शुक्रबार, वैशाख १४, २०८१

अफगानिस्तानमा वालिकाहरुको स्कूलमा बम आक्रमण; ५० को मृत्यु, कम्तिमा १०० घाईते

नेपालप्लस संवाददाता२०७८ वैशाख २६ गते १५:०८

Image Credit: AP Via gulfnews.com

अफ्गानिस्तानको राजधानी स्थित वालिकाहरुको एक स्कूलमा भएको बम आक्रमणमा कम्तिमा ५० जनाको मृत्यु हुनुको साथै एक सय भन्दा बढि घाईते भएका छन् ।

अफ्गानिस्तानको गृह मन्त्रालयलाई उल्लेख गर्दै फ्रँस २४ न्युजले जनाएअनुसार मृत्यु हुनेहरु मध्ये अधिकांश ११ देखि १५ वर्षका छन् ।

स्थानीय समय अनुसार अपरान्ह साँढे ४ बजे वालिकाहरु विद्यालयबाट बाहिर निस्कँदा विष्फोट भएको थियो ।

ग्रिह मन्त्रालयका प्रवक्ताका अनुसार विध्यार्थीहरु विध्यालय जाँदै गर्दा विध्यालयको प्रवेशद्वार बाहिर तिन पटक बम बिस्फोट भएको थियो । विस्फोट राजधानीको सित भनिने क्षेत्रस्थित दष्ट-ए-बर्ची नजिकै रहेको सय्यद अल-शहदा स्कूलमा भएको हो । बिद्रोही तालिबानहरुले यो आक्रमणको बिरोध गरेका छन् ।

पहिलो विस्फोट विस्फोटक पदार्थले भरिएको गाडीबाट आएको थियो । त्यसपछि दुई अन्य व्यक्तिले बम प्रहार गरेका थिए । दुर्घटनाबाट भएको क्षतीको संख्या अझै बढ्न सक्ने ग्रिह मन्त्रालयका प्रवक्ता तारिक आरियनले बताएको फ्रँस न्युज २४ ले उल्लेख गरेको छ ।

उक्त हमला अफगानिस्तानका जातीय हजारालाई लक्षित गरिएको थियो जसले पश्चिमी क्षेत्रको दश्त-ए-बर्ची नजिकको इलाकामा प्रभुत्व जमाएका छन् । हो यहि क्षेत्रमा बम विस्फोट भएको थियो । अधिकांश हजारा वासिन्दाहरु शिया मुस्लिम हुन् ।

यस क्षेत्रमा अल्पसंख्यक शियाहरूको बिरूद्ध हिंसा निकै हुने गरेको छ । यस्ता हिंसामा प्रायः इस्लामिक स्टेट समूह सम्बद्ध संगठनद्वारा दावी गर्ने गरिएको छ । तर शनिवारको बम विष्फोटनको जिम्मा भने कुनैपनि समूहले लिएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनका अनुसार एम्बुलेन्सले धेरै घाइतेलाई बाहिर निकालेर अस्पताल दौडाएका थिए । घाइतेका आफन्तहरूले त्यहाँका अधिकारीहरूसँग सहयोगको याचना गर्दै चिच्याएका थिए ।

यस बम विष्फोटले अधिकतम नागरिकको नरसंहार गर्ने लक्ष्य राखेको देखिन्छ । अमेरिका र नाटोले करीव २० वर्षको सैनिक संलग्नता समाप्त गरेपछि युद्धग्रस्त मुलुकमा हिंसा बढ्नसक्ने डर बढेको अधिकारीहरुको भनाई छ ।

बम विष्फोटको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर अफ्गान इस्लामिक स्टेटको सम्बद्ध संगठनले यसभन्दा पहिले शियाहरुलाई लक्षित गरेको थियो ।

कट्टरपन्थी सुन्नी मुस्लिम समूहले अफगानिस्तानको अल्पसंख्यक शिया मुस्लिम विरुद्ध युद्धको घोषणा गरेको छ । गत वर्ष अमेरिकाले आईएस समूहलाई शनिवार बम बिस्फोट भएकै क्षेत्रमा रहेको प्रसूति अस्पतालमा भएको एउटा क्रूर आक्रमणको लागि जिम्मेवार ठहराएको थियो । उक्त हमलामा गर्भवती महिला र नवजात शिशुको ज्यान गएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गुलाम दस्तीगर नाजरीले भने “दष्ट-ए-बर्चीमा भीडभाडले घाइतेहरूलाई बाहिर निकाल्ने प्रयास गर्दा एम्बुलेन्सलाई आक्रमण गरे । स्वास्थ्यकर्मीलाई कुटपिट गरे ।” उनले बासिन्दाहरूलाई उद्दारमा सहयोग पुर्‍याउन र एम्बुलेन्सहरूलाई साइटमा स्वतन्त्र पहुँच दिन आग्रह गरेका थिए ।

सामाजिक सन्जालमा प्रसारित फोटोहरूले रक्तपातयुक्त स्कूलको ब्याकप्याकहरू देखाएका छन् । स्कूलको अगाडि सडक पार गर्दा छरालिएका पुस्तकहरू देखाएका छन् । छिमेकबाट धुवाँ उडिरहेको देखिएको छ ।

नजिकैको एउटा अस्पतालमा एसोसिएटेड प्रेसका पत्रकारहरूले कम्तिमा २० वटा लासहरू हलवे र कोठाहरूमा लाइनमा देखेको उल्लेख गरिएको छ । दर्जनौं घाइते र पीडित परिवारले स्वास्थ्य सेवाको याचना गरिरहेको देखिएको थियो ।

मुहम्मद अली जिन्ना अस्पताल बाहिर दर्जनौं व्यक्ति रक्तदान गर्न लाइनमा उभिएका थिए । आफ्नै परिवारका सदस्यहरू पो परेका छन् कि भनेर पर्खालमा राखिएको दुर्घटनाको सूची जाँच गर्ने निकै ब्यक्ति थिए ।

तपाइँको प्रतिक्रिया