मंगलबार, वैशाख ११, २०८१

अन्तराष्ट्रिय नेपाली समाज जर्मनीको राष्ट्रिय कार्यसमिति गठन

नेपालप्लस समाचारदाता / जर्मनी२०७८ वैशाख २३ गते १६:२०

अन्तर्राष्ट्रिय नेपाली समाजले जर्मनीमा आफ्नो नयाँँ शाखा गठन गरेको छ । बुधवार भर्चुअल कार्यक्रमद्वारा विगत ८ वर्षदेखि जर्मनीलाई आफ्नो कर्मथलो बनाउँदै आएका सुमन बस्नेतको नेतृत्वमा जर्मनीको राष्ट्रिय कार्यसमिति गठन भएको हो । वरिष्ठ उपाध्यक्षमा बिनोद ढकाल, उपाध्यक्षहरुमा मुना कार्की र राधा गौतम चयन भएका छन । त्यसैगरी महासचिवमा विकाश सूबेदी, सचिवहरुमा प्रदीप परियार, अमृत लामिछाने चुनिएका छन ।

समितिको कोषाध्यक्षमा पशुपति तामाङ, सह-कोषाध्यक्षमा टीकाराम बस्याल छन भने सदस्यहरुमा कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी, कमल अधिकारी, मुना पौड़ेल, उज्वल भण्डारी, कृष्ण ओली, सुबास पौड़ेल र सन्जु तामाङ छन ।

नवगठित कार्यसमितिले मोहन बहादुर कार्की, हूमनाथ ढकाल र भरत चलाउनेलाई सल्लाहकारको रुपमा चयन गरेको छ । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गरी संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए ।

अन्तराष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा। रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी ब्यक्त गरिन । कार्यक्रमका विशेष अतिथि कबि तथा राष्ट्रीय गीतका रचनाकार ब्याकुल माईला (प्रदीप कुमार राई) ले शुभकामना मन्तव्य राख्दै हरेक क्षेत्रमा नेतृत्व आफैं ‘रोल मोडल’ भएर उभिँदा मात्र अपेक्षित नजिता हासिल हुनेमा जोड दिदै नवगठित संस्थाका हरेक युवाहरु नेपाली समाजको हित र विकासमा खरोरुपमा उत्रिनेमा आफु विस्वस्त रहेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, जर्मनीका अध्यक्ष हरि न्यौपानेले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरीका नेपालीलाई जोड्ने उद्देश्यका साथ अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै संस्थाको हित र उन्नतिका लागि एनआरएन जर्मनीले सधैं साथ दिने बताए ।

कार्यक्रममा विभिन्न देश तथा पेसामा जोडिएर रहनु भएका प्रा।डा। टंकनाथ शर्मा (पूर्व डिन काठमाण्डौ विश्वविद्यालय ), करुणा तुलाधार राई (संयोजक, गैरआवसीय नेपाली महिला फोरम, जर्मनी) डा। नारायण गैरे, डा पुष्पा शर्मा घिमीरे, बिक्रम श्री, कवी गोवर्ध्दन पूजा, डा। भुपाल पाण्डे लगायत अन्य विशिष्ट व्यक्तिहरुले नव गठित संस्थाका पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

तपाइँको प्रतिक्रिया