शनिबार, वैशाख १५, २०८१

केपी ओलीमा विश्वाश नरहेको सभासदहरुको मत, प्रधानमन्त्रीबाट पदमुक्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २७ गते १५:००

Photo-thehimalayantimes.com

प्रधानमन्त्री केपी शर्मा ओलीमा विश्वास नरहेको मत सभासदहरुले दिएका छन् । आफैंले डाकेको संसदको विशेष अधिबेशनमा प्रधानमन्त्री ओलीका बिरुद्दमा बहुमत सभासदले मतदान गरेपछि अब केपी शर्मा ओली प्रधानमन्त्रीको पदबाट मुक्तसमेत भएका छन् ।

यस अघि केपी शर्मा ओलीले संसदमा आफूमाथि प्रतिनिधिसभाको विश्वास रहेको दाबी गर्दै आएका थिए । राजनितिक सभाहरुलाई माओवादी केन्द्रलगायतका पार्टीलाइ ‘तिम्रो अत चाहिन्न, फिर्ता लैजाउ’ भन्दै ब्यंग्य गर्दै आएका थिए ।

आफू माथि विश्वास छ अधिकांश सभासदको भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा आज सोमवार भएको मतदानमा उनको पक्षमा ९३ मत परेको छ । उनको बिपक्षमा भने १२४ मत परेको छ । आज सोमवार बसेको संसदिय बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् । संसदको बैठकमा उपस्थित भएरै जनता समाजवादीका महन्त ठाकुरले आफ्नो पार्टीले पक्ष र बिपक्ष कतैपनि मतदान नगरि तटस्थ बस्ने निर्णय सुनाएका थिए ।

आजको प्रतिनिधी सभा बैठकमा माधव नेपाल र झलनाथ खनाल पक्षका सभासदहरु अनुपस्थित भएपनि तिनको यकिन संख्या भने थाह भएको छैन ।

प्रतिनिधी सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेनै हो । केपी ओली एमालेका अध्यक्षसमेत हुन् । यसका १२१ सांसद छन् । माधव नेपाल र केपी ओली पक्षमा बिभाजन आएकाले केपी ओलीले आफ्नै पार्टीकोपनि सबै मत पाएनन् । अर्थात् माधव नेपाल पक्षका सांसदहरुले उनलाई मत दिएनन् ।

ओलीको बिपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीकोपनि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले मतदान गरेका हुन् । त्यस्तै राष्ट्रिय जनमोर्चालेपनि विपक्षमा मत दिएको हो । जनता समाजवादी दलमा पक्ष वा बिपक्षमा मतदान गर्ने विषयमा बिवाद निस्किएपछि तटस्थ बस्न सकिने बिकल्प खुलै राखिएको थियो । त्यसैले जनता समाजवादीमा महन्त ठाकुर र राजेन्द्र महतो पक्षले पक्ष पक्षबिपक्ष कतै मतदान नगरि तटस्थ बसेको हो । नेपाल मजदुर किसान पार्टीपनि तटस्थ बस्यो ।

तपाइँको प्रतिक्रिया