शुक्रबार, चैत १६, २०८०

सरकार आकाशमा घुम्दै, ओली चुनावी चटारोमा : जनताका मृत्‍यु कोहलपुरमा जस्तै गुमनाम

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २४ गते २२:३७

शुक्रवार सामाजिक संजालमा दुईवटा उदेकलाग्दा तस्वीर देखिए । कोहलपुरका एक जना ५९ वर्षिय पुरुषको पीसीआर रिपोर्टको प्रतिक्षा गर्दा गर्दै अस्पताल हातामै ज्यान गयो । शुक्रवार अपरान्ह विरामी भएपछी परिक्षणका लागि उनलाई नेपालगन्ज मेडिकल कलेज, कोलहपुरमा ल्याइएको थियो । पीसीआर परिक्षणको रिपोर्ट कुर्दा कुर्दै उनले अस्पताल हातामै अन्तिम सास फेरे । शवलाई आफन्तीले कालो प्लास्टिकले बेरे । ट्याम्पुमा आलुको बोरा झैं हालेर लैजादै गरेको तस्विर सामाजिक संजालमा भाईरल मात्र भएन संजाल प्रयोगकर्ता धेरैको मन रुवायो ।

त्यस्तै, शुक्रवार नै गृहमन्त्री रामबहादुर थापाले हेलिकप्टर चार्टर्ड गरेर राष्ट्रिय सभाको उपनिर्वाचनका लागि उम्मेद्बारी दर्ता गर्न हेटौंडा जाँदै गरेको तस्विर देखियो । सत्तारुढ दल ओली पक्षका उम्मेद्वार थापाले राज्य संयन्त्रको दुरुपायोग गरेको बताउँदै धेरैले चर्को आलोचना गरेका छन् । एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्- “जनताले अक्सिजन पाएका छैनन् । अस्पातलमा उनिहरुलाई बेड छैन । सामान्य खोकी मात्र लागेका नेताहरु अस्पतालका बेडमा पुगेर सुतेका छन् । आम जनता रिपोर्ट कुर्दाकुर्दै डङ्ग्रङ्ग पल्टिन्छन् । त्यसपछी कहिल्यै उठ्दैनन । यो भन्दा नालायक सरकार होला र दुनियाँमा कही ?

अर्का एक जना प्रयोगकर्ता लेख्छन- “सरकार आकाशमा डुल्छ । जनता सडकमा पल्टेका छन् । कुन ब्यवस्थामा होला सिंहदरवारसम्म जनताको पहुँच” ? हुन पनि त्यस्तै भएको छ । महामारी नियन्त्रणबाट सरकारले हात झिकिसकेको छ । स्वास्थ्य मन्त्रालयले भनिसक्यो- महामारीबाट आँफै जोगिनुहोला । सरकारले केही गर्न सक्दैन ।

प्रधानमन्त्री केपी ओली आफ्नै चटारोमा छन् । उनलाई विश्वासको मत जम्मा गर्न र राष्ट्रिय सभाको उपचुनावमा एमालेका नवप्रवेशी रामबहादुर थापालाई जिताउन दौडादौड छ । यतिधेरै मिटिङ भएका छन् कि उनलाई आम जनताको स्वास्थ्य चासोका विषयमा सोच्ने फुर्सद नै छैन । माधव नेपाल समुह ओलीलाइ मजा चखाउने दाउमा छ । नेपाली कांग्रेसका सभापति देउवाको ओली सँगका वार्गेनिङ सकिएका छैनन्। आम जनताका मृत्‍युहरु कोहलपुरमा जस्तै गुमनाम हुन्छन । सरकार र पार्टीहरु नालायक भएपछी आम जनता यसरी नै कालो प्लास्टिकले बेरिएर ट्याम्पु, रिक्सा वा वयलगाडामा खाँदिनु पर्दछ ।

(कोहलपुर मेडिकल कलेज नेपालगन्जका डा. देवेन्द्र आचार्यले खिचेको यो तस्विर सामाजिक संजालबाट लिइएको हो ।)

तपाइँको प्रतिक्रिया

फेसबुक