शनिबार, वैशाख १५, २०८१

कोरोनाको दोस्रो खोप महत्वपूर्ण, नलगाए सुरक्षित हुने संभावना कम

डा. टोम फ्रिएडेन / अमेरिका२०७८ जेठ ३ गते २३:५९

तपाईले कोरोना भाईरस बिरुद्दको पहिलो खोप लगाउनुभयो ? दोस्रो ? त्यो लगाउनुभएको छैन भने लगाउनुस् । किनभने एक मात्राले मात्रै तपाईलाई उच्च स्तरमा सुरक्षित राख्न सक्दैन । अर्थात् दुबै मात्रा लगाए जस्तो सुरक्षित हुने संभावनालाई क्षिण बनाउँछ ।

कोविड भ्याक्सिनको लगभग १५ करोड खुराक (मात्रा) संयुक्त राज्य अमेरिकामा सञ्चालन भइसकेको छ । धेरै वयस्कहरू अब कम्तिमा आंशिक खोप लगाईन्छ भनेर मख्ख छन् । मानिसहरु खोप कहिले लगाउन पाइएला भनेर कुरिरहेका छन् । अधिक व्यक्ति प्रत्येक दिन खोप लिन खोजिरहेका छन् । तर केहि व्यक्तिहरू पहिलो लगाएपछि त कोरोना भाईरस रोकिहाल्छ दोस्रो लगाउनु किन ? पहिलो खोप लगाइहालियो दोस्रोको आवस्यकता छ र ? उत्तर सहज छ, आवस्यक छ, लगाउनु पर्छ ।

यदि तपाइँले फाईजर, मोडेर्ना, सानोफी, स्पुत्निक वा अन्य कुनै कम्पनीको एक मात्रा वा पहिलो खोप लगाइसक्नुभएको छ भने दोस्रोपनि लगाउनुस् । यो बिना तपाईंको खोप-प्रेरित संरक्षण जति उच्च हुन्छ, जति बलियो वा दिगो हुन्छ एक मात्रा लगाएर हुँदैन । पहिलो मात्रा खोप लगाउँदा शरिरले रोग निरोधक क्षमताको विकास गर्न थाल्छ । दोस्रो मात्राले पहिलो खोप पछि निर्माण सुरु भएको तपाईंको सुरक्षा प्रतिरोधात्मक प्रणालीलाई ठूलो सुरक्षा गर्दछ ।

अधिक संक्रामक र सम्भावित घातक हुने, नयाँ नयाँ भाईरसको मिक्षण हुने, नयाँ उत्परिवर्तित (भेरियन्ट) हरूको लागि पूर्ण खोप लगाउनु अझ आवश्यक छ ।

एउटा महत्त्वपूर्ण वास्तविक विश्व अध्ययनमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले देखाएको रेकर्ड अनुसार मोडेर्ना वा फाईजर खोपहरू पहिलो खुराक पछि ८० प्रतिशत र दोस्रो खुराक पछि ९० प्रतिशत प्रभावकारी देखिए । यद्यपि ८० प्रतिशत प्रभाव हुनुपनि सतहमा हेर्दा राम्रो देखिन्छ । केही अध्ययनहरूले एक खुराक मात्र लिँदा कम प्रभावकारि फेला पारेको छ । अन्य केहि अध्ययनले कोरोना भाइरस एन्टिबडी विकासको क्रमले तपाईंको दोस्रो डोज नलगाई उच्च नहुने सुझाव दिएका छन् । कोरोनाको खोप लगाएपछि वर्तमानमा यो स्पष्ट छ कि त्यसले कम्तिमा छ महिनासम्म सुरक्षा दिन्छ । तपाईले दोस्रो खोप लगाएपछि सम्भवत : अझ बढि प्रभावकारि हुन्छ । तर जम्मा एक खुराकबाट कत्तिको टिकाऊ वा स्थायी संरक्षण हुन्छ भन्ने चाहिँ हामीलाई अझै थाह भैसकेको छैन ।

यदि तपाईंलाई पहिले नै कोविड संक्रमण भएको छ भने खोपले तपाईंको एन्टिबडीहरू बढाउने प्रमाणित भएको देखाउँछ । कोभिड संक्रमणपछि पुन: प्राप्ति जुन एन्डिबडीको विकास हुन्छ वा एन्टिबडी प्राप्त गर्नुहुन्छ त्यो “प्राकृतिक प्रतिरक्षा” राम्रो हो । तर खोप चाहिँ अत्यन्त मानवीय प्रक्रिया हो । खोप प्राप्त गर्नाले तपाईको प्रतिरक्षा प्रणालीले पहिले नै निर्माण गरिसकेको सुरक्षालाई प्रबल बनाउँदछ र जोखिम कम गर्दछ । पुन संक्रमित हुने जोखिमलाई कम गर्छ र संक्रमित भैसकेपछि लड्नकालागि सहज बनाउँछ ।

हालका अध्ययनमा झुण्ड रोग प्रतिरोधात्मक क्षमता (हर्ड कम्युनिटी) मा धेरै केन्द्रित गरिएको छ । कुनै एक समूदाय, समूह वा उल्लेखित जनसंख्यालाई प्राक्रितिक तरिका वा खोपबाट धेरै ब्यक्ति बचाईन्छ तब समूहलाईनै जोगाउन सकिन्छ । सामूहिक प्रतिरक्षा बारे सोच्न महत्त्वपूर्ण छ । यो कस्तो हो भने कुनै बत्ती वा चिम बाल्दा मधुरो प्रकाशको चिम निरन्तर बालिराख्नु राम्रो हुन्छ अन अफ (बाल्ने निभाउने) गरेको भन्दा । कोरोना भाईरसबाट बचाउन समूदालयलाईनै प्रतिरोधात्मक्ष बनाउने भनेको पनि मधुरो प्रकाश बाल्ने तर निरन्तर बालिरहने भनेजस्तै हो । स्पष्ठ के हो भने जति धेरैले खोप लिन्छौं उति आम मानिस सुरक्षित भईन्छ ।

संयुक्त राज्य अमेरिकामा कोविडको बिरूद्ध महत्वपूर्ण प्रगति भैरहेको छ । सामान्य भन्दा पहिलेको जीवन पुनः शुरुवातकै नजिक छौं । सीडीसीको मोडलले देखाउँदछ कि यदि अमेरिकामा हालको खोप गति जारी राख्ने हो भने, अर्को दुई महिनाको लागि मास्क र दूरी जारी राख्यौं भने हामी फेरि सामान्य अवस्थामा जान सक्षम हुनेछौं ।

अब हाम्रो चुनौती भनेको खोपसहितको पहुँच नभएकाहरूसम्म पुग्नको लागि यो सम्भव भएसम्म सबैलाई खोप लगाउन र थकान विरुद्ध लड्न जारी राख्नु हो । किनभने हामी मध्ये धेरैले मास्क लगाउँदा, सामाजिक दूरी कायम गर्दा, घरमै खुम्चिनुपर्दा र अन्य सुरक्षा प्रोटोकलहरू अपनाउँदा थकान महसुस गरेको, वाक्क भैसकेको महसुस गरेका छौं ।

(कोरोना भाईरस मेडियम डटकमको आलेखलाई नेपालप्लसकालागि भावानुवाद गरिएको हो-सम्पादक)

तपाइँको प्रतिक्रिया

फेसबुक