शुक्रबार, वैशाख ७, २०८१

भारतीय संस्करणको कोरोना भाईरस ४४ देशमा फैलियो

नेपालप्लस संवाददाता२०७८ वैशाख २९ गते १८:०५

भारतमा रुप फेरेको कोरोना भाईरस विश्वका ४४ देशमा फैलिईसकेको छ । भारतमा उत्परिवर्तित (भेरियन्ट) कोरोना भाईरस विश्वभरि पुगेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्तासमेत ब्यक्त गरेको छ ।

गत हप्ता यो भाईरस विश्वका १७ देशमा मात्रै पुगेको भनाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को थियो ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीका अनुसार कोविड १९ को बी १। ६१७ नामको परिवर्तित रुप भारतमा पहिलो पटक अक्टोबरमा फेला परेको थियो । विश्वभरिमा लिइएका ४,५०० भन्दा बढी नमूनाहरुको परिक्षणले यो भाईरस ४४ देशहरुबाट खुला तथ्यांकमा सूचिक्रित (ओपन एक्सेस डाटाबेस) पद्दतीमा अपलोड गरिएको पत्ता लगाए ।  विश्वमा रहेका डब्ल्युएचओका ६ वटा कार्यालयमार्फत् ति तथ्यांकहरु सूचिक्रित गरिएको थियो ।

“डब्ल्यूएचओले थप पाँच वटा देशबाट आएको रिपोर्टमापनि प्राप्त गरेको छ” डब्ल्युएचओको साप्ताहिक महामारी अपडेटमा भनिएको छ ।

भारत बाहिर उत्परिवर्तित (भेरिन्ट) रुपको कोरोना भाईरस सबैभन्दा बढि बेलायतमा रिपोर्ट गरिएको छ ।

डब्ल्युएचओको साप्ताहिक रिपोर्ट अनुसार उत्परिवर्तित भाइरस मूल संस्करण भन्दा बढी खतराजन्य देखिएको छ । किनभने तिनीहरू कि त अधिक संक्रमणजन्य छन्, घातक छन् वा तिनले खोपको सुरक्षा प्रणालीलाई पचाउनसक्ने क्षमता राख्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक