शुक्रबार, चैत १६, २०८०

“७० वर्ष माथिकालाई भेन्टिलेटरमा नराखौं, कम उमेरकालाई बचाउन लागौं”

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २८ गते १५:५१

कोरोनाको संक्रमण र मृत्‍यु दरको सूची बढ्दै जाँदा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले ७० वर्ष माथिकालाई भेन्टिलेटरमा नराखेर कम उमेरकालाई बचाउन लाग्नुपर्ने बताएका छन् । उनले नेपालको स्वास्थ्य प्रणाली कोल्याप्स भएकोसमेत उल्लेख गरेका छन् ।

उनले अस्पतालहरुमा अक्सिजन आपूर्ती गर्ने र पाइप जोड्ने आउटलेट नभएको पनि बताए ।

डा. अधिकारीले आइसोलेशन सेन्टर बढाउने आग्रह गर्दै भनेका छन् – अब ७० वर्ष माथिकालाई भेन्टिलेटरमा नराखौं । कम उमेरकालाई बचाउन लागौं । तयारी गरौं र सबै अस्पताल सरकारले लिएर चलाऔं ।

नेपालका अस्पतालहरुमा अक्सिजनको आपुर्ती कम भएसँगै संक्रमणबाट मृत्‍यु हुनेको संख्यामा सोमवारको तुलनामा लगभग १०० जना ब्यक्ती मंगलवार थपिएका छन । यो सँगै पछील्लो २४ घण्टामा मृत्‍यु हुनेको संख्या १ सय २५ पुगेको छ ।

अस्ती आइतवार ८८ जनाको मृत्‍यु भएकोमा सोमबार यो संख्या बढेर १ सय ३९ पुग्यो । आज मंगलवार २ सय २५ जनाको मृत्‍यु भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक