बिहीबार, वैशाख १३, २०८१

‘राधे’ नहेरे पनि हुने वकवास फिल्म

नेपालप्लस संबाददाता२०७८ वैशाख ३१ गते १९:२१

भारतीय अभिनेता सलमान खानको निकै प्रतिक्षित भनिएको फिल्म राधे ओटीटी प्लेट्फर्म जी-५ को माध्यमबाट रिलिज गरिएको छ । २०२० को ईदमा रिलिज गर्ने तयारीमा रहेको यो फिल्म कोरोनाका कारण रोकिएको थियो । तर यो वर्ष कोरोनाको अवस्था झन भयावह भएपछी सिनेमा हलहरु खुल्ने सम्भावना झन पर धकेलियो । खानले वाध्य भएर यो इदमा ओटीटी प्लेट्फर्म मार्फत राधेलाई रिलिज गरे । फिल्मामा भनिएको कथा वलिवुडका सयौ फिल्महरुमा भनिएको कथा हो । जसमा कुनै नयाँँ पन छैन ।

फिल्मको कथा यस्तो छ- राधे (सलामान खान) कारवाहिमा परेको पुलिस इन्स्पेक्टर हो । इन्काउन्टर स्पेशलिस्टको रुपमा चिनिएको उ इन्काउन्टरकै कारण कारवाहीमा परेको हुन्छ । तर मुम्बई शहरमा एकाएक बढेको ड्रग्सको जंजालले प्रहरीलाई अप्ठ्यारोमा पारिरहेको हुन्छ । अपराध नियन्त्रणमा प्रहरी चुक्दै गइरहेको हुन्छ । ड्रग्सको लतमा पुगेका स्कुले केटाकेटीहरुले आत्महत्या गरेका खबर बाहिरिएपछी प्रहरीको चर्को आलोचना शुरु हुन्छ । आलोचनाले आत्तिएको प्रहरिलाई समस्या समाधान गर्ने चुनौती झन बढी थपिन्छ ।

तर कसले र कहाँँबाट मुम्बई शहरलाई ड्रग्स शहरको रुपमा पारीणत गर्दैछ भन्ने प्रहारी लाई कुनै अत्तोपत्तो हुँदैन । उता फिल्मको मुख्य खलनायक राणा (रनदिप हुडा) मजाले आफ्नो कारोवार चम्काइरहेको हुन्छ । राणाले आफ्ना विरोधीहरुलाई यसरी मार्छ मानौं शहरको उ मात्रै एक्लो राजा हो । यस्तोमा प्रहरीसँग राधेलाई फिर्ता बोलाउनुको विकल्प हुँदैन । मुम्बई शहरलाई सफाइ गर्ने जिम्मा राधे अथवा सलामान खानको काँधमा आउँछ । स्वभाविक रुपमा सलमान खानको जिम्मामा आएको काम सोचे अनुसार नै पुरा हुन्छ । ड्रग्स माफियाको एकै छिनमा पत्तासाफ हुन्छ । फिल्मको कथा यत्ती हो ।

फिल्ममा जैकीश्राफ सलमान खानको हाकीमको भूमिकामा छन । जुन भूमिकामा उनी कत्ती पनि जमेका छैनन् । ओरिजिन फिल्मको मास्टरको जस्तो भूमिकामा उनलाई उतार्न खोजिएको छ । तर दर्शकले फिल्म सकिंदासम्म जैकीश्राफको भूमिका गम्भिर थियो या कमेडी भन्ने पत्तो पाउँदैनन् ।

फिल्ममा दर्जन बढी नाम चलेका कलाकारहरु छन् । तर प्राय: कलाकारहरु फिल्मको कथासँग कतै पनि जोडिंदैनन । नायिका दिशा पटानी र सलमान खानले सँगै स्क्रिन सेयर गरेको यो दोश्रो फिल्म हो । यस अघि उनी भारत फिल्ममा खानसँग देखिएकी थिइन । यो फिल्ममा पनि निर्देशकले उनलाई शो पिस मात्र बनाएका छन । मुल कथासँग कतै नजोडीएको भएपनि उनको अभिनय ठिकठाक छ र आकर्षक पनि देखिन्छिन । समग्र रुपमा फिल्म सलमान खानकै वरिपरि घुम्छ । राणाको भूमिकामा रन्दिप हुडा दमदार देखिएका छन । उनको अभिनय तारिफ योग्य छ । तथापी फिल्मको कमजोर कथाले कुनै पनि कलाकारलाई स्थापित गर्न सक्दैन ।

यसका अलावा फिल्मको एक्शन दृष्‍य तारिफ योग्य छ । फिल्मका निर्देशक प्रभुदेवा हुन जसले सन २००९ मा सलमान सँग ‘वान्टेड’ बनाएका थिए । वान्टेडले सलमान खानको डुब्न लागेको करियरलाई पार लगाएको थियो भने प्रभुदेवालाई निर्देशकका रुपमा स्थापित गराएको थियो ।

राधेमा पनि वान्टेडको पपुलर संबाद ‘जब मै कमिट्मेन्ट करता हुँ तो अपने आप कि भि नही सुनता’ पटक पटक दोहोरिन्छ । तर वान्टेडले जस्तो यो फिल्मले दर्शकको मनमा कुनै कमाल गर्न सक्दैन । फिल्मको एउटा गीत ‘जा जा परदेशी तुझे दिल दे दिया’ कर्णप्रिय छ । समग्रमा राधे गम्भिर दर्शकहरुका लागि बनाइएको फिल्म होइन । यो पुरै कथा, सलमान खानको नायकी उनका फ्यान्सका लागि मात्र हो ।

तपाइँको प्रतिक्रिया