शुक्रबार, वैशाख ७, २०८१

चिकित्सकहरुद्वारा देशभर ‘रेड अलर्ट’ घोषणा : राजनितिक जोडघटाउ स्थगित गरेर कोरोनाबिरुद्द लड्न आग्रह

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २९ गते १५:५३

नेपालका चिकित्सकहरुको साझा संस्था नेपाल मेडिकल काउन्सिलले समग्र देशलाईनै रेड अलर्टको घोषणा गर्दै सबै राजनितिक दलहरुलाई राजनितिक एजेन्डा त्यागेर एकजुट भई महामारीबिरुद्द लड्न आग्रह गरेको छ । चिकित्सक संघले आज हार्दिक अपिल जारि गर्दै अब केहि महिनाकालागि राजनितिक दल, नागरिक समाज र सबै नागरिक एकजुट भएर भाइरससित लड्ने र महामारीलाई परास्त गर्ने प्राथमिकता बनाउनपनि संघले सबै राजनितिक दलहरुलाई आग्रह गरेको छ ।

उनीहरुको अपिलमा उल्लेख भए अनुसार वैशख २८ गते एकै दिन कोरोना भाईरसबाट ९४८३ जना संक्रमित र २२५ जनाको म्रित्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ९८ हजार ८ पुगिसकेको छ । अहिले १३८३ जना आसियु र भेन्टिलेटरमा उपचाररत छन् । यो संख्या द्रुतगतिमा बढेकाले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेकोपनि अपिलमा छ ।

अपिलमा भनिएको छ ‘अस्पताल आ उन नपाएका, आएकालाई फर्काउनु परेको, बचाउन सकिने अवस्था हुँदाहुँदैपनि एक सिलिण्डर अक्सिजन नपाएर आँखा अगाडि मर्नु परेको, परिवारले प्राण जोगाइदिन गरेको अनुनय विनय, अक्सिजन र शैया भन्दै गरेको हारगुहारको ह्रिदयविदारक द्रिष्यले हाम्रो भोग निन्द्रा सबै लगेको छ ।”

यस्तो अवस्थामा पनि सामाजिक सन्जालमा हेर्दा जनताका यि विषय भन्दापनि अन्य विषय प्राथमिकतामा परेको र जनताका यि ह्रिदय विदारक द्रिष्य अर्कै लोकको जस्तो देखिएको चिकित्सकहरुले उल्लेख गरेका छन् ।

यस्तो अवस्था देख्दा अस्पतालमा दिनरात खाटेका चिकित्सकहरुको मन खिन्न हुने, उदेक लाग्ने र नेत्रित्वदायी भूमिकामा रहेकाहरुलाई ‘जनताको जिवनभन्दा अरु केहि कुरा ठूलो हुनसक्छ ?” भनेर प्रश्न गर्न मन लागेको समेत अपिलमा उल्लेख छ ।

चिकित्सकहरुले कोरोनाको पहिलो लहरदेखिनै जुनसुकै बेला भयावह अवस्था अ आ उनसक्छ, आवस्यक तयारि गरौं भनेर निरन्तर झक्झाईरहेपनि समयमा नसुनेको, तयारि नगरेको, प्राथमिकतामा नपार्दा नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको र सास्ति ब्यहोर्नुपरेको चिकित्सकहरुले उल्लेख गरेका छन् ।

चिकित्सकहरुले आफ्नो अपिल मार्फत् सबै राजनितिक दलहरुलाई एक ठाउँमा ल्याउन र महामारीबिरुद्द जुट्न अभिभावकको भूमिका निर्वाह गर्न राष्ट्रपतीलाई अपिलसमेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक