बुधबार, वैशाख १२, २०८१

स्पेनद्वारा २,७००आप्रवाशी निकाला, स्पेनका प्रधानमन्त्रीको पेरिस भ्रमण रद्द

नेपालप्लस संवाददाता / स्पेन२०७८ जेठ ४ गते १६:५५

Credit-infomigrants.net

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले आप्रवाशीहरुलाई निकाला गर्नुपर्ने स्थिति देखिएपछि मंगलवार पेरिसको भ्रमण रद्द गरेका छन् ।

स्पेन सरकारले कम्तिमा दुई हजार सात सय आप्रवाशीहरुलाई मंगलवार निकाला गरेको छ । मंगलवारनै सान्चेजको पेरिस भ्रमण तय गरिएको थियो । तर अवैध तरिकाले अफ्रिका महादेशबाट आफ्नो देश छिरेका कम्तिमा २७०० आप्रवाशीहरुलाई आजै मंगलवार निकाला गर्नुपर्ने भएपछि सान्चेजले पेरिस भ्रमण अकस्मात रद्द गरेका छन् ।

अफ्रिकी महादेशको मोरक्कोबाट स्पेनको क्वेटास्थित ईन्क्लाभ भन्ने ठाउँमा ति आप्रवाशी प्रवेश गरेका थिए । करिब ६ हजार आप्रवाशी मध्ये २,७०० जनालाई स्पेनका अधिकारीहरुले निकाला गरेका हुन् ।

करिब ८० जना जति आप्रवाशीहरु भने ईन्क्लाब क्षेत्रको मेलिला भन्ने ठाउँ प्रवेश गरेका थिए । स्पेनको ग्रिह मन्त्रालयका अधिकारीहरुका अनुसार ति आप्रवाशी मध्ये केहिको फाईल पेन्डिङमा राखिएको छ ।

मोरोक्कोबाट आएका धेरैजसो आप्रवासीहरू सोमबार १७ मे देखि मंगलबार १८ मेको रातमा स्पेनी एन्क्लेभ सिउटा पुग्न हिँडेका थिए । हजारौं मानिसहरू बिहानदेखि बेलुकीसम्म हिँडेर स्पेनको सिमा पार गरेका हुन् ।

स्पेनी अधिकारीहरूले सोमबार सेउटाको मोरक्कोबाट कम्तिमा ६००० ब्यक्तिले अवैध तरिकाले सीमा पार गरेको रेकर्ड गरेका थिए जसमा एक हजार नावालिग थिए ।

तर स्पेनका अधिकारीहरुले तिनलाई पक्रेर तुरुन्तै मोरोक्को फर्काइदिए । त्यस दिन अघि प्रवेश गरेका हजारौं व्यक्तिमध्ये २,७०० आप्रवासीलाई आफ्नो देशबाट निकाला गरिदिएको स्पेनका ग्रिह मन्त्रीलाई उल्लेख गर्दै स्पेनको अल पाईस मेडियाले जनाएको छ ।

“हामी यी बर्खास्तिका कामहरू जारी राख्ने क्रममा छौं” स्पेनको सार्वजनिक टेलिभिजनमा मन्त्री फर्नान्डो ग्रन्दे-मार्लास्काले चेतावनी दिएका छन् । मन्त्रीले आप्रवाशीलाई निकाला गर्ने सिफारिशहरूको पक्षमा टेलिभिजनसित बोल्दै भने “उनीहरूलाई कानून, अन्तर्राष्ट्रिय सन्धि र मोरक्कोसँगको सम्झौता अनुरूप निकाला गरिएको हो”।

सेउटाको झन्डै ४०० किलोमिटर पूर्वमा रहेको मेलिलामा मोरक्कनको तटमा अवस्थित दोस्रो स्पेनिश एन्क्लेभमा ३०० भन्दा बढी आप्रवासीहरूपनि स्पेन प्रवेश गरेका थिए । तिनीहरु प्राय अफ्रिकाको “उप-सहार (अफ्रिकन सब-सहारा) बाट आएका थिए । तिनले नदी पार गर्न प्रयास गरेका थिए । सिमा रक्षकहरुले नभेटुन भनेर तिनले विहान ४।४५ बजेनै नदी पार गरेका थिए ।

मेलिला प्रान्तका अधिकारीहरुका अनुसार एक महिला सहित लगभग ८५ जना आप्रवासीहरू प्रवेश गर्न सफल भएका छन् । उक्त महिलाले रेड क्रसको सहयोग लिएको स्पेनिश प्रहरीले जनाएको छ ।

प्रवेश गर्न सफल भएका आप्रवासीहरूलाई ईन्क्लेभको अस्थायी स्टे सेन्टर (केटि) मा राखिएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मंगलबार स्पेनी एन्क्लेभमा ६००० आप्रवासीहरूको संख्या पछि सेउटामा “अर्डर बहाल” गर्ने वाचा गरे । यसलाई उनले स्पेन र युरोपका लागि पनि एउटा गम्भीर संकट भनेका छन् । “हामी शहर र हाम्रो सिमानामा सकेसम्म चाँडो केहि निर्देशन ल्याउन लागेका छौं”, उनले घोषणा गरे ।

पेद्रो सान्चेज जसले ‘परिस्थितिको गम्भीरताका कारण’ भन्दै पेरिसको यात्रा रद्द गरेका थिए । उनले यस अघि स्पेनको सिउटामा “सुरक्षाको ग्यारेन्टी” गर्ने कुरामा दृढ रहेको आश्वासन दिएका थिए ।

सेउटा र मेलिल्ला अफ्रिकासित युरोपको जमिनले सिमा जोडिएका दुई क्षेत्र मात्रै हुन् । बाँकि भूभागमा समुद्र पर्छ । त्यहि कारणले अफ्रिकी आप्रवासीहरूले नियमित रूपमा युरोप छिर्न जोखिमपूर्ण प्रयास गरेको दृश्यहरू देखिन्छ ।

स्पेनस्थित फ्रान्स २४ मेडियाका संवाददाता हेन्री डि लागुएरीले भने “सीमामा मोरक्कनका प्रहरी अफिसरहरूको अनुपस्थितिले गर्दा यति धेरै आप्रवाशीले सिमा पार गरेर स्पेन छिरे ।”

त्यसकारण आप्रवाशीहरूले स्पेनबाट सेउटामा विभाजित गरेको नदीको विशाल जाली (पर्कहल) चढेर नदीमा पुगे । तिनले नदीमा पौडी खेलेरै स्पेन उत्रिएका थिए । केहि आप्रवाशीले भने लुकिछिपी आप्रवाशीलाई नदी पार गराएर स्पेन लगिदिने डुंगा कुरेका थिए ।

तपाइँको प्रतिक्रिया