बुधबार, असोज ६, २०७८

नियात्रा : चार घण्टाको यात्रा, तिन घण्टाको जाम

बिनु भट्टराई२०७८ वैशाख ३० गते ५:०१

बिनु भट्टराई

हजार रुपैयाँ हातमा पर्यो कि भागम् भन्थी ऊ !
“भाग्नै परे कम्तीमा एक लाखसम्म पाए पो भाग्ने नाथे हजार।”
“ठूलो मान्छेका ठुलै कुरा आफुत सानो,सानै कुरा,
हाई लिभिङ सिम्पल थिन्किङ हेहेहे  !”
प्रायः यसरी नै झटारो हान्छे उ ।

उमेरको जोस भनौँ कि हमउम्र भएकोले हो आत्मबल खुब मिल्छ हाम्रो । अक्सर ऊ र म घरमा भएपछि उटपट्याङ नै बढी चल्थ्यो ।

बासँग डर लागेपनि ममी र दाजु-भाइलाई चुर पार्थ्यौ । घरमा आउने पाहुनालाई त झन् कसरी छिटो खेद्ने उपाय अनेक रच्थ्यौं । फोकटमा भात खुवाऊ, बदलामा काम थप, कम्ता रिस उठ्दैन । अझ मम्मीले छोरीहरूका बखान गरेपछि मन नलागी-नलागी पनि जाती बनेर देखाउनुपर्थ्यो पाहुनालाई । के सारो मक्ख पर्नु पर्‍या हो खै मम्मीलाई आफूले मात्रै छोरी पाए जस्तो !

घरमा आउने पाहुनालाई त झन् कसरी छिटो खेद्ने उपाय अनेक रच्थ्यौं । फोकटमा भात खुवाऊ, बदलामा काम थप, कम्ता रिस उठ्दैन । अझ मम्मीले छोरीहरूका बखान गरेपछि मन नलागी-नलागी पनि जाती बनेर देखाउनुपर्थ्यो पाहुनालाई ।

आफूले भने पढ्न, लेख्न फेसबुक चलाउन छोडी-छोडी पाहुना खातिर ममीलाई बढी सघाउनु पर्ने । कति रात घाँटीलाई सकस पारी-पारी चुरोटको धुवाँ रहरले उडाइयो । वाइनको बोतल रित्याएर रिस उठे जतिकालाई फोनमा धम्क्याइयो । गाँजा खाएर अन्नको सत्यनास पारियो । त्योभन्दा बढी गर्ने त आँट पनि हुनु पर्यो नि फेरि ।

संस्कार नटेरे, नमाने पनि बलियो थ्यो क्यार ! बाबासँग भने खुब डर लाग्थ्यो । र त मेरा छोरीहरू सोझा छन् भन्ने सम्मको भ्रममा पारियो ।

मरेको नाटक गरेर मम्मीलाई रुवाइयो । ज्वोरो आएको नाटक गरेर पानीपट्टि त कति लगाइयो । जे गरेनी पत्याइहाल्ने ममीको कमजोरीको फाइदा कति लुटियो कती । भूतको खोल ओढेर दाजुभाइलाई तर्साइयो । छिमेकीलाई सताउनुसम्म सताएपछि ममीको आवतजावत बोलचाल बन्द गराइयो । फाइदामा आजकल मीठो चोखो पकाएको पुर्‍याउन जानु पर्दैन ।

“शुक्र है खुदाका, दङ्गल पे मङ्गल, रव ने बना दी जोडी, चान्स पे डान्स मारों बिटिया ।”

प्लान सफल भएपछि बोल्ने डाइलग हुन्छन् यस्तै-यस्तै ।

घर सर्नुपर्ने थियो । मिलेमतोमा बलले भन्दा बढी जुक्ती र जोसले काम गर्दा चार दिनलाई पुग्ने काम एकै दिनमा सखाप पारिएछ । सोचेभन्दा छिटो र सजिलै काम सकाएपछि घरमा मनोमानी चल्छ नै । मौकाको फाइदा हेरी चितवन घुम्न जाने योजना सुनाइयो । नाइँ भन्न सकेनन् सुरुमा । कामको जोस र अनुमतिको उत्साह उस्तै थ्यो क्यार !

बिस्तारै, “जानू हुदैन यस्तो बेला” आदेश आउन थाल्यो । के हुन्छ, के हुँदैन सम्पूर्ण कानुन आफ्नो हातमा भएजस्तो कसलाई टेर्ने उमेर हो र यो ? भनेको मान्नु सुन्नु त हुँदै हुँदैन । तिनै आमाबाबुको काँधमा टाउको टेकाएर ब्यक्तित्व विकासको सपना देख्ने हामी, आफ्नो शिर कहाँ झुकेको छ थाहा नपाउने बेहोसीमा पनि मनमर्जी गर्छौँ । सुटुक्क काँध तानिदिए टाउको बजारिने मात्र होइन फुट्ने पनि थियो । तर साना कुरा गर्दैनौं । हार्न जान्दैनौँ । मामाघर बस्ने सिजी टेम्पल, देवघाट, मौलाकाली, सौराहा घुम्ने र मामा घर केही दिन बसी फिर्ती हुने योजना लिएर भोलिपल्टै बिहान १० बजे कलङ्की पुग्यौँ ।

“नजाओ” भन्दा भन्दै हिँडेका हामी साँच्चै भागेजस्तै भयो घरबाट । आजाद हुनुको आनन्द के वर्णन गर्नु ! लाख त टाढाको कुरा, हजारको नोट पनि पाइएन भाग्ने बेलामा । पकेटको पैसाले चलाउँला, नपुगे मामाघर हजुरआमा जिन्दावाद !!

एक कल कतैबाट फोन आएन । कहाँ पुग्यौसम्म सोधेनन् कसैले । परिवारजनसँग रिस उठ्यो । खैर ! पछि जे सुकै आइपरोस् ऊर्जा जोस छ हामीसँग । थानकोटको ओरालो लागियो ।

“केही जान्दैनौँ, नयाँ ठाउँ, नचिने नजानेको क्षेत्र, कोरोनाको कहर, टेक्सी लैजाऊ पैसा छैन, दाइ हामीलाई हाकिम चोक भन्ने ठाउँमा पुर्‍याइदिनु प्लिज ! यो नचिन्या ठाउँमा एकातिर भनेर अर्कोतिर लग्दिए के गर्नु दाइ !”

मर्जीका मालिक हामी माइक्रोको यात्रा, सिटमा बसेर गीत बजाउनु, स्पिकर पेवा नै भइहाल्यो । नाच्नु गाउनु हल्ला गर्नु, जिस्किनु, घरी डाइभर दाइ घरी सहायक भाइ मजाकका पात्र बनिरहे । बाँकी यात्रुहरू दर्शक । उसो त हामी दुई दिदीबहिनी भएपछि आफैं पात्र आफैं दर्शक काफी हुन्छौँ । त्यसमाथी यात्रा अनि यात्रुहरू ।

कोरोनाको त्रास बोकेर हिँडिरहेका सबैजना हाम्रो हँसीमजाक, रमाइलो लागेछ क्यार ! सबैका अनुहार हँसिला हुँदै गए । दु:ख होस् या खुशी रङ रमाइलो गाना-बजानाले मान्छेको मनस्थिति सहज बनाइदिन्छ । भरसक हामी अनुहार झुकाएर बस्न सक्दैनौँ र दिँदैनौँ पनि । यात्रामा यात्रा नभएर पिकनिक या जमघट टुरजस्तो माहौल बनायौँ ।

चार घण्टाको यात्रा, तीन घण्टाको जाम । करिब सात घण्टा लामो भयो । तैपनि समय फुर्र !

“नानीहरूले गर्दा जाममा परेपनि यात्रा रमाइलो लाग्यो । कसको भाग्याँ लेख्या होला जुन घर पुगेनि घरै रमाइलो गर्नी रचन । आज हाम्राँ जाम” एक बुढी आमैले भनिन् !

“छोरा, नाति कोइ छन् बुहारी बनाउने हो आमा ? बनाउने नै हो भने हिँड्नुस् बरु हाम्रो घर बासँङ कुरो अर्न पर्च ।” हामीले उनकै लवज टिपेर जिस्कियौँ ।

भोलि बिहान खाना खानेगरी आम्ला आमा । नभए आफैं हेरौँला घर । खानदान केटा अनि कुरो अघि बढाम्ला ।

सुन्नेहरू सबै हाँसे । हाँस्दाहाँस्दै नारायणगढ आइपुगिएछ । सबैले धन्यवाद भन्दै आ-आफ्नो जक्सनमा नाम्दै गए ।

हामी पुग्नुथ्यो हाकिम चोक। साँझ पर्न थालिसकेको थियो । ड्राइभर दाइ भन्नुहुन्छ “नारायणगढ बजारसम्म हो, त्यहाँबाट एक इन्च उता जाँदैन गाडी । हजुरहरू अर्को जिपमा जानुस् । टेक्सी लैजानुस् । जत्ति पाउँछ गाडी।”

दिनभरको यात्रा, थकान, गर्मी उत्पात, अब हामीमा त्यो ऊर्जा थिएन जुन बाटोभरि वा घरबाट निस्किँदा थियो । अब पालो इमोसनल ब्ल्याक मेलको । अर्थात् कुनै बहाना बनाएर ड्राईभर दाईलाई फकाउने र मन पगालेर हाकिम चोकसम्म पुर्‍याइदिने बनाउने ।

हामी खुब ‘इन्नोसेन्ट’ बन्यौँ पलभरमै । भन्यौं “केही जान्दैनौँ, नयाँ ठाउँ, नचिने नजानेको क्षेत्र, कोरोनाको कहर, टेक्सी लैजाऊ पैसा छैन, दाइ हामीलाई हाकिम चोक भन्ने ठाउँमा पुर्‍याइदिनु प्लिज ! यो नचिन्या ठाउँमा एकातिर भनेर अर्कोतिर लग्दिए के गर्नु दाइ !”

बहिनीले थपी-” चेलीबेटी हजुरकानी होलान् नि है दाइ ?

कुनै तिहारमा निधार खाली नहोस् । तिज तिहारमा झिलिमिली होस दाइ । हामीलाई त्यहाँसम्म पुर्‍याइदिनु भो भने तपाइका दिदीबहिनी, छोरीचेली ले कहिले दुख पाउन्नन् ।”

गर्नुसम्म एक्टिङ गरियो ।

(अहिले सम्झिँदा पनि आफ्नै मूर्खतामाथि हाँसो लाग्छ।)

आखिर पुर्‍याएर छाडे हाकिम चोक । “स्त्री हठ” शब्द यसै बनेको रहेछ । हामीसँगै अरू दुई जना पनि उहीँसम्म जाने थिए । उनीहरू पनि खुशी भए । नारायणगढबाट पैदल नै हिँडेको भए पनि सजिलै पुग्न सकिन्थ्यो । म कयौँ पटक त्यो बाटो एक्लै पैदल हिँडेकी पनि छु । माइक्रो या टेक्सीनै लेको भए पनि गाह्रो थिएन । किन हामीले त्यसो गरे हौँला !

दैनिक जीवनमा हामी मानिसहरू कयौँ ढोङ गरेर बाँचिरहेका हुन्छौँ । कहिले जानेर, कहिले नजानेर, त कहिले सामाजिक विभिन्न भूमिकाको लागि नाटकीय जिन्दगी बाँचिरहेका हुन्छौँ । बाँच्नकै लागि अनेक प्रपञ्च रच्नुपर्छ ।

यो त एउटा सरारत थियो जुन यात्रासँगै सकियो । हामीले उटपट्याङ गर्यौँ । यात्रुहरू सबैले रमाइलो महसुस गरे । अनि गुरुजीले आफ्नो पेशामा गर्व गरे । सकारात्मक शैलीमा बुझ्ने हो भने यो एउटा यात्राकला नै त थियो जो हामी पलभर भए पनि खुशी बाँड्यौ । प्राय: यात्रामा सिट नजिक हुनेहरू आफ्नो दु:ख ओकेलेर, आफ्नो जीवनको इतिहास सुनाएर दया, सहानुभूति खोज्छौँ । दु:ख कसको जीवनमा हुँदैन र ? किन हामी दु:खै बाँड्न हतार गर्छौ ? लुकाउने चिज लुकाएर खुसी बाँडेको राम्रो होइन र!

गन्तव्य स्थानमा पुग्यौँ । गर्मी अनि लामखुट्टेको ज्यादती । रुघाखोकी, जोरो, शरीर भरी दुखाई । खाना रुचेन । शङ्का मौसमी बुखारको भन्दा बढी कोरोनाको कहरको हुने नै भयो । घरमा नजाने भनेको सम्झियो । फोन आउँदा पनि डर लाग्यो । दुखाई मिश्रित आवाज सुनेर पत्ता लगाउन माहिर हुन्छन् बाबु आमाहरु।

प्राय: यात्रामा सिट नजिक हुनेहरू आफ्नो दु:ख ओकेलेर, आफ्नो जीवनको इतिहास सुनाएर दया, सहानुभूति खोज्छौँ । दु:ख कसको जीवनमा हुँदैन र ? किन हामी दु:खै बाँड्न हतार गर्छौ ? लुकाउने चिज लुकाएर खुसी बाँडेको राम्रो होइन र!

कहाँ घुम्ने, कसरी घुम्ने, किन घुमन्ते बन्नु परेको हामीलाई यस्तो महामारी फैलिएको बेलामा पनि ? दिमागले केही सोच्न सकेन ।

“थकान र गर्मीले होला के दिदी भोलि बिहान सब ठिक हुन्छ।” उसले अझै ऊर्जा सकेकी रहेनछ यत्ति बोली ।

निन्द्रा कोसौँ टाढा थियो । तर आफ्नो मनोमानी पूरा भएकोले मक्ख पनि थियौँ।

राती ११ बजेतिर ममीले फोन गर्नु भो । आवाज लुकाउनु छ । मोटो सोर पारेर मोबाइलको स्पिकर लाउड गरी दुवैजना एकै सोरमा झर्के जसरी घुर्क्यायौं- “के भो ? किन एक दिन घर छोड्दैमा पहाड पल्ट्यो ममी ? कि कसैको गाँस अड्क्यो?”

“पहाड त मेरो किन पल्टिनु तिमेरकै पल्ट्यो । ठिक्क पर्यो उच्चालिएर गथ्यौ । भनेको सुन्छौ र नजाओ भन्दाभन्दै यो गर्मीमा नगै भएन !”

“के भो भनिस्यो न त साहिबा बेगम ?” मलिन स्वरले घुर्क्याउँदै सोधी बहिनीले।

“के हुनु नि! पर्सिदेखि लकडाउन भोलि बिहानै फर्क । बिच परौला । न्युज सुन्यौ?”

जवाफ केही थिएन फोन काट्यौँ ।

“घुम्न आकि घुम मज्जाले । घुम दिदी जा अहिले सिजी टेम्पल । कि देवघाट जान्छेस् ? जा घाटतिरै उद्धार गर मृतात्माहरूको ! राहत बाँड !”

के थाह ! तेरा पूर्वजन्मका आशिकहरूले उडाएर पुर्याइदेलान् काठमाडौँ, घुमाउलान् पनि ।

अँ दिदि कोइत होलान् नि है मशान घाटमा तेरा दिवानाहरु ?”

“उल्काउने तै* होस् तै* जा न । तेरै होलान् नि बाजेहरू ! म त पहिले नै पुरै घुम्या छु त ।

के था मलाइ बन्द भइहाल्छ भन्ने…..!”

बिनु भट्टराईका अघिल्ला रचनापनि हेर्ने कि ?

“प्रेमाधिकार”

प्रेम-प्रज्ञा- १

प्रेम-प्रज्ञा- २

प्रेम पात्र

तपाइँको प्रतिक्रिया

फेसबुक