बिहीबार, वैशाख ६, २०८१

खाना पकाउने ग्याँसबाटै एयर फ्रान्सको विमान क्यानडाको उडानमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ ७ गते २१:२९

Photo source-wikimedia

एयर फ्रान्स-केएलएमले पेरिसबाट क्यानडाको मोन्ट्रियलसम्म खाना पकाउने ग्याँस भरेर विमान उडाएको छ । रोयटर्सका अनुसार खाना पकाउने ग्याँस (जैव ईन्धन) ले भरिएको एयरबस ए ३५० ले मंगलवार मोन्ट्रियलको उडान गरेको हो । एयरपोर्टले यो निर्णयमा बिवाद गरेपनि अन्तत कम उत्सर्जन ईन्धन अपनाउने प्रतिबद्धता देखाएको जनाइएको छ ।

एयर फ्रान्सको उडान नंबर ३४२ ले टिकाऊ उड्डयन ईन्धन (एस ए एफ) को इन्धन ट्यांकमा १६ प्रतिशत मिश्रण गरेर उडाएको हो । यो खाना पकाउन प्रयोग गरिने तेल फ्रान्समा उत्पादन गरिएको हो ।

उक्त उडानले हवाई यातायातलाई नयाँ दिशा तर्फ लैजान र फ्रान्समा एसएएफ ग्याँस आपूर्ति श्रृंखला विकास गर्न साझा महत्वाकांक्षाको संकेत गर्यो” कम्पनीहरूको एयरपोर्ट अपरेटर (एडीपी) सँगको संयुक्त विज्ञप्तिमा भनेको छ ।

बिज्ञप्तीका अनुसार बायोमासबाट उत्पादित जेट ईन्धन वा सिन्थेटिकली रूपमा नवीकरणीय शक्तिबाट कार्बन उत्सर्जनमा कटौती गर्ने क्षमता राख्छ । तर केरोसिनको मूल्यको तुलनामा यसको खर्च बढि रहेको छ ।

अर्को वर्षदेखि फ्रान्सबाट प्रस्थान गर्ने उडानहरूले एक प्रतिशत एस ए एफ ग्याँसको प्रयोग गर्नुपर्ने छ । युरोपियन युनियनको लक्ष्य सन् २०२५ सम्ममा २ प्रतिशत प्रयोग गर्नुपर्ने भन्ने छ । त्यस्तै सन् २०३० सम्ममा बढाएर पाँच प्रतिशत पुर्‍याउनुपर्ने छ । यो युरोपेली युनियनको हरित उर्जा निति अन्तर्गतको योजना हो ।

एयर फ्रान्सको यो कदमले रायन एयर, विज एयर र इजी जेट लगायतका कम मूल्यका विमान (लो कस्ट एयरलाईन्स) लाई आक्रोशित पारेको छ । मार्च महिनामा लो कस्ट एयरलाईन्सहरुले यस्तो नियमहरू युरोपमा उड्ने सबै उडानमा लागू हुनुपर्ने माग राखेका थिए ।

“उत्सर्जन कटौती गर्न एयरलाइन्सको प्रमुख जिम्मेवारी छ” एयर फ्रान्स-केएलएमका प्रमुख कार्यकारी बेन स्मिथले मंगलबार मोन्ट्रियलकालागि विमान उडेपछि भनेका छन् ।

तर युरोपियन एसएएफ कोटाको बारेमा लामो दुरीको उडानकालागि दिईने कोटाहरु कति हुन् भन्ने शंकाहरू रहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

“हामीले जुन स्तरको खेल खेल्नुपर्ने हो त्यो स्तरको खेल्ने तहमा हुनुपर्छ” स्मिथले रोयटर्सलाई भने “हामी त्यस्तो अवस्थामा हुन सक्दैनौं युरोप बाहिरका एयरलाइन्सले हामीलाई रोक्न सकुन् । र यो वास्तविक चिन्ताको विषय हो ।”

यातायात र वातावरण संवन्धि ब्रसेल्स स्थित अभियान समूहले बजेट एयरलाईन्सको खुला पत्रलाई अस्विकार गर्दै जैव ईन्धन नियमबाट टाढा रहन, बहिष्कार गर्न नसकिने जनाएको छ ।

उक्त समूहको उड्डयन निर्देशक एन्ड्र्यू मर्फीले बजेट एयरलाईन्सले दाबी गरेजस्तो कुनै छुट नहुने र त्यसमा कुनै तर्क नभएको उल्लेख गरेका छन् ।

पेरिस देखि मोन्ट्रियल उडानका लागि प्रयोग गरिएको हरित ईन्धन टोटल कंपनीले दक्षिणी फ्रान्समा रहेको ल हाब्र नजिकैको यसको ओडाल प्लान्टमा उत्पादन गरेको थियो । त्यसलाई दक्षिणी फ्रान्सस्थित टोटल कंपनीकै ला मेद प्रशोधन केन्द्रमा सन् २०१९ मै प्रशोधन गरेको टोटल कंपनीले आफ्नो बेभसाईटमा उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक