मंगलबार, वैशाख ११, २०८१

रहेनन् वरिष्ठ चलचित्र निर्देशक, साहित्यकार चेतन कार्की

नेपालप्लस संवाददाता२०७८ जेठ २ गते १३:५२

वरिष्ठ चलचित्र निर्देशक तथा साहित्यकार चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमित कार्कीको आइतवार बिहान निधन भएपछि चलचित्र क्षेत्रका कलाकार, निर्देशक, व्यवसायी, शुभेच्छुक, साहित्यकारहरुले दुख व्यक्त गरेका छन् ।

चलचित्र परिवर्तनबाट आरम्भ भएको उनको चलचित्रको यात्राका क्रममा चलचित्रको कथा, गीत लेखन हुँदै निर्देशकको रुपमा परिचित थियो । विश्वास, पहिलो प्रेम,
मनको आँखा, भूमरी उनले निर्देशन गरेका चर्चित चलचित्र हुन् ।

स्याङ्जाको फेदीखोला बायाँटारीमा कार्कीको जन्म भएको थियो । भारतीय सेनामा कार्यरत पिता कप्तान जुद्धवीर कार्कीसँगै सानैमा उनी पनि भारत गएका थिए ।

भारतको देहरादूनको मिलिटरी स्कूलमा पढ्ने मौका पाएका कार्की हिन्दी, उर्दू, बंगाली र अंग्रेजी भाषामा पनि पारंगत थिए ।

कार्कीले तीजको रहर आयो वरिलै, बुझ्नै सकिनौं तिमीले, यी ओंठ तिम्रा, बैनीको दया छ भने जस्ता कालजयी गीतहरुको रचना गरेका थिए । उनको आत्मा बेचेको छैन, ढलेको गिलाँस, हनिमुन उपन्यास, बसिबियाँलो कथासँग्रह, कल्पना टुट चुकी है हिन्दी कविता, दिल जिगर के टुकडे हिन्दी तथा उर्दू कविता सँग्रह पनि प्रकाशित छन् ।

तपाइँको प्रतिक्रिया