शुक्रबार, वैशाख १४, २०८१

नागरिक परामर्श : युरोपको भविष्य अब कता ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ वैशाख २७ गते १८:०८

कोरोना भाईरसको महामारीले आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रलाई तहसनहस पारेका बेला युरोपको भविष्य अब कता जाने भन्ने विषयमा नागरिक तहमै बहस शुरु भएको छ ।

युरोपको भविष्य कता जाने, कस्तो मोडेलको बनाउने भन्ने बारेमा नागरिक तहबाटै बिचारहरु सुन्न सम्मेलन आयोजना गरिएको छ । फ्रान्सका राष्ट्रपती एमानुयल माखोंले महामारीको समाना गर्नुपर्दा युरोपको मोडेललाई बचाउनुपर्नेमा जोड दिएका छन् ।

यूरोपियन युनियन (ईयु) का अन्य नेताहरूले आइतवार फ्रान्सको दक्षिणी शहर स्ट्रासबर्गमा “युरोपको भविष्य सम्मेलन” सुरु गरे जुन विशाल नागरिक परामर्श थियो । इमानुएल माख्रोंले युरोपेली संघको लागि “द्रुत र कडा” निर्णय गर्ने पक्षमा वकालत गरे । उनले कोभिड १९ महामारीको सामना गर्दै यूरोपीयन मोडेलको पक्षपात गरेका छन् ।

युरोपको शान्ति र युरोपेली संघको एकताका लागि मनाउने युरोप दिवसका लागि फ्रान्सेली राज्य प्रमुखले यूरोपियन युनियनका नेताहरू सहित आइतबार ९ मे का दिन स्ट्रासबर्गमा व्यापक नागरिक परामर्श लिने “युरोपको भविष्यको सम्मेलन” शुरू गरेका हुन् । एमानुएल माख्रोंले युरोपेली संघले “छिटो र बलियो” निर्णय गर्नुपर्ने उल्लेख गरे । उनले महामारीको सामना गर्न “यूरोपीयन मोडेल” को समर्थनपनि गरे।

“प्रेम गर्नु भनेको एक अर्कालाई हेर्नु हुँदैन, यो सँगैसँगै उही दिशामा हेर्नु हो” फ्रान्सेली भाषामा अन्त्वान द सेन्ट एक्जुपेरीका केही भनाई उल्लेख गर्दै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सन् १९५० को मे ९ को “शुमान घोषणापत्र” को वार्षिकोत्सव मनाउने निर्णय गरेको सुनाईन् ।

राष्ट्रहरूबीचको युद्धलाई अकल्पनीय बनाउन युरोपका लागि राजनीतिक सहयोगको नयाँ रूप प्रस्तावित गर्नुपर्ने र त्यसकालागि युरोपियन युनियनको स्थापनालाई महत्वपूर्ण पाठ मानिएको छ ।

एमानुएल माख्रोले युरोपले “छिटो र कडा” निर्णय गर्नुपर्ने उल्लेख गरेका छन् । उनले खासगरी स्वास्थ्य जस्ता रणनीतिक क्षेत्रमा महाद्वीपको सार्वभौमिकतालाई सुदृढ गर्न कडा र छिटो निर्णयको आवस्यकता औंल्याए । कोरोना महामारी शुरु भएलगत्तै ईयूको स्वास्थ्य संकटको व्यवस्थापन उचित नभएको भन्दै कडा आलोचना हुँदै आएको छ ।

“तानाशाहीवादको सामना गर्नुपर्दा एक मात्र वैध उत्तर भनेको प्रजातन्त्रको अधिकार हो जुन दक्षता र गतिबाट मात्र जित्न सकिन्छ” माख्रोंले स्ट्रासबर्गमा रहेको यूरोपीय संसदमा भने ।

यि भनाईहरु अनलाईनबाट स्ट्रासबर्गमा रहेको टेलिभिजन सेटमा देखिने बनाइएको थियो । त्यहाँबाट अन्यत्र स्थानान्तरण वा रिले गरिएको थियो ।

“हाम्रो युरोपेली प्रजातन्त्र सम्झौता र सन्तुलनको प्रजातन्त्र हो जुन हामीले सुरक्षित गर्नुपर्दछ भन्ने हाम्रो गुण हो । तर यो आफ्नै कमजोरी ब्यहोर्नुपर्दा दिक्क लाग्ने पक्षपनि हो” उनले स्वीकार गरे ।

युरोपेली संसदका अध्यक्ष इटालियाली नागरिक डेभिड ससोलीले सुधारका लागि धेरै उपायहरू सुझाव गरेका छन् । राष्ट्रिय संसदको जस्तो विधायिकी मामिलामा पहल गर्ने अधिकारसहित आफ्नो संस्था (ईयु) को भूमिकालाई सुदृढ पार्न उनले आग्रह गरेका छन् । नागरिकहरूले युरोपियन आयोगको अध्यक्षमा मतदान गर्न पाउनुपर्ने भनाई उनको छ ।

सम्मेलनमा ठूला आयोजनाहरू फिर्ता गर्न र ठूला महत्वाकांक्षा पुरा गर्न आव्हान गरिएको छ । यसको अर्थ गत दुई दशकमा फ्रान्स लगायत युरोपका अन्य देशबाट ठूला ठूला उध्योग, ब्यवशायीहरुले आफ्नो लगानी त्यागेर अफ्रिका, चिन, ईन्डोनेशिया लगायतका देशमा स्थानान्तरण भएका छन् । हो त्यसरि बाहिरिएका ठूला लगानेकर्तालाई फेरि युरोपमै फिर्ता ल्याउनुपर्नेमा जोड गरिएको हो । त्यसैले युरोपको भविष्य सम्मेलनले आगामी १० वर्षमा युरोपको भविष्यलाई ध्यान दिन अभूतपूर्व अभ्यासको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिइएको छ ।

यो प्रजातान्त्रिक परामर्श एक अनलाइन प्लेटफर्ममार्फत लगेर युरोपियन नागरिकहरूलाई युरोपको भविष्यको बारेमा आफ्नो दृष्टिकोण साझा गर्न दिनुपर्ने फ्रान्सका राष्ट्रपती माख्रों लगायतको जोड छ । त्यस्ता सुझावलाई नागरिकहरूको परामर्श द्वारा पूरक हुन अनुमति दिनुपर्ने र त्यसकोलागि एक वर्ष भन्दा बढी अवधि बढाउनुपर्नेछ ।

युरोपका युवाहरुलाई पनि यो सम्मेलन गर्न आग्रह गरिएको छ । “युवाहरूले आफ्नो अभिव्यक्ति व्यक्त गर्नुपर्ने विशेष महत्त्वपूर्ण समयमा हामी आई पुगेका छौ” उर्सुला भोन डर लेनले भनिन् ।

तपाइँको प्रतिक्रिया