शनिबार, वैशाख ८, २०८१

नेपालजस्ता न्युन आय भएका देशलाई कोरोना खोप लागत मूल्यमै दिईने

नेपालप्लस संवाददाता२०७८ जेठ ८ गते १३:३४

Photo-EFP via goodwordnews.com

नेपाल, वंगलादेश, श्रीलंका, सोमालिया, दक्षिण अफ्रिका जस्ता न्युन, मध्यम आय भएका र गरिव देशहरुकालागि कोरोना भाईरस बिरुद्दको खोप लागत मूल्य वा भारि छुटमा दिईने भएको छ । अब नेपाललेपनि यो छुटसहितको खोप लिन सक्ने छ ।

फाइजर, मोडर्ना र जोसन एण्ड जोनसन कम्पनीले शुक्रबार जी २० देशहरुको स्वास्थ्य शिखर सम्मेलनमा तिन अरब ५० करोड खोपको मात्रा भारि छुट वा लागत मूल्यमै दिने प्रतिबद्दता ब्यक्त गरेका हुन् । उनीहरुले सन् २०२१ र सन् २०२२ सम्म भारि छुट वा लागत मूल्यमै दिने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

युएस फार्मा कम्पनी फाइजरले आगामी ११८ महिनामा दुई अर्ब डोज वितरण गर्ने छ । २०२१ मा एक अर्ब बितरण गर्ने फाईजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अल्बर्ट बउलाले जि २० मुलुकहरुको स्वास्थ्य शिखर सम्मेलनमा बताएका हुन् ।

स्वास्थ्य सम्मेलनमा मोडर्नाका प्रमुख कार्यकारी स्टेफन बान्सलले २०२१ को लागि ९ करोड ५० लाख” र संयुक्त राष्ट्र संघको कोभ्याक्स भ्याक्सिन बाँडफाँड कार्यक्रम मार्फत २०२२ मा ९० करोडसम्म उपलब्ध गराउने घोषणा गरे ।

जोनसन एण्ड जोनसनका उपाध्यक्ष तथा मुख्य वैज्ञानिक अधिक्रित पोल स्टोफल्सले आफ्नो कम्पनीद्वारा सन् २०२१ मा उपलब्ध गराउन २० करोड मात्रा कोभाक्स कार्यक्रमकालागि सम्झौता गरेको थियो । जोन्सन एण्ड जोन्सन कम्पनीले थप ३० करोड गरि कूल पचास करोड मात्रा आपूर्ति गर्नकालागि छलफल गरिरहेको पनि स्टोफल्सले स्वास्थ्य सम्मेलनमा बताएका छन् ।

विश्वमा ठूलो अर्थतन्त्र भएका नेताहरूले शुक्रबार एउटा विश्वव्यापी शिखर सम्मेलनको शुरुआत गरेका छन् जसमा औषधि उत्पादकहरूले कोभिड १९ महामारीको अन्त्य गर्न गरीब देशहरूका लागि खोपको मूल्य कटौती गरी आपूर्ति गर्ने आशा गरेका छन् ।

जी २० राष्ट्रहरूको समूहले भ्याक्सिन उत्पादनमा द्रुत बृद्धि गर्न स्वैच्छिक अनुमतिपत्र र प्रविधी स्थानान्तरणको लागि आह्वानसमेत गरेको छ । तर संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रहरूले खोपहरूको मूल्यवान प्याटेन्ट राईट लिने अधिकारलाई माफी दिन दबाब दिनेछ । अर्थात् पेटेन्ट राईटको दाबी नगरि अन्यत्रपनि सहजै उत्पादन गर्न दबाब दिने देखिएको छ ।

युरोपियन युनियनले पनि अफ्रिकामा खोप निर्माण केन्द्रहरू स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । किनभने अफ्रिकी महादेशका देशहरुले खोप अभावको सामना गरिरहेका छन् र ति देशहरुमा खोप बजार युरोपेली युनियनले राम्रो देखेको छ ।

जी २० अध्यक्ष इटाली र यूरोपीयन आयोगले आयोजना गरेको एक दिने भर्चुअल कार्यक्रमलाई स्वास्थ्य संकट हटाउनका लागि लक्षित गर्ने पहिलो प्रमुख शिखर सम्मेलनको रूपमा लिईएको छ । जि २० देशहरुले भविष्यमा हुने विपत्ति रोक्नेबारे पनि छलफल गरेका छन् ।

“हामीले अर्को महामारीको लागि तयारी गरिरहँदा हाम्रो प्राथमिकता हामीले सबै मिलेर अहिलेको अवस्थालाई कसरि समाधान गर्ने भन्ने हुनुपर्दछ। हामीले विश्वभरिनै खोप लगाउन सक्नुपर्छ र यसलाई छिटो गर्नुपर्दछ” इटालीका प्रधानमन्त्री मारियो ड्रगीले उद्घाटन भाषणमा भनेका छन् ।

कम र मध्यम आय भएका देशहरूमा खोपहरू आपूर्ति गर्न आफ्ना औद्योगिक साझेदारहरूसँग मिलेर काम गरिरहेकोपनि उनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक