शनिबार, वैशाख ८, २०८१

युरोपमा पत्रकारिता गर्न ईच्छुकलाई एक महिने आधारभुत तालिम शुरु

नेपाल प्लस२०७८ वैशाख २७ गते १५:३२

युरोपमा बसेर पत्रकारिता गर्न चाहने वा पत्रकारिताको सैद्दान्तिक ज्ञान लिन चाहनेकालागि सोमवार १० मेदेखि एक महिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेश इन्स्टिच्युटको संयुक्त आयोजनामा अनलाईनबाट यो तालिम शुरु गरिएको हो ।

जूम प्रविधिबाट शुरु भएको तालिमको उद्घाटन सेसनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासका लागि पत्रकारहरुले गरेको योगदान सराहनीय रहेको बताए ।

पत्रकार महासंघ युरोप च्याप्टरका अध्यक्ष सरस्वती कार्कीको अध्यक्षता तथा सचिव अनुराधा पौडेलको सञ्चालनमा भएको तालिमको उद्घाटन सत्रमा बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली संघ, युरोपका संयोजक नारायण आचार्य, युरोप शाखाकै उपाध्यक्ष लक्ष्मण देवकोटा, दर्पण गौतम, नेपाल प्रेस इन्ष्टिच्यूटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र प्रशिक्षक कपिल काफ्लेले सम्बोधन गरेका थिए ।

पत्रकारिता तालिमको उद्देश्य नेपाली लेखनमा रुचि राख्ने सहभागीहरुलाई आमसञ्चार र पत्रकारिताका विषयमा आधारभूत अवधारणा तथा ज्ञान प्रदान गरी समाचार, फिचर र सिर्जनात्मक आलेख तयार पार्नसक्ने बनाउनु रहेको छ ।

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवायुवती छन् ।

तालिम प्रत्येक दिन विहान मध्य युरोपको समय अनुसार ८ देखि १० बजे सम्म चल्नेछ । यसको शुल्क २० हजार नेपाली रुपैयाँ रहेको छ । तालिम सहभागि हुन चाहनेकालागि अझैपनि केहि कोटा बाँकि रहेकाले सहभागि हुन सकिने आयोजक नेपाल पत्रकार महासंघ युरोप शाखाकि अध्यक्ष सरस्वति कार्कीले जनाएकि छन् ।

तालिमका प्रशिक्षकहरुमा नेपाल समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले, तिर्थ कोइराला लगायतका वरिष्ठ पत्रकारहरु छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक