शनिबार, वैशाख ८, २०८१

स्पेनमा कर्फ्यु र आपतकाल हटाईयो

नेपाल प्लस२०७८ वैशाख २७ गते १७:१०

Credit-elpais.com

स्पेनमा कोरोना महामारीपछि लगाईेको कर्फ्यु र आपतकाल हटाईएको छ । यो आपतकाल र कर्फ्यु हटेसँगै आइतवार स्पेनको सडकमा मानिसहरु पर्वको उत्सव मनाएझैं सडकमा निस्किएका थिए । अधिकारीहरूले आपतकालिन अवस्था र कर्फ्यू जस्ता मुख्य प्रतिबन्धहरु हटाइदिएपछि नागरिकले सडकमा निस्किएर उत्सव मनाएका थिए ।

हिजो आइतवार मे ९ को मध्यरातदेखि स्पेनिसहरुलाई अन्यत्रको दृश्य हेर्न र क्षेत्र परिवर्तन गर्न छुट दिईयो । उनीहरूलाइ महिनौंसम्म नदेखेका आफन्तसित भेटघाट गर्न आफ्नो क्षेत्र छोड्ने अनुमति दिइयो ।

स्पेनको अलपाईस दैनिकका अनुसार अधिकांश क्षेत्रहरूमा आइतबार मध्यरातमा यो अपवादात्मक प्रतिबन्धको अन्त्य भएको थियो । यसको अर्थ शनिबार साँझ बार्सिलोनाको उत्तर-पूर्वमा कर्फ्यू हटाएपछि चिल्ला गाडी हर्न बजाउँदै कुदेका थिए । मानिसहरुले ताली पिटेका थिए । थुप्रै ठाउँमा चर्को आवाजको संगीत लगाइएको थियो । उनीहरुले नयाँ स्वतन्त्रता पाएको छनक दिएका थिए ।

“यो नयाँ वर्षजस्तै देखिन्छ” सयौं युवाहरू जस्तै सडकमा २८ वर्षीय ओरियोल कर्बेलला हाँस्छिन् “हामीले थोरै सामान्यता, स्वतन्त्रता पाएका छौं । तर हामीले यो बिर्सनु हुँदैन कि भाइरस अझै घुमिरहेको छ ।”

राजधानी म्याड्रिडमा ४६ वर्षीय गहना डिजाइनर ब्लान्का भोल्स अर्को सप्ताहन्तमा उत्तर-पश्चिम क्षेत्रको ग्यालिया भन्ने ठाउँमा जन्मदिनको लागि जान उत्सुक थिए । उनले चाँडै समुद्र तटमा जाने आशा पनि गरेका छन् ।

“म म्याड्रिड क्षेत्रबाट बाहिर निस्कन नसक्दा साह्रै बिरामी थिएँ । मैले निराश भएको महसुस गरेको थिएँ । म स्वतन्त्रता बिना नै बाँचेको जस्तो लागेको थियो” उनले एएफपीलाई बताइन् ।

क्रिसमस बाहेक जब परिवारको पुनर्मिलनको लागि केही दिन प्रतिबन्धहरूबाट छुट दिइयो स्पेनिशहरूले अक्टुबरको अन्त्यमा आपतकालिन अवस्था शुरू भएदेखि नै आफ्नो क्षेत्र छोड्न पाएका थिएनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक