शुक्रबार, वैशाख १४, २०८१

राजदूतको सस्तो प्रचारबाजी : ‘सहयोग स्पेन–सिंगापुरबाट पनि आयो, होहल्ला ओमान राजदूतको मात्रै’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ ६ गते १७:५५

भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्पेनले पठाएको विशेष विमान बिहीवार काठमाडौँ आइपुगेको छ । स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तरराष्ट्रिय विकास सहयोग नियोगका निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आएका छन् । उनले यि सामाग्री आँफैले नेपाल सरकारलाई हस्तान्तरण गरेर आजै फर्किने जनाइएको छ । स्पेनका लागि नेपाली राजदुत दावा फुट्टी शेर्पाको समन्वयमा १४ करोड रुपैंयाभन्दा बढीको सामान बिहिवार अपरान्ह काठमाडौं आइपुगेको हो ।

स्पेनबाट गएको सहयोगको जानकारि

तर यसको भने कतै चियो चर्चो छैन । न त यात्रो सामान सहयोगका लागि समानवय गर्ने राजादुत शेर्पाको नै चर्चा छ । एउटा नेपाली उखान छ— बोल्नेको कनिका बिक्छ, नबोल्नेको पीठो पनि बिक्दैन । यो महामारीको संकट र त्रासदीमाझ बाहिरी विश्वमा रहेको कुटनीतिक वृत्तको यही हालत देखिएको छ ।

सिंगापुरबाट गएको सहयोग सूची

कोभिड संक्रमणमाझ भ्याक्सिन तथा अन्य मेडिकल सामग्रीको सरकारले सहयोग मागिरहेका बेला पहिलो चरणमा एक साताअघि मात्रै खाडीको ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्यो । यी सिलिन्डरको अग्रभागमा ओमानस्थित ‘म्यानपावर राजदूत’ शर्मिला ढकाल पराजुलीको तस्वीर पनि आइपुग्यो । उनले भनेकी थिइन्—‘नेपालमा बढेको बिजोग स्थिति देख्न नसकेर रातारात अक्सिजन
सिलिन्डर खरिद गरेर पठाउने काम गर्यौं ।

सबै हिसाबकिताब बुझ्दा राजदूत शर्मिलाले अक्सिजन सिलिन्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नेपाल वायुसेवाको जहाज झिकाउने सम्मको समन्वय गरिदिएकी रहिछन् । एउटा राजदूतका निम्ति यो कुनै असाध्य कुरा थिएन । बरु यत्रो महामारीमा राजदूत वा दुतावासका कर्मचारीले कति दिनको तलब सहयोग खातामा हालेका थिए अथवा कतिवटा सिलिन्डर अक्सिजन किनिदिएका थिए भन्ने कुरा महत्वको हो । तर, राजदूत शर्मिलाले १ दिनको तलब पनि सहयोगस्वरुप दिन नसकेकी वा नचाहेकी रहिछन् । यो यथार्थ पहिल्याएर काठमाडौंमा अमृता
लम्साल लगायतका नारीवादी अभियन्ताले समेत राजदूत शर्मिलाको पर्चाबाजीलाई बिरोध गरेका थिए । पछि ओमानबाटै गैर आवासीय नेपाली प्रतिनिधिले दिएका जानकारीमा यसरी अक्सिजन सिलिन्डर पठाउने काममा कतारमा रहेका श्रमजीवि नेपालीले ३५ लाख, बहराइनबाट २१ लाख, ओमानबाट १५ लाख, युएइबाट १५ लाख, कुवेतबाट १३ लाख ५० हजार र साउदी अरेबियाबाट १२ लाख रुपैयाँ उठाएर नेपालमा सहयोग पठाएका रहेछन् ।

नेपाली मिडियाको कुरा पनि फेरि उस्तै छ । राजदूत शर्मिलालाई एक सफल उदाहरण बनाएर बुइ चढाउँदै ‘राजदूत होस् त यस्तो’ भनेर समाचार बनाउनेहरु पनि उत्तिकै भेटिए । सहयोगकै कुरा गर्ने भने दूतावासै नरहेको र स्थानीय गैर आवासीय नेपालीकै भरथेगमा सिंगापुरबाट पनि काठमाडौं मेडिकल सामग्री आइसकेको छ । बिहिवार मात्रै चीनको ल्हासाबाट पनि सामान आएको छ । बरु यो महामारीमा बेपत्ता झैं भनेको उत्तर र दक्षिणका छिमेकी राजदूतहरु तथा अमेरिका, बेलायत, जर्मनी, जेनेभा, बेल्जियम आदिका महामहिम के–कता कुन काममा लागीपरेका छन् भन्ने परराष्ट्र मन्त्रालय समेतलाई थाहा छैन ।

राजदूत शर्मिलाको परराष्ट्र ‘नेक्सस’

तत्कालिन फोरम लोकतान्त्रिक कोटामा राजदूत बनेर ओमान गएकी शर्मिला ढकाल
पराजुली राजदूत बनेको दिनसम्म त्यही खाडी मुलुकमा लुकिछिपी हाउसमेड पठाउने म्यानपावर व्यवसायी थिइन् । आर्थिक स्रोतसाधनसगै राजनीतिक जोडघटाउ मिलाउनमा सिपालु शर्मिलाले फोरमका आफ्ना आदर्श नेता बिजय कुमार गच्छदारको हालत पतला भएको देखेपछि रातारात दलबदल गर्दै सत्तारुढ नेकपा एमाले र त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै खेमामा प्रवेश गरिन ।

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको ओमान भ्रमण गराएर र खाडी क्षेत्रीय कुटनीतिक नेतृका रुपमा जुम–मिटिङ गराएर भएपनि आफ्नो सकिएको कार्यकाल थप गर्न सफल राजदूत शर्मिलाको योभन्दा चर्को नेक्सस परराष्ट्र मन्त्रालय र पुर्व सचिव एवं हालका मुख्य सचिव शंकर बैरागीसग देख्न सकिन्छ ।

खाडीमा सबैभन्दा कम नेपाली श्रमिक (मुश्किलले १५ हजार) रहेको ओमानमा राजदूतावास निर्माण गर्न भनेर लिजमा लिइएको जमिन र यसको हिसाबकिताबका कारण राजदूत शर्मिला हालका मुख्यसचिव बैरागीसग निकटस्थ बनेकी हुन् । जबकि खाडी मुलुकका कतार, साउदी अरेबिया आदि मुलुकमा ५ लाख भन्दा बढी नेपाली श्रमजीवि छन् । जग्गा किन्नै परेपनि र कुटनीतिक कामकारवाहीलाई सहज बनाउनै परे पनि ती मुलुक प्राथमिकतामा पर्नुपर्नें थियो । तर, परराष्ट्रमा सामान्य प्रशासन र प्रोक्युरमेन्ट मामला हेर्ने अधिकारीलाई समेत जानकारी नदिइ एक वर्षअघि खरिद गरेको जमिनको हिसाब र पारदर्शिता अहिलेसम्मै ‘गुपचुप’ छ ।

परराष्ट्रको लेखा शाखाका एक अधिकारीका अनुसार ५ करोड रुपैंयाभन्दा बढी हालिएको यो जमिनको उपादेयता र तत्कालको मूल्यांकनबारे परराष्ट्र स्वयम पनि ‘कन्भिन्स’ हुन सकेको छैन । महालेखाले पनि यस्तो अनुपयुक्त र बेकामको सम्पत्ति जोडिएकोबारे जिज्ञासा उठाउन सक्ने र यो अनाहकको खर्चमाथि नैतिक प्रश्न उठ्ने भएकाले पनि यो मामला सल्टाउन अहिलेका मुख्य सचिव बैरागी दौडधुपमा लागेका देखिन्छन् । यही जग्गाको मामला सुल्टाउन र अनावश्यक सरोकार उठ्न नदिन तत्कालका लागि राजदूत शर्मिला ढकालको म्याद थप गरिएको हुन सक्ने परराष्ट्र मन्त्रालयका खाडी मामला हेर्ने एक अधिकृतले बताए ।

ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षका लागि लिजमा लिइएको हो ।

तपाइँको प्रतिक्रिया