शनिबार, वैशाख ८, २०८१

‘भारतीय स्वरुपको कोरोना भाईरस विश्वब्यापी चिन्ताको विषय’ – डब्ल्युएचओ

नेपालप्लस संवाददाता२०७८ वैशाख २८ गते १२:१५

भारतमा संक्रमित भैरहेको नयाँ स्वरुपको कोरोना भाईरस विश्वभरिकै चिन्ताको विषय भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

भारतमा विकास भएको उत्परिवर्तित (भेरियन्ट) कोरोना भाईरसबाट भारतले विस्फोटक प्रकोपको सामना गरिरहेको उल्लेख गर्दै डब्ल्युएचओले यो विश्वव्यापी चिन्ताको विषय भैरहेको बताएको छ ।

डब्ल्युएचओका अनुसार भारतीय उत्परिवर्तित कोरोना भाईरस थप संक्रामक देखिएकालेपनि यसलाई चिन्ताको विषयको रूपमा वर्गीकृत गरिएको हो ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीले गत अक्टोबरमा भारतमा पहिलो पटक फेला परेको कोभिड बि. १. ६१७ नाम दिईएको भाईरस अत्यधिक सजीलोसित प्रसारित भएको देखिएको जनाएको छ ।

कोविड १९ का लागि डब्ल्यूएचओको नेतृत्वकर्ता मारिया भ्यान केरखोभले पत्रकारहरुलाई भनिन् “बी. १. ६१७ को प्रसारण क्षमता बढाउने केहि जानकारी उपलब्ध भएका छन् । त्यसैले हामी यसलाई विश्व स्तरमा चिन्ताजनत स्तरको रूपमा वर्गीकरण गर्दैछौं ।”

उनले प्रारम्भिक अध्ययनलाई पनि औंल्याएकी थिइन । प्रयोशालामा गरिएको सानो नमुना परिक्षणले शरिरको रोग निरोधक क्षमता विकास गर्ने शक्तिलाईपनि कम प्रभावकारि बनाउने देखिएको छ । भारतीय उत्परिवर्तित कोरोना भाईरसलाई निस्तेज पार्न सोचे जति शरिरको रोग निरोधक क्षमता बढ्न सकेको देखिएको छैन ।

यो नयाँ स्वरुपको कोरोना भाईरसले खोपलाई थप प्रभाव पार्ने हुनसक्छ । तर यसलाई निर्क्यौल गरिहाल्न छिटो हुने र थप अनुसन्धनाको जरुरत पर्ने औंल्याइएको छ ।

हालको तथ्यांकमा आधारित रहेर हेर्दा कोरोना भाईरस बिरुद्दका खोपहरू नयाँ स्वरुपबाट संक्रमित व्यक्तिहरूमा रोग र मृत्युलाई रोक्न प्रभावी रहनेपनि डब्ल्युएचओले आफ्नो बिज्ञप्तीमा उल्लेख गरेको छ ।

भारत कोरोना भाईरस संक्रमणबाट विश्वमै सबैभन्दा गम्भिररुपमा पीडित छ । सोमबार त्यहाँ करिब ३ लाख ७० हजार थप संक्रमित भएका छन् भने ३,७०० भन्दा बढीको मृत्यु भएको छ ।

विनाशकारी कोरोनाको लहरले भारतको स्वास्थ्य सेवा प्रणालीलाई वशमा पारेको छ । विज्ञहरूका अनुसार संक्रमितको संख्या तथा मृत्युको आधिकारिक तथ्यांक सरकारले दिएको वास्तविक संख्या भन्दा धेरै बढि छ ।

स्वास्थ्य अनुसन्धानकर्मीहरुका अनुसार बी. १. ६१७ अलिकति भिन्नरुपमा उत्परिवर्तन भएको छ । र यसले अन्य साना साना परिवर्तन वा स्वरुप बदलेको छ । त्यसैले यसले खतरनाक रुपमा संक्रमण फैलाउन योगदान पुर्‍याउन सक्छ ।

तर अहिलेसम्म डब्ल्यु एच ओले यसलाई ‘चासोको रूप’ मा मात्रै सूचीबद्ध गरेको छ ।

अब कोरोना भाईरसको तीन अन्य प्रकारहरु समावेश गर्ने सूचीमा थपिने भएको छ । ति पहिलो पटक बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा पत्ता लागेका स्वरुहरु हुन् । ति स्वरुपलाई विश्व स्वास्थ्य संगठनले “चिन्ताको विषय” को रूपमा वर्गीकृत गरेको छ ।

ति भाइरस मूल संस्करण भन्दा बढी खतराका रूपमा देखिएका छन् । ति या त अधिक फैलावटकारी छन्, घातक वा केहीले खोप पचाउन सक्षम भएर देखिएका छन् ।

यदि खोपको प्रभावकारिता कोविड १९ का केहि उत्परिवर्तितहरू विरूद्ध घटेपनि खोपले अझै पनि गम्भीर बिमारी र मृत्युको बिरूद्ध संरक्षण प्रदान गर्न सक्ने डब्ल्युएचओले जनाएको छ ।

विज्ञहरूका अनुसार भाइरस जति बढी फैलिन्छ उति ठूलो जोखिम हुन्छ । धेरै फैलिँदै जाँदा भाईरसले आफू अनुकुल अवस्था बनाउँदै जान्छ । त्यसैले भाईरसको फैलावटलाई लगाम लगाउन सक्नुपर्छ । जुनसुकै खोप भएपनि हाल सिफारिस गरिएका खोपहरु लगाउनुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक