शनिबार, वैशाख १५, २०८१

एनआरएनए अफ्रिकाद्वारा नेपालका १० जिल्लालाई अक्सिजन सहयोग

नेपालप्लस प्रतिनिधी / लागोस, नाइजेरिया२०७८ वैशाख २६ गते १६:१९

कोरोना भाइरसको दोस्रो लहरले ठूलो बिपत्ती निम्त्याइरहेका बेला गैर आवाशिय नेपाली संघ अफ्रिका (एनआरएनए अफ्रिका) ले नेपालका १० जिल्लामा अक्सिजन उपलब्ध गराउन सहयोग गर्ने भएको छ ।

नेपालका १० जिल्लामा सुलभ अक्सिजन पुर्याउन भन्दै एनआरएनए अफ्रिकाले १२ लाख रुपैयाँ सहयोग गर्न लागेको हो ।

कोरोना संक्रमणले स्थिति झनझन बिग्रँदै जाँदा अक्सिजन समेत नपाएर बिरामीहरुको मृत्यु हुनथालेपछि अफ्रिका महादेशका विभिन्न देशका एनआरएनएबाट सहयोग बटुलिएको हो ।

नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ संस्थासँग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय भएको एनआरएन अफ्रिकाले जनाएको छ ।

स्वदेशलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकाका नेपालीहरुले हरेक विपदमा सहयोग गर्दै आइरहेका छन् । “यस पटकपनि हाम्रो यो सानो सहयोगले महामारी प्रभावित ठाउँमा थोरै भएपनि राहत हुने हाम्रो विश्वास छ” एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले भनेका छन् ।

महामारीसँगको यो लडाँइमा एनआरएन अफ्रिकाको पूर्ण साथ र सहयोग रहने बचनपनि थापाले दिएका छन् ।

आजै आइतवार बसेको एनआरएनए अफ्रिका क्षेत्रिय बैठकले क्षेत्रिय सह संयोजक कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा कङ्गो, घाना, मोजाम्बिकका एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा ३ लाख ५० हजार बराबरको ५ सय ५० सिलिन्डर अक्सिजन भरेर बुटवलबाट पठाउने निर्णय गरेको छ ।

त्यस्तै, एनआरएनए सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आवश्यक स्वास्थ्य सहयोग गर्ने छ । एनआरएनए युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगायत दुई नम्बर प्रदेशमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिकाका एनसीसीको सहयोगमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने छ ।

त्यसैगरि, अन्तर्राष्ट्रिय समितीकि महिला उप संयोजक मन थापाको संयोजकत्वमा सुदुर पश्चिम प्रदेशमा तिन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने गरी नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ । क्षेत्रीय संयोजक थापाले थप सहयोग उठाउँदै जाने र आबश्यकता अनुसार अन्य जिल्लाहरुमा सहयोग गर्दै जाने बताएकि छन् ।

संघको क्षेत्रीय बैठकमा एनआरएनए मोजाम्बिककि अध्यक्ष देबी पौडेल, एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री, एनआरएनए केन्या अध्यक्ष सुरज डुम्रे, एनआरएनए तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई, एनआरएनए सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र एनआरएनए युगान्डा अध्यक्ष बिनोद थापा लगायतको उपस्थिति थियो ।

बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले “मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गरेको” भन्दै प्रशंसा गरे । यो संकटमा पनि सधैं झैं योगदान पुर्याउनेमा बिश्वस्त रहेको उनले बताए ।

तपाइँको प्रतिक्रिया