शुक्रबार, वैशाख ७, २०८१

एनआरएनए अफ्रिकाद्वारा नवलपरासीमा अक्सिजन हस्तान्तरण

नेपालप्लस संवाददाता / नवलपरासी २०७८ वैशाख २९ गते २२:३०

एनआरएनए अफ्रिकाको अभियान अन्तर्गत आज नवलपरासी जिल्लामा ६० थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण गरिएको छ ।

पूर्व मन्त्री देवेन्द्र कँडेलजको विशेष पहलमा गैर आवाशिय नेपाली संघ (एनआरएनए) अफ़्रिकाका शाखाहरुले यो सहयोग गरेका हुन् । लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्रामको ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप यो सहयोग गरिएको हो ।

आज लुम्बिनी प्रदेश सभा सद्स्य वैजनाथ जैसवाल, जिल्ला समन्वय प्रमुख शिव शंकर राय,रामग्राम कार्यपालिका सद्स्य सुनिता श्रेष्ठ,समाजसेवी त्रिलोक श्रेष्ठ, युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगायतको उपस्तिथिमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई प्रारम्भिक चरणको ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

लायन्स कल्ब बुटवल स्टार एवं लायन्स ३२५ब्२ एरिया चिफ संयोजक सन्दिप कसौधन,लियो क्लब रामग्राम शाखा अध्यक्ष बिकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड सदस्य सुनिता श्रेष्ठलाई बुटवल क्षेत्रका पाँच जिल्लामा एनआरएनए अफ्रिकाको तर्फबाट सहयोग समन्वय गरिरहेका एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले बिशेष आभार ब्यक्त गरेका छन् ।

बुटवल क्षेत्रका पूर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्ने भएको छ । एनआरएनए कङ्गो, मोजाम्बिक, घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरिरहेका छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक