बुधबार, असोज ६, २०७८

एउटै आमाबाट जन्मिएका फरक छोराछोरी जस्ता भिन्न स्वरुपका भाईरसबाट कसरि बच्ने र बचाउने ?

डा. सन्जिव सापकोटा / अमेरिका२०७८ जेठ ३ गते २०:१६

अहिले बिभिन्न कम्पनीका फरक फरक खोप आएका छन्, कोरोना भाईरसका । सार्वजनिक स्वास्थ्यको नियमले पहिलो र दोस्रो खुराक सकेसम्म फरक फरक कम्पनीको नमिसाईकन लगाउन सिफारिस गर्छ । अर्थात् पाएसम्म दुई खुराक (मात्रा) एकै कम्पनीको लगाउन अधिकतम सिफारिस गर्दछ । तर तपाईले दोस्रो डोज समान कम्पनीको नपाएमा आफ्नो डाक्टरसँग परामर्श लिनुपर्छ ।

खोपका धेरैजसो मिश्रण गरिएका पदार्थ वा वस्तु (कम्पोनेन्ट) हरू विभिन्न कम्पनीबाट प्यारासिटामोल जस्तो फरक उत्पादन गरिएपनि समान हुन्छन् । फरक कम्पनीले आफ्नो ब्राण्डको उत्पादन गर्दा केही थप कम्पोनेन्टहरू मिलाउँछन् वा फरक हुन्छन् । त्यसैले सकेसम्म पहिलो र दोस्रो खुराक समान कम्पनीकै प्रयोग गर्न सिफारिस गरिन्छ । हो त्यस्तै, खोपपनि दोस्रो खुराक उही कम्पनीबाट उपलब्ध छैन भने तपाईले डाक्टरसँग सल्लाह लिनु पर्छ । यो अहिलेको खोपले इन्डियन भेरियन्टकालागिपनि काम गर्छ ।

भाईरसको खोप लगाउने भनेको के हो भने भाईरसकै एक तत्व, थोरै मात्रालाई शरिरमा पठाउने हो । त्यसले रोग निरोधक क्षमता (एन्टि बडी) उत्पादन गर्छ । त्यहि भाईरसले पछि आउने भाईरसलाई रोक्छ वा निस्क्रिय पारिदिन्छ ।

कोरोना बिरुद्द खोप लगाउनुपनि अब कोरोना संक्रमण हुन्न भन्ने ग्यारेन्टि हुने भन्ने होइन । खोप लगाएपछि अब मैले जे गरेपनि हुन्छ, भाईरस सर्दैसर्दैन भन्नेपनि होइन । खोप लगाएपछिपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु, आदर गर्नुपर्छ । किनभने भाईरस कुन उमेर, स्वास्थ्यका हिसावले कुन अवस्थाका मानिसलाई लाग्यो । कुन रोग लागेकाले लगाएको हो खोप भन्ने महत्वपूर्ण हुन्छ । भाईरस लाग्यो भने कस्तो असर पर्छ भन्ने कुरामा ।

भाईरसबाट जोगिन नाक र मुखलाई जोगाउनुपर्छ । किनभने कोरोना भाइरस छाला, शरिरको अन्य अंगबाट छिर्दैन । नाक र मुखबाट छिर्ने हुनाले नाक र मुखलाई छोप्दा भाइरसका जिवाणु भित्र जानबाट रोकिदिन्छ । भाईरस सर्नु अघि २४ घण्टा भन्दा बढि बाँच्दैन ।

खोपका प्रकार वा फरक कम्पनीका फरक खोप अनुसार ६० प्रतिशत, ७० प्रतिशत, ९० प्रतिशत भनिन्छ । त्यो भनेको जति प्रतिशत सुरक्षित भनिएको छ १०० मा त्यति प्रतिशत सुरक्षित र बाँकीलाई लाग्न सक्छ भन्ने हो । अर्थात् खोपको परिक्षण गर्दा १००० जनामा गरियो भने ९० प्रतिशत सुरक्षित भनिएको खोपले हजारमा ९०० लाई सुरक्षित र बाँकि १०० जनालाइ काम नगर्नपनि सक्छ भनिएको हो ।

भाईरसबाट जोगिन नाक र मुखलाई जोगाउनुपर्छ । किनभने कोरोना भाइरस छाला, शरिरको अन्य अंगबाट छिर्दैन । नाक र मुखबाट छिर्ने हुनाले नाक र मुखलाई छोप्दा भाइरसका जिवाणु भित्र जानबाट रोकिदिन्छ । भाईरस सर्नु अघि २४ घण्टा भन्दा बढि बाँच्दैन ।

कतिपयले अचम्म मान्छन् । हात किन धुनुपर्ने ? नाक र मुखबाट सर्ने भए भन्छन् । त्यो किनभने हात चलाएको चलाई गर्छौं हामी । हातले धेरै कुरा समातिन्छ । हातमा भाईरसका किटाणु छन् भने नाक, मुखतिर छुँदा त्यसैबाट नछिरोस भनेर हात धोइराख्नुपर्छ भनिएको हो । साबुन पानीले २० सेकेण्ड माडेर हात धोएमा भाईरसका जिवाणु मर्छन् ।

यदि कसैसित भाईरस छ र उसले हाछ्युँ गर्‍यो भने दुई मिटर परसम्ममा त्यो भाईरसका जिवाणु प्रशारित भएका हुन्छन् । त्यो भन्दा टाढा भए सर्दैनन् । त्यसैले एक अर्का ब्यक्तिसित २ मिटरको दूरि कायम गर्नुपर्छ भनिएको हो ।

रिपोर्ट हेर्दा यो भाईरस २० देखि ५० वर्ष उमेरकालाई बढि लागेको छ । तर ५० वर्ष माथिकालाई भाईरस लागिसकेपछि बढि गम्भिर, कठिन बनाएको छ । त्यो किन भने पहिलो त २० देखि ४० वर्षे उमेरका मानिस धेरै बाहिर निस्किन्छन् । धेरै घुलमिल गर्छन् । त्यसैले भिडभाड, हुलमा धेरै मिसिने भएकाले धेरैलाई लाग्ने हो । ५० वर्षभन्दा बढि उमेरकालाई बढि गाह्रो किन हुन्छ भने तिनको रोग निरोधक क्षमता कम हुन्छ । अर्थात् उमेर बढ्दै जाँदा रोग निरोधक क्षमतापनि घट्दै जान्छ र तिनमा युवा अवस्थाकामा भन्दा अन्य रोगपनि लाग्न थालिसकेको हुन्छ । त्यसैले पचाउने क्षमता कम हुन्छ ।

अहिले उत्परिवर्तित (भेरियन्ट) भाईरसबारे चर्चा हुन्छ । त्यो किनभने भाईरसको जिनमा थोरै परिवर्तन हुँदा भेरियन्ट बनिदिन्छ । वा थोरै बदलिँदा रुप थोरै बदल्छ । त्यो किन बदलिन्छ ? भन्ने लाग्नसक्छ । मानिसमा पनि त एउटै आमाबाट जन्मेका दाजुभाई, दिदीबहिनि फरक हुन्छन् । फरक फरक रोग लाग्छ । यो भाइरसपनि त्यस्तै हो । कोरोनाका जति भेरियन्ट भनेपनि आमा त एउटै हो । भेरियन्टहरु त्यहि मूल भाइरसबाट जन्मिएका बच्चा जस्तै हुन् ।

भाईरस लागिहालेपनि त्यसबाट निको हुने धेरै छन् । भारतमा त्यति धेरैलाइ लाग्दापनि त्यसबाट म्रित्यु हुने त एक दशमलव एक प्रतिशत मात्रै हो । तर खोप लगाएपछि भाईरस सर्‍यो भनेपनि त्यो मानिसले भाईरससित सजिलोसित लड्न सक्छ । गम्भिरता कम हुन्छ ।

भाईरस लागेका लगभग २० प्रतिशतलाई निमोनिया हुन्छ । त्यसले फोक्सोमा निमोनिया गराउँछ । अर्थात् फोक्सोलाई संक्रमित बनाउँछ । त्यो २० प्रतिशत मध्येपनि १५ प्रतिशतलाई निको हुन्छ । पाँच प्रतिशतलाई निको हुन्न । हो त्यहि पाँच प्रतिशतलाई भेन्टिलेटर चाहिन्छ । त्यसमापनि कोहि निको हुन्छन् त कोहु हुँदैनन् । अक्सिजन चाहिनेपनि यहि पाँच प्रतिशतकालागि हो ।

यो भाईरसका जिवाणुहरु ९० देखि ९५ प्रतिशत मुख र नाकबाट भित्र प्रवेश गर्छ । यो लागेपछि ज्वरो आउने, खोकि लाग्ने, शरिर दुख्ने, शिथिल भएजस्तो हुने, कमजोर जस्तो बनाउने हुन्छ । नाक र मुखबाट भाईरस पस्ने हुनाले फोक्सोमा पुग्नु अगाडिनै वा श्वास नलीबाट भित्र जानु पहिलेनै त्यसलाई निस्क्रिय पार्ने वा मारिदिने प्रयास हुन्छ । भित्र पस्न पायो भने फोक्सोलाई असर गर्छ । अर्थात् निमोनिया बनाउँछ ।

५० वर्षभन्दा बढि उमेरकालाई बढि गाह्रो किन हुन्छ भने तिनको रोग निरोधक क्षमता कम हुन्छ । अर्थात् उमेर बढ्दै जाँदा रोग निरोधक क्षमतापनि घट्दै जान्छ र तिनमा युवा अवस्थाकामा भन्दा अन्य रोगपनि लाग्न थालिसकेको हुन्छ । त्यसैले पचाउने क्षमता कम हुन्छ ।

मानिसको शरिरपनि गाडी जस्तै हो । नयाँ गाडी किन्दा त्यसका सबै पाटपूर्जाले नयाँ हुन्छन् । केहि वर्ष कुनै समस्या नभै, मर्मत नगरि काम गर्छ । बिस्तारै पुरानो हुँदै जाँदा अनेक समस्या आउँछन् । मान्छेको शरिरपनि जन्मिँदा कुनै रोग नभएको, तगडा, नयाँ हुन्छ । रोगसित सजिलोले लड्छ । किनकि मुटु, म्रिगौला, फोक्सो, कलेजो सबै तगडा हुन्छन् । मानिस हरेक क्षण ब्रिद्द हुँदै जान्छ र अंगहरुपनि कम शक्तिशाली बन्दै जान्छन् । बुढाबुढी भएपछि ति अंगको काम गर्ने क्षमता कम हुँदै जान्छ । युवामा रोगसित लड्ने क्षमता बढि हुन्छ । यो कोरोनाको खोपपनि युवाहरुलाई लगाएको छ भने झन छिटो राम्रो गर्छ । नलगाएको हो भनेपनि बुढाबुढीलाई भन्दा सहज र छिटो निको हुन्छ । अपवादलाई छोडेर । बुढाबुढीलाई ढिलो निको हुन्छ ।

मधुमेहका रोगीलाई भने कोरोना भाइरसको रोगले बढि च्याप्छ । कुनैपनि ब्यक्तिलाई दिर्घरोग छ भने अलि गाह्रो बनाउन सक्छ । त्यसैले दिर्घ रोग हुनेले आफ्नो औषधी नियमित लिनुपर्छ ।

अर्को महत्वपूर्ण कुरा कोरोनाबाट बच्न आहारामापनि ध्यान दिनुपर्छ । कुनै थालमा खाना राखिएको छ भने त्यसको आधा भागमा सागसब्जी, तरकारी, फलफूल हुनुपर्छ । एक चौथाईमा प्रोटिनयुक्त हुनुपर्छ । बाँकि भाग कार्बोहाईडेड अर्थात् गहुँ, भात आदिले ओगट्नुपर्छ । साथमा अलिकति दुध भएपछि आहारा सन्तुलन हुन्छ । हाम्रै खानाबाट पौष्टिक तत्व प्रशस्त पाइन्छ ।

भोक नलागेपनि शरिर स्वस्थ राख्न खाना खानुपर्छ । पानी दिनको कम्तिमा डेढ लिटर पिनुपर्छ ।

त्यसैगरि, मानसिक सोच धेरै महत्वपूर्ण कुरा हो रोगसित लड्न । सकारात्मक सोच्ने गर्नुपर्छ । दिनमा कम्तिमा शारिरिक क्रियाकलाप वा ब्यायाम हुने काम गर्नुपर्छ, कम्तिमा ३० मिनेट । यसकोलागि जिम जानुपर्दैन, घरैको काम गर्दापनि हुन्छ । सन्तुलित आहारा लिने, बेलैमा सुत्ने वा राम्रोसित सुत्ने, आराम गर्ने, मानसिकता सन्तुलनमा राख्ने गरे रोग निरोधक क्षमता बढाउन सकिन्छ । कोहि मानिस मानसिक रुपमा बिरामी छ भने कसैको साथ चाहिन्छ । त्यसैले त्यस्तो ब्यक्तिसित सँगै बसेर, सकारात्मक कुरा गरेर, साथ दिएर सहयोग गर्नुपर्छ ।

सकेसम्म त कोरोना भाईरस लाग्नै नदिने प्रयास गर्नुपर्छ । त्यसकोलागि सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले निरन्तर हात धुने गरेर बच्न सकिन्छ । कसैलाई भाइरस संक्रमित भएको छ भने घर परिवारमै भए छुट्टै कोठामा राख्नुपर्छ, आइसोलेसनमा । खानापानी छुट्टै छुट्टै ब्यवस्था गर्ने । झ्याल खोलिदिने । मास्क, पन्जा लगाएर जाने विरामीको कोठामा । आफूले खाएको कुरा छुट्टै आफैंले धोइपखाली गर्ने । बिरामी बसेको कोठाको झ्याल खोलिदिए भाईरस खुम्चेर बस्दैन । भाइरस लागेको वस्तु भए त्यसलाई मार्ने वस्तु प्रयोग गर्ने । भाईरस नलागेको वस्तुलाई सफाईको वस्तुले धुने, सफा गर्ने ।

हामीले राम्रोसित बुझ्नुपर्ने के छ भने हाम्रो शरिरका अंगहरुले राम्रोसित काम गरेका हुन्छन् । जब भाईरस छिर्छ त्यसले खत्तम पार्न थाल्छ । पोजेटिभ हुनासाथ ढिलो नगरि नर्स, डाक्टरलाई सम्पर्क गरेर सुझाव मागिहाल्ने गर्नुपर्छ । कोरोना लागेका बिरामीहरुमध्ये धेरै ढिलो अस्पताल आए भन्ने गुनासो डाक्टरहरुको छ । त्यसैले बिलम्ब नगरि चिकित्सकको सम्पर्कमा पुगिहाल्नुपर्छ ।

कोरोना भाईरसको लक्षणका रुपमा हाछ्युँ आउनु नराम्रो होइन । त्यो भनेको शरिरले जिवाणुसित जुध्न खोजिरहेको छ, फ्याँक्न खोजिरहेको छ भन्ने संकेत हो । किनकि एक किसिमले हाम्रो शरिरनै डाक्टर जस्तो हो । उसले उपचार गर्न खोज्छ शुरुदेखिनै ।

मेरो अर्को सुझाव के छ भने ओक्सिमेट्री मेशिन घरमै राख्नुस् । त्यो त्यति महँगोपनि छैन । ओक्सिमेट्रीले शरीरमा अक्सिजन स्तर मापन गर्दछ। तर यसले तापक्रम मापन गर्दैन। तापमान नाप्नका लागि हामीलाई थर्मामिटर चाहिन्छ। प्रत्येक घरमा एक ऑक्सीमेन्ट्री र एक थर्मामिटर हुनुपर्दछ।  शंका लागेपछिदेखिनै वा लागेर घरमा बस्दापनि निरन्तर ताप जाँचिरहनुपर्छ । विरामी भएपछिपनि अस्पतालमा बेड पाइएन भनेर नफर्किनुस् । अस्पतालमै कुर्सीमा भएपनि बस्नुस् । किनकि त्यहाँ कम्तिमा डाक्टरको निगरानी हुन्छ ।

खोप लगाएर वा एक पटक खोप लागएपछि रोग निरोधक क्षमता वा इम्युनिटी शक्ति सधैंलाई हुन्छ । फेरि त्यो रोग लाग्दैन भन्ने आजिवन ग्यारेन्टि हुने होइन । त्यसको केहि वर्षसम्म हुन्छ त्यसपछि फेरि नहुनसक्छ ।

मानिस हरेक क्षण ब्रिद्द हुँदै जान्छ र अंगहरुपनि कम शक्तिशाली बन्दै जान्छन् । बुढाबुढी भएपछि ति अंगको काम गर्ने क्षमता कम हुँदै जान्छ । युवामा रोगसित लड्ने क्षमता बढि हुन्छ । यो कोरोनाको खोपपनि युवाहरुलाई लगाएको छ भने झन छिटो राम्रो गर्छ । नलगाएको हो भनेपनि बुढाबुढीलाई भन्दा सहज र छिटो निको हुन्छ । अपवादलाई छोडेर । बुढाबुढीलाई ढिलो निको हुन्छ ।

भाईरस फैलिने भनेको संक्रमित ब्यक्तिको हाछ्युँ, थुक, खकार यस्तैबाट हो । अर्को एयरबोर्न भन्ने हुन्छ जसको संभावना कम हुन्छ । हाछ्युँ गर्दा त्यसबाट निस्किएका जिवाणुहरु पर जाने क्रम घट्दै जान्छ । त्यसैले त्यो २ मिटरसम्म पुग्छ र त्यसभन्दा टाढा हुन्न भनेरै एक अर्को ब्यक्तिमा दुई मिटर दूरी कायम गर्न भनिएको हो । त्यस्तै, खुला ठाउँमा भाइरस सर्ने संभावना कम हुन्छ । बन्द कोठामा भए बढि हुन्छ । एयरबर्न इन्फेक्सन प्रमाणित भएको त छैन । तर कुनै कुरा अपवादका रुपमा हुनसक्छ । भय छर्नपनि त भएन ।

कुनैपनि खोपले पाँच देखि १० प्रतिशत मानिसलाई ‘रियाक्सन’ गर्न सक्छ । सुई लगाएको ठाउँ रातो हुने, सुन्निने हुनसक्छ । हरेक ब्यक्तिलाई एकै खाले ‘रियाक्सन’ हुन्छ भन्नेपनि होइन । फरक फरक हुन्छ । उसको शारिरिक बनावट, अवस्था अनुसार । तर सामान्य ज्वरो आउने, शरिर दुख्ने हुनसक्छ ।

कसैकसैले मास्क लगाउँदा श्वास रोक्छ । त्यसैले असर गर्छ भन्नेपनि सुनिन्छ । दम, फोक्सोको रोगी छ भने हुनसक्छ । तर घरमा बस्दा मास्क लगाउनु पर्दैन । यदि कोहिपनि संक्रमित छैनन् भने । ध्यान केमा दिनुपर्छ भने मास्क लगाउँदा उकुसमुकुस हुनेगरि लगाउनु भएन । मास्क बाहिर पसल, बजार, यातायात लिँदा वा अन्य मानिससित सम्पर्क हुने ठाउँमा जाँदा लगाउने हो । घरमा बिरामी छन् भने चाहिँ लगाउनुपर्‍यो ।

भाइरस मास्कको माध्यमबाट छिर्दैन । किनभने तिनीहरू भित्र छिर्ने प्वालहरू धेरै साना हुन्छन् जो बाहिरै अड्किन्छन् र खोक्राबाट बाहिर निस्कन्छन् । भीरसको बूँद (ड्रपलेट) को आकार मास्कको सानो सानो प्वाल भन्दा ठूलो हुनाले भित्र छिर्न नसक्ने हो । र खोप लगाएपनि घर बाहिर जाँदा सुरक्षाका हिसावले मास्क लगाउनुपर्छ ।

यो महामारी भन्ने कुरो बिज्ञान, चिकित्शककालागि नौलो होइन । हरेक १० देखि ४० वर्षको अन्तरालमा सानातिना वा ठूला महामारी आइरहन्छन् । बरु कुनै महामारी बढि प्रभावशाली, क्षती गर्ने हुन्छ त कुनै कम प्रभावशाली हुन्छन् ।

यो भाईरस कस्तो चिज हो भने त्यो जब शरिरमा पस्छ त्यसपछि त्यसले उपनिबेश फैलाएजसरि फैलाउँछ जिवाणुहरुको । अर्थात् भाइबहिनी, दिदीबहिनी सन्तान बनाएजस्तो फैलाउँछ । त्यो शरिरका अंग, कोषहरुमा फैलिन्छ । त्यसले शरिरमा उपनिबेश खडा गर्नु पहिलेनै मार्नसक्नुपर्छ ।

‘डब्ल्यु एचओकै आउँछ अनुदानमा कुरौं’ भन्ने भएको होला । तर सरकारले खोप उत्पादन कंपनीसितै संपर्क गरेर खोप लगाउने ब्यवस्था गर्नुपर्छ, महँगो परेपनि । कोभ्याक्सको अनुदानप्राप्त खोप कुर्नुहुन्न ।

नेपालमा किन खोप पर्याप्त भएन ? भन्ने जिज्ञासापनि छ धेरैको । संयुक्त राष्ट्र संघलेपनि गरिब देशहरुलाई भनेर २० प्रतिशत खोप छुट्याएको त छ । त्यो कोभ्याक्स योजना अन्तर्गत हो । कोभ्याक्स योजना अन्तर्गत खोप अनुदानमा लिएकाले नेपालको सरकारलेपनि अन्य बिपन्न मुलुकले झैं कम पायो । विश्व स्वास्थ्य संगठनले अनुदानमा दिने खोपकालागि पालोमा बस्नुपर्छ । बिपन्न मुलुक धेरै भएकाले भनेजति, चाहिएकै समयमा पाइन्न । पुर्‍याउनै सक्दैन डब्ल्यु एचओले ।

खासमा खोप उत्पादन कंपनीले निजि वा अन्य निकाय, संस्थासित नभएर सरकारसित संझौता गर्छ । ति निजि कम्पनीको खोप लिँदा महँगो पर्ने भएर हो । अनुदानमै लिउँ भनेर होला । खोप उत्पादन कंपनीसित खोप लिनकोलागि सरकारीस्तरकै प्रयास हुनुपर्छ । हामीलेपनि केहि ठाउँमा प्रयास गर्दा हामीलाई सरकारी तर्फबाटै आउनु भनियो ।

भुटानमा ६० प्रतिशतले खोप लगाए । भुटानले पाउने नेपालले नपाउने किन ? यो चाखलाग्दो छ । भुटानमा जनसंख्यापनि थोरै छ । अर्को कुरा भारतबाटपनि सहयोग पाए होला । नेपालले किन ल्याउन सकेन ? माथिल्लो तहबाट कमजोरी भएको छ । ‘डब्ल्यु एचओकै आउँछ अनुदानमा कुरौं’ भन्ने भएको होला । तर सरकारले खोप उत्पादन कंपनीसितै संपर्क गरेर खोप लगाउने ब्यवस्था गर्नुपर्छ, महँगो परेपनि । कोभ्याक्सको अनुदानप्राप्त खोप कुर्नुहुन्न ।

भाईरस लाग्दैमा सबैलाई अक्सिजन चाहिने होइन । कोरोनाका बिरामी मध्ये जम्मा १० देखि २० प्रतिशतलाई अक्सिजन चाहिन्छ । त्यो अवस्था आउनु अघिनै रोक्नतर्फ लाग्नुपर्छ । नेपालमा के छ भने कतै अक्सिजन प्लान्ट छैन । भएकोमा सिलिन्डर छैन । कतै अक्सिजन छैन तर सिलिण्डर छ । त्यो मात्रै नभएर ब्यवस्थापनको कमजोरी छ । ओसारपसारमा समस्या छ ।

मानव स्वभावनै कस्तो छ भने रोकथाम, नियन्त्रण र पूर्व तयारिमा ध्यान नदिने । समस्या आएपछि वा महामारी फैलिएपछि बल्ल तयारि शुरु गर्ने । महामारी आउँछ त भनिन्छ । तर आउँछ कि आउन्न, कुन बेला आउँछ भन्ने पक्का त हुन्न । आएपनि हेरौंला, गरौंला भन्ने हुन्छ । पूर्व सचेतता, तयारि हुन्न । खासै वास्ता हुन्न । त्यसैले महामारी आउँछ र धेरै समस्या पार्छ । गतिलो तयारि नभएकोलेपनि धेरै क्षती गर्छ ।

((डा. सापकोटा जनस्वास्थ्यविद र महामारी रोग विशेषज्ञ हुन् । विश्व स्वास्थ्य संगठनकालागि समेत काम गरिसकेका, महामारी रोग संवन्धि केहि पुस्तकका लेखकसमेत रहेका उनी अमेरिकाको एक प्रसिद्द स्वास्थ्य संस्थामा आबद्द छन् । आइतवार नेपालप्लस डट कमसँगको सहकार्यमा इन्जा युरोपद्वारा आयोजित ‘कोभिडबाट कसरि बच्ने र बचाउने?’ छलफल कार्यक्रममा डा. सन्जीव सापकोटाद्वारा ब्यक्त गरिएका बिचारहरुको केहि संपादित अंश)

तपाइँको प्रतिक्रिया

फेसबुक