शनिबार, वैशाख ८, २०८१

‘कृषि प्रधान’ भनिए पनि खासमा नेपाल कृषिमा परनिर्भर देश

युनिका गौतम२०७८ वैशाख २४ गते ५:०३

                      युनिका गौतम

“पढ है नानी बाबू हो, पछि हामीले जस्तै कुट्टाे, कोदालो (खेती) गर्न नपरोस्” हाम्रा आमा बुवा भन्नूहुन्छ । हुनपनि दु:ख गर्नु र खेती गर्नु पर्यायवाची जस्तै भएको छ नेपालमा । अहिलेको वैज्ञानिक युगसम्म आइपुग्दा पनि कृषि क्षेत्रको अवस्था फेरिएको छैन । तर वर्तमान युगमा शक्तिशाली देशहरुले कृषि क्षेत्रबाटै निक्कै समुन्नतितर्फ फड्को मारेका छन् । वास्तवमा आधुनिक कृषि प्रणालीद्वारा कृषिलाई व्यवसाय बनाउन सके आर्थिक सम्पन्नता बढाउन सकिन्छ । हाम्रो खाद्यान्न युरोप र अमेरिका पुर्याउन सके बिदेशी रकम भित्र्याएर देशलाई आर्थिक रुपमा स्वतन्त्र हुन कत्ति समय लाग्ने थिएन ।

तर दुखको पक्ष, कृषि क्षेत्रको आधुनिकीकरण केवल सरकारको नीति तथा कार्यक्रम, पार्टीको घोषणापत्र र नेताको भाषणमा सीमित छ । विगतको तथ्याङ्क केलाउँदै जाँदा कृषि क्षेत्र प्रत्येक वर्ष ओरालो लाग्ने क्रममा देखिन्छ । यो दुर्दशा देखेको आजको युवा जमात कसरी कृषिमा आकर्षित हुन सक्छ ? श्रमको अलिकति पनि मूल्य नभएपछि हली बनेर भविष्य अन्धकार बनाउन कसलाई मन हुन्छ ? फलस्वरुप खेतीयोग्य जमिन धमाधम प्लटिङ गर्दै हामी सडेको चामल चर्को मूल्यमा किन्न छिमेकीको मुख ताक्दै छौँ ।

देशको करिब दुई तिहाई जनसंख्याको जिवीकोपार्जनसँग प्रत्यक्ष जोडिएको छ कृषि क्षेत्र । तर राज्यको प्राथमिकतामा पर्न नसक्दा देश नमज्जाले पछारिएको छ । तथ्याङ्क भन्छ- प्रत्येक दिन १५०० युवा जमात रोजगारी नपाएर भौँतारिँदै खाडीमा जाकिँदै छ । परिवारको सम्झनालाई मुटुभित्रको सानो थैलोमा पोको पारेर धुरी फेर्ने सपना बोकी रियल र रिंगेटमा साटिँंदै छ दक्ष जनशक्ति ।

आधा दुधमा आधा पानी मिसाउँदा पनि देश दुधमा आत्मनिर्भर हुन सकेको छैन । बाख्रा पाल्यो, वर्षमा १० किलोको हुँदैन । भैसी पाल्यो दिनमा तीन माना दूध दिँदैन । तरकारी खेती लगायो उचित मूल्य नपाएर साउँपनि उठ्दैन । कि त बजार नपाएरै मिल्काउनुपर्छ । यो अवस्था नदेखेझैँ गरी नेताहरु भाषण दिन्छन् “अब नेपाल छिट्टै कृषिमा आत्मनिर्भर हुन्छ ।”

यता सुन उब्जने गरा बाँझै छन् । भएका युवा उता विदेश सिँगार्न हिँडेका छन् । देशमा श्रमशील युवा शक्ति छैनन् । उर्बर मलिलो माटाे भए पनि कुन माटाेमा कस्तो बाली लागाउने अनुसन्धान केन्द्र छैन । भएकापनि प्रभावकारि छैनन् । बीउ त कृषकका हातमा खेतीको मौसम सक्किए पछि मात्र पुग्छ । खोलानाला प्रशस्त छन् । तर सिँचाइको व्यवस्था उचित छैन ।

विश्वमै कृषि आर्थिक विकासको अभिन्न अङ्ग हो । हाम्रो जस्तो विकाशोन्मुख देशको लागि त झन् रोजगारी र आयस्रोतको मेरुदण्ड नै हो कृषि । तर बिडम्बना ! आधा दुधमा आधा पानी मिसाउँदा पनि देश दुधमा आत्मनिर्भर हुन सकेको छैन । बाख्रा पाल्यो, वर्षमा १० किलोको हुँदैन । भैसी पाल्यो दिनमा तीन माना दूध दिँदैन । तरकारी खेती लगायो उचित मूल्य नपाएर साउँपनि उठ्दैन । कि त बजार नपाएरै मिल्काउनुपर्छ । यो अवस्था नदेखेझैँ गरी नेताहरु भाषण दिन्छन् “अब नेपाल छिट्टै कृषिमा आत्मनिर्भर हुन्छ ।”

उदाहरण प्रशस्तै दिन सकिन्छ । चैत अन्तिम साता कपिलवस्तु जिल्लामा करिब १५० जना कृषकले ६० हेक्टर जमिनमा लगाएको गोलभेंडा बजार अभावका कारण खेतमै कुहियो । कृषकले एक करोड भन्दा माथिको क्षति ब्यहोर्नुपर्यो । यता तराईका विभिन्न क्षेत्रमा भने त्यही बेला भारतबाट तरकारी आयात भइरहेको थियो ।

चितवनमा बजार नपाएर सडकमा दूध पोखिइरहँदा कर्णालीका वालवालिकालाई पौष्टिक तत्व नपुगेर कुपोषण लागिरहेको छ । कति दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीका लागि बाटाे छैन ।

यी सबै समस्या बीच आशलाग्दा काम हुँदैनभएको भने होइन । देश अण्डा तथा कुखुराको मासुमा आत्मनिर्भर उन्मुख छ । केही कृषकहरु व्यवसायिक तरकारी खेतीमा लागेका छन् । बाख्रा पालनमा केही प्रगति भएको छ । धनकुटा, सर्लाही, काभ्रे, सल्यान आदि जिल्ला तरकारी उत्पादक जिल्लाको रुपमा परिचय बनाउन सफल देखिन्छन् ।

नेपाल सरकारको आर्थिक वर्ष ७५/७६ को नीति तथा कार्यक्रमको बुँदा नं. ३० देखि ३५ सम्म कृषि क्षेत्रसँग सम्बन्धित छ । यसमा पाँच वर्षमा खाद्यान्नको उत्पादन वृद्धि गरी दोब्बर बनाउने, कृषिमा आत्मनिर्भर बन्ने तथा प्राङ्गारिक कृषिलाई जोड दिने भनिएको छ । तर कार्यान्वयन पक्षको सक्रिय भूमिका देखिएको छैन । यो दु:खद पक्ष हो ।

स्मरण रहोस्, करिब आठ अर्बको तरकारी र तिस अर्बको चामल प्रत्येक वर्ष नेपालमा आयात हुने गर्छ । तसर्थ नेपाल कृषि प्रधान देश भनिए पनि खासमा नेपाल कृषिमा परनिर्भर देश नै हो ।

सरकारले कतिपय कृषि नीतिहरु अत्यन्त राम्रा बनाएपनि नीति अनुसारको बजेट विनियोजन र सो अनुसारको काम भइरहेको छैन । सरकारले भन्दै आएको कृषि ऊर्जा सरल र सहज बनाउन आवश्यक छ । बिनियोजित बजेट दुरुपयोग नहोस् भनी अनुगमन गर्नुपनि उत्तिकै खाँचो छ ।

यस्तो अवस्था के कारणले भयो ? समस्याको समाधान कसले खोज्ने ? कृषकको यो दयनीय अवस्थामा राज्यले कुन आधारमा विदेशिएका युवालाई घर फर्क र कृषि व्यवसायमा लगानी गर भन्ने ?

कृषिलाई मूल धारमा ल्याएर मात्र देशलाई बिउँझाउन सकिन्छ भन्ने यथार्थता सरोकारवालाले बुझ्न अति आवश्यक छ । तपसिलका बुँदाहरुमा ध्यान दिन सके नेपाल पनि विश्वमा कृषि क्षेत्रमा उदाहरणीय छलाङ मार्ने रास्ट्र बन्न सक्छ :-

१) सर्वप्रथम त कृषि बिज्ञ ((agriculture engineer) ) हरु उत्पादन गर्नु पर्छ । नेपालमा अहिले कृषि इन्जिनियरिङ पढाइ जम्मा एउटा कलेजमा हुन्छ (पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, टि यु) । कृषिलाई आधुनिकीकरण गर्न दक्ष युवा संलग्नताको अत्यधिक खाँचो छ ।

२) संयुक्त राज्य अमेरिका, ब्राजिल, इजरायल, बङगलादेश लगायत हाम्रै छिमेकी राष्ट्र चिन र भारतले पनि जेनेटिक इन्जिनियरिङको प्रयोग गर्दै आएका छन । (जेनेटिक इन्जिनियरिङ भनेको कुनै पनि जीवित वस्तुको जिनमा परिवर्तन गर्नु हो । यो प्रविधिबाट कम खर्चमा अत्यधिक उत्पादन गर्न सकिन्छ । बोट बिरुवालाई आफैँमा कीटनाशक र रोग प्रतिरोधी बनाउन सकिन्छ । बङ्गलादेशले उत्पादन गरेको नयाँ प्रजातिको बैगुन (बिटि ब्रिन्जल) एक उदाहरण हो । त्यस्तै अरु प्रजातिका धान भन्दा “गोल्डेन राइसमा” तीन बेटा क्रेटोनिन बायोसिनथेसिस जिन मिश्रण गरिएको छ । यसोगर्दा यो धान भिटामिन ए को राम्रो स्रोत बन्यो ।)

३) सरकारले कतिपय कृषि नीतिहरु अत्यन्त राम्रा बनाएपनि नीति अनुसारको बजेट विनियोजन र सो अनुसारको काम भइरहेको छैन । सरकारले भन्दै आएको कृषि ऊर्जा सरल र सहज बनाउन आवश्यक छ । बिनियोजित बजेट दुरुपयोग नहोस् भनी अनुगमन गर्नुपनि उत्तिकै खाँचो छ ।

४) प्रविधि तथा यान्त्रीकरण देशमा भित्र्याउन विशेष जोड दिनुपर्छ ।

५) बीउ तथा मल समयमा नै कृषकको पहुँचमा पुर्याउनु अर्को प्रमुख काम हो।

६) पानी अभाव भएका क्षेत्रमा सिँचाइको व्यवस्था तत्कालै गर्नुपर्छ ।

७) कृषि उपजको सुरक्षाको प्रत्याभूति गर्नु उतिकै महत्त्वपूर्ण छ ।

८) बजारीकरणको सुनिश्चितता गर्नैपर्छ ।

९) कृषकहरुलाई समय-समयमा तालिम दिनुपर्यो ।

१०) उत्पादन, अनुसन्धान र कृषि उद्योगलाई जोड नदिइ कृषिलाई आधुनिकिकरण गर्न सकिन्न ।

कृषिको महत्त्वलाई बुझेर यसमा होमिन सके स्वस्थ खाद्य पदार्थ सेवन गर्न पाइन्छ । निर्यात र व्यापारघाटा न्यूनीकरण भई देश खाद्यान्नमा आत्मनिर्भर हुन्छ । रोजगारीको अवसर खुल्ने भएकाले युवाहरु विदेशिनु पर्दैन । गरिबी हराउँदै जान्छ ।व्हाम्रा बाँझा खेतमा देश निर्माणको सुनौलो किरण झुल्किएसँगै देशले समृद्धिको खुट्किलो चढ्छ ।

युनिकाको अघिल्लो लेख

सरकार र नेता फेरिए, मुद्दा फेरिएन

तपाइँको प्रतिक्रिया

फेसबुक