमा तोकिएको थाह पाएपछि फ्रान्सेली समुद्री मन्त्री आनी जेरार्डिनले मंगलबार घृणा व्यक्त गरेकि छन् ।

पेरिसका अधिकारीहरुका अनुसार फ्रान्सले शुक्रबार जर्सीको पानीमा माछा मार्न ३४४ डुंगाको अनुरोध गरेपनि जम्मा ४१ वटालाई बेलायतले अनुमति दिएको भन्दै सूची प्रकाशित गरेको छ । तर यस सूचीमा नयाँ आवश्यकताहरू पनि माग गरिएको छ । त्यसरि सूची परिमार्जित गर्दा बेलायतले फ्रान्ससित सल्लाह गर्ने, छलफल चलाउने र यस्तो सूची निकाल्नु अघि फ्रान्सलाई सूचित गरिएको समेत छैन । बेलायतको यो निर्णय जनवरी १ देखि लागू भएको लन्डन र ब्रसेल्स बीचको ब्रेक्जिट सम्झौताको उल्लंघन हो ।

“ब्रेक्सिट पछिको सम्झौतामा प्रतिशोधात्मक उपायहरू छन् र हामी त्यसलाई प्रयोग गर्न तयार छौं” फ्रान्सेली समुद्री मन्त्री आनिक जेराार्डिनले राष्ट्रिय सभाको अगाडि घोषणा गरेकी थिइन “उदाहरणका लागि जर्सीमा लगिएका केबल अण्डवाटर सेलरबाट बिजुली प्रसारण हुन्छ र त्यो फ्रान्स भएर जान्छ “।

ऊर्जा विशेषज्ञ एस एन्डपी ग्लोबल प्लेट्सको तथ्यांकका अनुसार एक लाख आठ हजार बासिन्दा भएको जर्सी टापुले आफ्नो ९५ प्रतिशत बिजुली फ्रान्सबाट आयात गर्दछ । फ्रान्सले ति केवलमा बाधा स्रिजना गरिदिए यो वस्ति अन्धकार हुन्छ ।

यसैसित संवन्धित तलका रिपोर्टपनि हेर्नुस्

बेलायत-फ्रान्स तनाव : माछा मार्ने विवादमा फ्रान्सद्वारा बेलायतलाई चेतावनी

फ्रान्स र बेलायतबिच पानी र माछामा झगडा : के हो वास्तबिक लडाइँ ?

तपाइँको प्रतिक्रिया

फेसबुक