बिहीबार, चैत १५, २०८०

अधिकार माग्दै फ्रान्सका हजारौं प्रहरीद्वारा संसद भवन अगाडि प्रदर्शन

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ ६ गते ११:२१

सर्वसाधारणलाई सुरक्षा र अधिकारका लागि खटिने फ्रान्सका प्रहरीहरुले आफ्नैलागि अधिकार माग्दै हजारौंको संख्यामा राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

हजारौं आक्रोशित प्रहरीहरू बुधवार अपरान्हमा राष्ट्रिय सभाको अगाडि भेला भएर प्रहरी सुरक्षा र कडा कानुनको माग गरेका थिए । प्रहरीहरुले ‘कानुन नभए प्रहरीपनि हुन्न’ भन्ने प्लेकार्ड र ब्यानरसमेत देखाएका थिए ।

पेरिसको राष्ट्रिय सभाको अगाडि प्रहरीहरुको एउटा जुलुस सुरक्षाकर्मी बिरूद्धको हमलाप्रति कडा “आपराधिक प्रतिक्रिया” को माग गर्न प्रदर्शनमा थिए । यस परिचालनमा गृहमन्त्री जेराल्ड डर्मिनिन सहित सम्मिलित थिए । अन्य सबै पक्षका राजनीतिज्ञहरूलेसमेत भाग लिएका थिए ।

दुई साता अघि एभिन्यु शहरमा लागुपदार्थविरोधी अभियानको क्रममा प्रहरी अधिक्रित एरिक म्यासनको हत्या भएको थियो । त्यसैको बिरोधमा यो र्‍याली आयोजना गरिएको हो ।

यो घटनाले नाटकिय रुपमा प्रहरी शंयन्त्रलाईनै हल्लायो । किनभने ​​यो घटनाका दोषीलाई अप्रिल २३ मै हत्याको आरोइप लागेको थियो । ति आरोपितलाई उचित सजाय नदिएको आरोप र चर्चा फ्रान्समा चलिरहेको छ ।

यो एक राजनीतिक नारा र उद्देश्यबिनाको एक असाधारण परिचालन थियो । बुधवार प्रहरी युनियनहरूले एकजुट भएर एभिन्युमा भएको प्रहरी हत्याको दुई हप्तापछि बिरोध गरेका थिए । प्रहरीको समर्थनमा राष्ट्रिय सभाको अगाडि ठूलो जनसमुदायलाइ सहभागिताकालागि प्रहरीले आमन्त्रण गरेका थिए ।

आयोजकहरूका अनुसार ३५ हजार भन्दा बढी मानिसहरूले प्रहरी युनियनहरूको आह्वानलाई साथ दिए ।

विपक्षीहरूले भने यसको धेरै आलोचना गरेका छन् । बाक्लो भीड छिचोल्दै ग्रिहमन्त्री डर्मिनिन प्रदर्शनीमा सामेल भएका थिए । प्रदर्शन गर्दा सिट्टी बजाउने, प्लेट ठटाउने गरेका थिए । प्रदर्शनीमा सहभागिहरुले ग्रिहमन्त्रीसित सेल्फी लिएका थिए ।

“हामीले हामीलाई सहयोग गर्नुपर्दछ” ग्रिहमन्त्रीले प्रहरीहरुसित भने “हरेक साँझ, जब म सुत्न जान्छु, मँ तपाईहरुको बारेमा सोच्छु । मलाई थाहा छैन जब तपाईहरु काममा जानुहुन्छ साँझ कामबाट सुरक्षित फर्किनुहुन्छ कि हुन्न, कसरि फर्किनुहुन्छ ।”

“यो पहिलो पटक हो हामीले ग्रिहमन्त्री आफ्नै असक्षमताको बिरूद्ध प्रदर्शन गरेको देख्नुपर्‍यो । प्रहरी र सशस्त्र बल प्रहरीले उनीबाट कानुन लागू गर्न पाउने समर्थनको अपेक्षा गर्छन् नकि कानुनको उपेक्षा गरेर प्रदर्शनको” फ्रान्सेलीहरुको ट्विटरमा लेखिएको छ ।

घाइते पुलिस अफिसर वा तिनका आफन्तहरूबाट आएका धेरै गुनासा, घटनाहरुका बारेमा प्रदर्शनीमा सुनाइएको थियो । तिनलाई सामाजिक प्लेटफर्ममा राखिएको छ ।

युनियन अधिकारीका अनुसार धेरै आक्रोशित र असन्तुष्ट प्रहरी अधिकारीहरूले यस प्रतिबन्धमा हस्तक्षेपको क्रममा आफ्ना अधिक्रितको मृत्युलाई उनीहरू विरुद्ध हुने बारम्बार हिंसाको प्रतीक ठान्नेगरेका छन् । प्रहरीमाथि हुने आक्रमण, निर्वाध उम्कन पाउने छुट र ब्यवस्थाका बिरुद्द कडा पराधिक प्रतिक्रियाको खाँचो रहेको प्रहरीहरुको माग छ ।

प्रहरीले प्रदर्शनको केहि घण्टा पहिले बुधवार सरकारलाई आफ्ना मागहरु राखेको छ । सुरक्षा अधिकारीलाई एक प्रहरी अधिकारी वा एक शसस्त्र बल प्रहरीका विरुद्ध गरिएको अपराधको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको व्यक्तिको लागि ३० वर्षको सजाय हुने व्यवस्था गरिएको थियो । प्रहरीहरुले यसको बिरोध गरेका छन् ।

प्रहरीहरुले कहिलेकाहिँ अपराधीले न्युनतम सजायँपनि नभोगि छुट्ने गरेकाले पहिले न्युनतम अपराधको ब्यवस्था कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

“राष्ट्रिय सम्मेलनको अगाडि भएको जुलुस पनि निर्वाचित अधिकारीहरूलाई सम्झाउने एउटा तरिका हो । किनकि उनीहरूलेपनि आफ्नो जिम्मेवारी लिनुपर्छ र आवश्यक परेमा हामीले भर्खरको अनुभवबाट सिकेर फेरि यस्तो घटना नहोस् भनी सुनिश्चित गर्न कानून बनाउनुपर्दछ” प्रदर्शनी आयोजक गठबन्धनका महासचिव फेबियन वानमेलिलिक भन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक