बिहीबार, वैशाख १३, २०८१

मेडिकल चार्टड फ्लाइटमा कुटनीतिक कर्मचारीको रजाई

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ १ गते २२:५६

ओमान विमानस्थलमा नेपाल वायुसेवा । फोटो-एनआरएनए

ओमानस्थित नेपाली समुदायले आफ्नो मातृभूमीका खातिर पठाइदिएको ६ सय वटा अक्सिजन सिलिन्डर लिन मस्कट पुगेर शनिबार राती काठमाडौं फर्किएको नेपाल बायुसेवाको उडानमा लुकिछिपी गैरकानूनी काम गरिएको छ ।

विशेष प्रावधान र सेवासर्तमा मस्कट गएको बिमानमा कुटनीतिक हैसियतका भनेर ६ जना यात्रु मस्कट लगिएको छ भने फर्कदा १ जना मात्रै यात्रुलाई चार्टर मूल्यमा काठमाडौं ल्याइएको छ ।

‘कोविड संक्रमणको संन्त्रासमाझ सबै राष्टिय–अन्र्तराष्टिय उडान बन् गरिएपनि स्वास्थ्य मेडिकल सामग्री ल्याउनका लागि ओमान पठाइएकोमा कसले र किन कुटनीतिक यात्रु भनेर ल्याउन अथवा लैजान चाहेको हो, शंकाश्पद देखिएको छ,’उड्यन प्राधिकारणका एक कर्मचारीले भने ।

ओमानस्थित राजदूत शर्मिला पराजुली ढकालको पहल र सक्रियता भनिएपनि ओमानस्थित श्रमजीवि नेपाली दाजुभाइको भरथेगमा आएको अक्सिजन सिलिन्डर यसरी घर पठाउनेबारेको सक्रियता प्रसंसनिय छ । यही संकटको घडीमा बिचल्लीमा रहेका नेपाली श्रमजीविलाई भने आवतजावतमा रोकिने तर मेडकल सामग्रीको चार्टड फ्लाइटमा कोही कुटनीतिक कर्मचारी भने आइजाइ गर्ने, किन र कसरी ?

कोरोना सक्रमणको हिसाबमा सबैभन्दा हटस्पट रहेको भारतमा भने नेपाल बायुसेवाले नियमित तालिकाको उडान भर्न सक्ने तर, कतार, ओमान पा मलेशिया जान किन नसक्ने ? स्वभाविक प्रश्न उब्जिएको छ ।

फेरि ओमान चार्टडको कुरा गर्ने हो भने मुश्किलले ७० हजार डलर मूल्य बराबारको अक्सिजन सिलिन्डर लिन गएर चार्टडमैं १ लाख २५ हजार डलर खर्च गर्ने ल्याकत कहाँबाट आयो ? यो अनावश्यक खर्चको भार कसले बेहोर्ने हो, यो प्रश्न पनि उब्जिएको छ ।

तपाइँको प्रतिक्रिया