शुक्रबार, वैशाख ७, २०८१

स्पोर्टिंग क्लब पोर्चुगललाई च्याम्पियनशिप

नेपालप्लस डेस्क२०७८ वैशाख ३० गते १७:२७

विश्व प्रसिद्ध फूटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले फूटबल खेलको प्रशिक्षण लिएर खेल्न शुरु गरेको र उनले पोर्चुगलको च्याम्पियन जितेको स्पोर्टिंग क्लब पोर्चुगलले १९ वर्षपछि पोर्चुगलको च्याम्पियनशीप जितेको छ ।

बोआभिस्ता क्लबसँग भएको निर्णायक खेलमा विजयी भएपछि राजधानी लिस्बनमा रातभर उत्सव मनाइयो । प्रधानमन्त्री आन्तोनियो कोस्ताले कोरोनासँग जोगिन सावधानी अपनाउन आग्रह गर्दै वक्तव्य जारी गरेपनि क्लबका समर्थकहरुले टेरेनन् । भीडभाड, होहल्ला र आतिसबाजी गर्दै उनीहरुले बिहानैसम्म उत्सव मनाइरहे ।

पोर्चुगलमा स्पोर्टिँग क्लब राम्रा खेलाडी उत्पादन गर्ने फूटबल प्रशिक्षण क्लबको रुपमा सँसारैभरी चर्चित छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक