शुक्रबार, चैत १६, २०८०

फ्रान्सले पाँच प्रतिशत कोरोना खोप गरिव देशलाई निशुल्क दिने

नेपाल प्लस२०७८ वैशाख २८ गते १७:४७

photo Credit-UNO

आफूसित भएका वा आफ्नो देशमा उत्पादित कोरोना भाईरस बिरुद्दको खोप मध्ये पाँच प्रतिशत फ्रान्सले गरिव देशहरुलाई दिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) द्वारा आर्थिक रुपले बिपन्न देशहरुलाई निशुल्क रुपमा बितरण गर्न लागेको कोभ्याक्स अभियानलाई सफल पार्न फ्रान्सले यस्तो घोषणा गरेको हो ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आजै मंगलवार सार्वजनिक गरेअनुसार डब्ल्यु एचको कोभ्याक्स अभियान अन्तर्गत फ्रान्सले सहयोग गर्ने भएको हो ।

“कोविड १९ महामारीको सन्ध्यामा फ्रान्सले गरिब देशहरूलाई सहयोग पुर्‍याउन चाहन्छ । फ्रान्सले यस वर्षको अन्तसम्म कोभाक्स अभियानमा आफ्नो खोपको पाँच प्रतिशत भन्दा बढी छुट्याउने छ” स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मंगलबार भनेका छन् ।

कोभाक्स अभियान विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा समर्थित एक पहल हो जुन कम आय भएका देशहरूमा कोभिड १९ बिरूद्ध खोपमा पहुँच सुनिश्चित गर्नु हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक