बिहीबार, वैशाख १३, २०८१

सरकारद्वारा स्वास्थ्य संकटकाल घोषणाको तयारि

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २९ गते १३:५७

Photo Credit-Niranjan Shrestha /AP via apnews.com

कोरोना महामारीको संक्रमण र मृत्‍युदर तिब्र गतिमा बढ्दै गएपछी सरकारले स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारिका अनुसार बिहीवार देखी नै लागु हुनेगरी स्वास्थ्य संकटकालको तयारी भइरहेको छ । कोरोना ब्यवस्थापनमा सरकारी संयन्त्रहरु असफल भएको र पुरै स्वास्थ्य क्षेत्र कोल्याप्सको अवस्था पुगेको निष्कर्ष सम्बन्धित निकायहरुको छ । सरकारी अस्पातलहरुका वरिष्ठ चिकित्सकहरुले समेत स्वास्थ्य क्षेत्र कोल्याप्सको अवस्थामा पुगेको हुनाले सरकारले यथासिघ्र ठोस कदम चाल्न आग्रह गरिरहेका छन ।

मंगलवार मात्रै गंगालाल हृदय रोग केन्द्रका निर्देशक डा चन्द्रमाणी अधिकारिले स्थिती भयावह भएको बताउँदै भनेका थिए- अहिलेको अवस्थामा ७० वर्ष माथिकालाई भेन्टिलेटरमा नराखेर कम उमेरकालाई बचाउन लाग्नुपर्छ । देशको पुरै स्वास्थ्य प्रणाली कोल्याप्स भइसक्यो । अस्पातलहरुमा बिरामीहरुको चाप बढ्दो छ र अक्सिजन सकिएको बताइएको छ ।

मंगलवार ठुला भनिएका एक दर्जन निजी अस्पातलहरुले अक्सिजन सकिएको हुनाले नयाँँ विरामी भर्ना गर्न असमर्थ भएको जनाउँदै बिज्ञप्ती जारी गरेका थिए । उनिहरुले अक्सिजनका लागि सरकारले कोटा प्रणाली तोकिदिएका कारण नयाँँ विरामी लिन नसकिने जनाएका थिए । ति अस्पातलहरुले विज्ञप्ती जारी गरेको भोलिपल्ट सरकारले १५ दिन भित्रमा अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । अहिले संचालनमा रहेका धेरै बेड क्षमता भएका निजी अस्पातलहरुसँग आफ्नै अक्सिजन प्लान्ट छैन ।

उनिहरुलाई सरकारी अस्पातल र छुट्टै प्लान्टहरुमा उत्पादन हुनेगरेको अक्सिजन आपुर्ती हुँदै आइरहेको थियो । तर महामारी बढेसँग अक्सिजनको माग बढेपछी त्यो आपुर्तीमा कमी आएको छ र ति सबै अस्पातलले नयाँँ विरामी नलिने घोषणा गरेर हात उठाएका छन ।

“स्वास्थ्य संकटकाल घोषणा भएपछी नागरिक स्वास्थ्यको विषय पहिलो प्राथमिकतामा पर्ने छ र नेपाली सेना समेत प्रत्यक्ष रुपमा कोरोना ब्यवस्थापनमा जोडीने छ” स्वास्थ्य मन्त्रालयका ति अधिकारी भन्छन् “हामीले जस्तोसुकै कदम चाले पनि नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हुने छ ।” पछील्लो समय तिब्र गतिमा संक्रमण फैलिए पछी संक्रमितको संख्या एक लाख माथि उकालीएको छ भने मृत्‍यु हुनेको संख्या ५ हजारको हाराहारीमा पुगेको छ ।

तपाइँको प्रतिक्रिया