शुक्रबार, चैत १६, २०८०

युरोपेली युनियनद्वारा पहिलो खाद्य कीरा स्वीकृत

नेपालप्लस संवाददाता२०७८ वैशाख २३ गते १७:४०

युरोपेली युनियन (ईयु) ले पहिलो पटक खाद्य कीरा स्वीकृत गरेको छ । ईयुले सुक्खा पहेंलो रङको किरा (मिलवोर्म) लाई मिठो कीरा भन्दै त्यसको बिक्रीलाई अनुमोदन गरेको हो ।

युरोपियन युनियन खाद्य सुरक्षा एजेन्सीले मानव खपतको लागि सुरक्षित घोषणा गरेपछि यसले नयाँ बजार पाउने आशा गरिएको छ ।

पहिलो पहेंलो पनीरका रुपमा तयारि गर्न सकिने भन्दै यसबाट खानाका विभिन्न परिकार मध्येको फिंगर खाना (फिंगर फुड), बिस्कुट, पास्ता र बर्गर चाँडै युरोपभरि नै ब्यापक उत्पादन गर्न सकिने ईयु खाद्य एजेन्सीले जनाएको छ ।

यो किरा उच्च प्रोटीनयुक्त हुन्छ । यि कीराहरू विश्वका धेरै भागहरूमा शताब्दीयौंदेखि खाद्यका रुपमा प्रयोग भैरहेको छ । तर ईयुको अनुमोदनले नयाँ खानामा प्रयोग हुन सक्छ । नयाँ खानाले बजार बढाउन सक्छ । यसले वातावरणियरुपमै अनुकूल खाद्य विकल्पहरूमा ध्यान केन्द्रित गर्ने अधिकारीहरुले बताएका छन् ।

तर यो किरा स्वादिष्ट पदार्थको रुपमा सबैको लागि उचित नहुनपनि सक्छ । झींगे माछा (प्राउन) डस्टमाइट भनिने पदार्थमा एलर्जी भएकाहरूलाई यसको मोलिटर भनिने लार्भाले प्रतिक्रिया दिने सम्भावना हुन्छ ।

ईयू खाद्य सुरक्षा एजेन्सीका वैज्ञानिकहरूका अनुसार फ्रान्सेली कीट खाद्य उत्पादन कम्पनी आग्रोनोट्रिस द्वारा आवेदनपछि सुपरमार्केट, खाद्यएग्रो कंपनी र भान्छाको लागि उत्पादनको अनुमति दिने भएको हो । उत्पादनको रूपमा पहेंलो खाद्य कीरा एक महिना भित्रमा ईयुमा व्यापक अनुमोदन हुने आशा गरिएको छ ।

किराको मुख्य तत्वहरुमा प्रोटीन, फ्याट र फाइबर हुन् जसले भविष्यको लागि भोजनको सम्भावित दिगो र कम कार्बन उत्सर्जन स्रोत प्रदान गर्दछ । यो किरालाई सुकाएपछि बदाम जस्तो धेरै स्वाद हुने उल्लेख छ ।

ईयु खाद्य अधिकारीहरुले विज्ञानमा आधारित जोखिम मूल्यांकन गरेर निर्णयहरू लिने र उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्ने नीति अपनाउने छन् । नयाँ खाद्य पदार्थहरूको नियमनमा एक निर्णायक र आवश्यक कदम चालिने बताएका छन् ।

बोलोना विश्वविद्यालयका आर्थिक तथ्यांकविद तथा प्राध्यापक मारियो माजोचीले भनेका छन् “ यो किराबाट स्पष्ट वातावरणीय र आर्थिक फाइदाहरू छन् । यो किरालाई कम दाना भए पुग्छ । फोहोर कम निकाल्छ । र कम ग्रीन हाउस ग्याँस उत्सर्जन गर्छ । कम लागत र मूल्यले खाद्यान्न सुरक्षा बढाउन सक्छ । नयाँ मागले आर्थिक अवसर पनि खोल्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक