शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए अफ्रिकाद्वारा चितवनको रत्ननगर अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

नेपालप्लस संवाददाता / रत्ननगर , चितवन २०७८ वैशाख ३० गते १९:४३

गैरआवासिय नेपाली संघका अफ्रिका स्थित बिभिन्न समितिहरुको संयुक्त अभियानमा आज बिहिवार चितवनको रत्ननगर अस्पताललाई १० थान अक्सिजनको सिलिन्डर सहयोग गरिएको छ । ति सिलिण्डर रु २ लाख पचार हजारमा खरिद गरेर हस्तान्तरण गरिएको हो ।

रत्नगर नगरपालिकाका प्रमुख नारायण वनलाई ति अक्सिजन सिलिन्डरहरु एनआरएनए सेसेल्सकी अनिता थापाले हस्तान्तरण गरेकी हुन् । मेयर वनले यस बिषम अवस्थामा रत्ननगर नगरपालिकालाई सहयोग गरेकोमा आभार ब्यक्त गरेका थिए ।

रत्ननगर अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा समाजसेवी देबेन्द्र कुमार श्रेष्ठलगायत प्रबुद्ध ब्यक्तित्वहरुले समेत सहयोगको सह्राहना गरेका थिए ।

यो पुण्यकार्यको लागि अफ्रिकाका एनआरएनए राष्ट्रिय समितिहरुलाई धन्यवाद ब्यक्त गर्दै एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछनेले ले आफ्नो तर्फबाट चार थान अक्सिजन भरिएको सिलिण्डर थप सहयोग गरेका छन् ।

चितवनका लागि एनआरएनए अफ्रिकाको अक्सिजन आपूर्ति अभियानको संयोजन एनआरएनए सेसेल्सका अध्यक्ष रामप्रसाद पन्तले गरिरहेका छन् । एनआरएनए राष्ट्रिय समन्वय समिती सेसेल्स र एनआरएनए घानाले यसको लागि आर्थिक सहयोगको समन्वय गरिरहेका छन ।

एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापाले अक्सिजन नपाएर आफन्तहरुको ठूलो संख्या देशभर मृत्यु वरण गरिरहेको यो दुखद घडीमा थोरै भए पनि अफ्रिकाबासी नेपालीहरुका तर्फबाट सहयोग गर्न खोजीरहेको बताए ।

थापाका अनुसार आजभोलीमै कैलालीको टीकापुर, बाराको सिमरा, पाल्पा, गुल्मी, पूर्व नवलपरासी, स्याङ्जा, पर्सा र इलामलगायतका जिल्लाहरुमा अक्सिजन आपूर्तिको सहयोग गरिने भएको छ । एनआरएनए अफ्रिकाका तर्फबाट बुधवार पश्चिम नवलपरासीको परासी अस्पतालमा साठी थान सिलिन्डर अक्सिजन हस्तान्तरण गरिएको थियो ।

एनआरएनएका निबर्तमान केन्द्रिय कोषाध्यक्ष हिक्मत थापाले मुलत अक्सिजन नपाएर प्रत्येक दिन देशका विभिन्न अस्पतालमा २०० भन्दा बढी नागरिकको ज्यान जानू बिडम्बना भएकोले विश्वभरका एनआरएनले सहयोग गर्न आव्हान गरेका छन् ।

उनले अक्सिजन सिलिन्डर अस्पतालहरुमा ढिलो नगरी तत्कालै पुर्याउन अनुरोधसमेत गरेका छन । अफ्रिकाका एनसीसीहरुको यो प्रशंनिय कार्यमा थप सहयोग गर्न सबै एनआरएनहरुलाई थापाले आह्वान समेत गरेका छन् ।

पछिल्लो समयमा कोरोना भाईरसको महामारीले देश आक्रन्त भएका बेला एनआरएनए अफ्रिका तुलनात्मकरुपमा सहयोगकालागि बढि सक्रि देखिएको भनाई प्रवाशीहरुको छ ।

तपाइँको प्रतिक्रिया