बुधबार, वैशाख १२, २०८१

दशकौं पुरानो तनावले इजरायलभर यहूदी-अरब हिंसा उत्कर्षमा

नेपालप्लस संवाददाता२०७८ वैशाख ३० गते १४:४८

Credit-arabnews.com

गाजा क्षेत्रमा रकेटहरू माथि आकाशमा सुइय सुइय फैलिएका छन् । अरब र यहूदीहरूको तल सडकमा एकापसमा लडाई चलिरहेको छ । दंगामा सामेलहरुले गाडी, रेस्टुरेन्ट र एउटा सभाघरमा आगो लगाइदिएका छन् । यो इजरायलले वर्षौंदेखि देखेको साम्प्रदायिक हिंसाको सबैभन्दा खराब घटना हो ।

मिश्रित शहर लोदका मेयरले हिंसाको सबभन्दा नराम्रो रुप देखिएकोले यसलाई गृहयुद्ध वा प्यालेस्टाइनको विद्रोहसँग तुलना गरे । अरब विज्ञहरू र कार्यकर्ताले जेरूसलेममा भएको अशान्तिले हिंसालाई उकास्दै गरेकोले इजरायललाई अर्को गाजा युद्धको छेउमा पुर्‍याएको बताएका छन् । तर यो हिंसा राज्य स्थापनामा फर्केकाहरुको गहिरो गुनासाहरूको जडमा उभिएको छ ।

एक अर्कालाई सिध्याउने र बदला लिने भावनाले हमलाहरूको लहर चलेको छ । हिजो बुधवार राती फेरि हिंसा भडकियो । तेलअवीव उपनगर, बट याममा अन्धाराष्ट्रवादी इजरायलीहरूको ठूलो भीडले एउटा मान्छेलाई अरबी ठानेर गाडीबाट ताने । बाहिर ल्याएर कुटपिट गरे । उसलाई हलचल गर्नै नसक्ने अवस्थासम्म कुटिरहे । उसको शरिरबाट रगत बगिराख्यो । अस्पताल पुर्‍याइएका ति ब्यक्ति गम्भिर अवस्थामा पुगेको अस्पतालले बतायो ।

यस अघि कालो रङका लुगा पहिरिएका इजरायलीहरूको समूहले बाटयाममा अरबी स्वामित्वको आइसक्रीम पसलका झ्यालहरू तोडिदिएको थियो । त्यहाँ अतिवादी राष्ट्रवादी इजरायलीहरुले “अरबहरुको मृत्यु !” भन्ने नारा लगातार लगाएको देखिन्छ । उत्तरी शहर टिबेरियसमा सोशल मिडियामा अपलोड गरिएको भिडियोमा आफ्नो झण्डा फहराइरहेका इजरायलीहरूले कारमा हमला गरेको देखिएको छ ।

इजरायलको च्यानल १३ ले एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै भनेको छ “अरबहरूले समुद्री किनारको शहर एकेरामा एक यहूदी मानिसलाई आक्रमण गरेका छन् । तिनले गम्भीर घाइते पारिदिएको आरोप लगाइएको छ । त्यहाँ दोहोरो झडप भैरहेको छ ।

गत रात ढिलोगरि दिएको टेलिभिजन अन्तर्वार्तामा इजरायली राष्ट्रपति रुभेन रिभलिनले राष्ट्रको नैतिक कम्पासको रूपमा सेवा गर्ने बताएका थिए । उनले आफ्नो देश गृहयुद्धले ग्रसित भएको र नागरिकहरुलाई “यो पागलपन रोक्न” आग्रह गरे ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यहूदी र अरब दुबैलाई एक अर्कामाथि आक्रमण रोक्न आह्वान गरे । “तपाईंको रगत उम्लिरहेकोले मलाई केही फरक पार्दैन । तर तपाईंहरुले कानून आफ्नो हातमा लिन सक्नुहुन्न” उनले भनेका छन् ।

प्रहरीले बुधवार देशभर दंगा र आक्रमणमा संलग्न रहेका कथित ४०० मानिसहरूलाई पक्राउ गरेको छ ।

हिंसा त्यस्तोबेला देखिएको छ जब इजरायलको अरब अल्पसंख्यकले नयाँ स्वीकृति र प्रभाव जमाएको देखिन्थ्यो । इस्लामवादी जरा भएका अरब पार्टीका प्रमुख मंसूर अब्बास मार्चको चुनावपछि एक किसिमको मुख्य निर्माताका रूपमा उभिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका दक्षिणपन्थी सहयोगीहरूलाई हटाउने गठबन्धनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको थियो ।

तर बुधवार दि एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा अब्बासले बढ्दो हिंसाको कारण गठबन्धनको वार्ता रोकिने संकेत गरेको छ। “यदि युद्धविराम भयो भने हामी सरकार गठन गर्न राजनीतिक ट्र्याकमा फर्किनेछौं” उनले भने ।

पछिल्ला दिनहरूमा इजरायलका अरब नागरिकहरूले इजरायलले जेरूसलेमको फ्लशप्याइन्ट पवित्र स्थललाई कब्जा गर्ने विषयलाई लिएर सामूहिक विरोध प्रदर्शन गरे । यहूदीहरु बसोबास गर्ने कानुनी अभियानपछि शहरमा दर्जनौं प्यालेस्टिनी परिवारहरूलाई निस्तेज गर्ने योजना बनाए ।

तनावलाई थप्न इजरायलमा बढ्दो शक्तिशाली अतिवादी समूहहरू छन् जसले मार्च महिनामा भएको चुनावमा सीटहरू जितेका थिए । तिनिहरु नेतान्याहूको साथमा संगठित छन् । हालका दिनहरूमा अतिवादी राजनीतिज्ञहरूले पूर्वी जेरूसलेमको तनावग्रस्त इलाकामा भ्रमण गरेका छन् जहाँ परिवारहरूलाई त्यहाँबाट निकाल्ने धम्की दिइन्छ । कडा प्रतिस्पर्धा भएको अन्यत्रका शहरमा जुलुसहरु पनि निकालिएको छ ।

सोमबार राति लोदमा प्रहरीले विरोध प्रदर्शन गरेपछि एक जवान अरब निवासीलाई गोली हानी मारियो । प्रहरी प्रवक्ता मिकी रोजेनफेल्डले उक्त व्यक्ति प्रदर्शनकारीहरूको एउटा समूहको साथमा लागेर यहूदी घरहरूमा पसी धम्की दिएका थिए । यहूदी बासिन्दाहरूले जीवनलाई जोखिममा पारेकाले आत्मरक्षाकोलागि गोली हानेको बताएका थिए । प्रहरी प्रवक्ताका अनुसार तीन जनालाई सोधपुछका लागि हिरासतमा लिएको छ र प्रहरी अनुसन्धान भइरहेको छ । लाडका अरब बासिन्दाहरूले उक्त भनाईको विरोध गर्दै ति ब्यक्तिले कुनै हातहतियार नबोकेको प्रस्ट पारेका छन् ।

भोलिपल्ट उनको अन्त्येष्टिमा हजारौं मानिस र थुप्रै प्रहरी उपस्थिति थिए । त्यहाँ दुबै पक्ष बीच झडप भयो । त्यस दंगामा थुप्रै सवारी साधन र सभाघर जलेको थियो । म्यागेन डेभिड एडम आपतकालिन सेवाका अनुसार अरबहरूले कारलाई ढुंगाले हानेपछि ५६ बर्षे एक यहूदी मानिस गम्भीर घाइते भएका थिए ।

हिंसा चाँडैनै ईजरायलभरका अन्य मिश्रित समुदायहरूमा पनि फैलियो । छिमेकको रामलेमा अतिवादी यहूदी प्रदर्शनकारीहरूले अरब कारहरूमा तोडफोड गरे । एकरमा, प्रदर्शनकारीहरूले यहूदीको स्वामित्वमा रहेको प्रसिद्द समुद्री खाना रेस्टुरेन्ट उरी बुरी जलाईदिए । म्यागेन डेभिड एडोमका अनुसार दंगामा ४६ व्यक्ति घाइते भएका छन् ।

Credit-arabnews.com

रोजेनफेल्डका अनुसार अरबहरूले यहूदीहरूलाई आक्रमण गरेका विभिन्न घटनाहरू छन् जसमा १२ प्रहरी अधिकारी घाइते भए । देशभरका शंकास्पद स्थानहरुमा २७० संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरिएको थियो । तिनमाथि सवारी साधनहरुमा आगो लगाइएको र सार्वजनिक सम्पत्ति क्षति पुर्‍याएको आरोप छ ।

“अरबीहरू हामीलाई यहाँ देख्नै चाहँदैनन् । तर हामी बस्दैछौं” लोदका एक यहूदी अभ्राम साग्रोनले भने । उनले सभाघर रहेको प्रवेशद्वारको सर्वेक्षण गरेका थिए ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले लोद र एकेड भ्रमण गरे । त्यहाँ उनले अराजकता रोक्न र आवश्यक परेमा फलामको मुट्ठीले न्याय र कानुन पुनःस्थापना गर्ने वचन दिए । उनले अरब र अन्य समुदायका नेताहरुलाई हिंसाको निन्दा गर्न र यसलाई रोक्ने कार्यमा लाग्न आग्रह गरे।

अधिकारीहरूले लोद र अर्धसैनिक सीमा प्रहरी सहित अन्य क्षेत्रहरूमा सयौं प्रहरी बल परिचालन गरेका छन् । तिनले सामान्यतया ओगटिएको पश्चिम बैंकमा काम गर्दछन् । तिनीहरूले लोदमा एक रात कर्फ्यू आदेशपनि दिएका थिए ।

अरबका अनुसार विगत दुई दिनको हिंसालाई यहूदीहरूले निर्देशित गरेका थिएनन् । तर बस्तीमा आबद्ध आन्दोलनसँग नजिकको सम्बन्ध भएका धार्मिक राष्ट्रवादीहरूले हिंसा बढाएका हुन् जो हालका वर्षहरूमा मिश्रित इलाकाहरूमा सरेका अरबवासीहरूलाई बाहिर निकालेका थिए ।

इजरायलको अरब अल्पसंख्यक जाति जनसंख्याको लगभग २० प्रतिशत छ । ति प्यालेस्टाईनका सन्तान वा पूर्खा हुन् । तिनीहरु सन् १९४८ को युद्दपछि इजरायल बन्नु अघिदेखिनै त्यहिँ बसोबास गर्दै आएका छन् । ति भागे वा लोद जस्ता शहरहरूमा उनीहरूको घरबाट लखेटिए । उनीहरूसँग नागरिकता छ, मतदान गर्ने अधिकार सहितको । तर तिनले व्यापक भेदभावको सामना गरिरहेका छन् ।

अरब नागरिकहरू हिब्रू भाषा बोल्छन् । इजरायलको स्वास्थ्य पेशा र विश्वविद्यालयहरूमा राम्रो प्रतिनिधित्व गर्दछन् । तर तिनीहरूलाई धेरै हदसम्म प्यालेस्टाइनको आँखाले हेरिन्छ । प्यालेस्टाईनलाई जसरि पहिचान गरिन्छ । जसले धेरै इजरायलीहरूले शंकाको आँखाले हेर्छन् । शहरको कूल जनसंख्याको एक तिहाइ जनसंख्या ओगटेका लोदका अरबहरू इजरायलको सबैभन्दा गरिब समुदायहरू हुन् ।

इजरायल डेमोक्रेसी इन्स्टिच्युटमा अरब-जुइस संवन्ध कार्यक्रमका निर्देशक डा नसरीन हदद हज-याह्याले भनिन् “हामी ती युवाहरुको बारेमा कुरा गरिरहेका छौं जसको कुनै क्षितिज छैन । तिनका सपनाहरु छैनन् । ति बेरोजगार छन् । र अत्यन्त गाह्रो वास्तविकतामा जीवन बिताइरहेका छन् ।” यो इन्स्टिच्युट बैद्दिकहरुको एक स्वतन्त्र वैचारिक संस्था हो ।

उनका अनुसार पछिल्ला दुई दिनको रिस, क्रोध जुन देखियो लोद शहरमा लामो समयदेखि यहूदी समुदायमा रहेको नभै धेरै वैचारिक तहबाट भर्खर आएका बिचार र मानिस हुन् ।

“तिनीहरू को हुन् भन्ने कारणले होइन । यो किनभने तिनीहरू लडको सामाजिक मूल्य र मान्यता खत्तम पार्न कोशिस गर्दैछन् । उनीहरुले आदिवासीहरुलाई भगाउन खोजिरहेका छन् “उनले भनिन् “युवाहरूले यो भूमिमा आफ्नो उपस्थिति र आफ्नो अस्तित्वको लागि खतराको रूपमा लिएका छन् ।”

यहूदी-अरब सह-अस्तित्वलाई बढावा दिने अब्राहम पहलका सह निर्देशक थाबेट अबू रासले लोदको नगरपालिका काउन्सिलका अरब सदस्यहरूलाई दरबारमा राखिएको र शहरको बजेटले यहूदीहरूलाई ठूलो हदसम्म समर्थन गर्ने बताए । उनले मेयर यायर रेभिवोलाई अरब विरुद्ध उक्साएको आरोप लगाए ।

नेतान्याहूको दक्षिणपन्थी लिकुड पार्टीका सदस्य रेभिवोले लोदमा प्रार्थनाको लागि मुस्लिम आग्रहको मात्राको बारेमा र यसका अरब बासिन्दाहरूलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा खडा गरेको टिप्पणी गरेको आरोप लगाएर विवाद उत्पन्न गरे ।

“उनी सबैका लागि मेयर बन्नुपर्दछ” लोद शहर नजिकै बस्ने र त्यहाँ एउटा कार्यालय रहेको अबु रासले भने “उनले सबै बासिन्दाको लागि समान सेवा दिँदै छैनन् ।”

मेयरका प्रवक्ताले उनी टिप्पणीका लागि उपलब्ध नभएको बताए । यसभन्दा पहिले रेभिवोले अरब बासिन्दाहरूलाई हिंसा अन्त्य गर्न आग्रह गरेका थिए : “भोलिपल्टपनि हामी यहीं मिलेर बस्नुपर्छ, हिंसा त्यागौं ।”

इजरायली अधिकारीहरूले आफूहरु सहिष्णु रहेको दाबी गर्छन् । उनीहरूको प्रतिबद्धताको प्रमाणका रूपमा अरबी अल्पसंख्यकलाई समेटेको दाबी गर्छन् । इजरायलीहरुले अरब नागरिकहरूले नागरिक अधिकार र स्वतन्त्रता पाएको उल्लेख गर्छन् जुन धेरै अरब राज्यहरूले आफ्नै जनतालाई इन्कार गरेको बारम्बार औंल्याउने गरेका छन् ।

लडका निवासी सामाजिक कार्यकर्ता, घसान मुनाययरका अनुसार सहअस्तित्वको पोशाकले अरबी क्षेत्रलाई शरणार्थी शिविरहरूसँग तुलना गरेर राखिएको छ । त्यो पोशाकले आवास र पूर्वाधार जस्ता गहिरा असमानताहरूलाई लुकाउँछ ।

“यहूदीहरू त्यहाँ मिलेर बसेको कुरा गर्न मन पराउँछन् । उनीहरू अरबी रेस्टुरेन्टमा खानको लागि बाहिर जान्छन् र यसलाई सह-अस्तित्व भन्छन्” उनले भने “तर तिनीहरूले अरबीलाई समान मानवको रूपमा हेर्दैनन् । जसको हातमा अधिकार छ उनीहरूले अरुलाई सम्मान गर्नुपर्छ ।”

(नेपालप्लसको साथमा एपी र फ्रान्स २४ न्युज)

तपाइँको प्रतिक्रिया