शनिबार, वैशाख १५, २०८१

पर्दा पछाडीको खलनायक को ? भारतले जे चाह्यो, त्यहि किन हुन्छ नेपाली राजनीतीमा ?

नेपालप्लस संवाददाता / काठमाडौं २०७८ जेठ ८ गते १६:०३

photo-reuters

धारा ७६ को उपधारा ५ । नेपाली हरेकजसो नागरिकलाई थाहा भैसकेको यो धारा उपधाराले नेपाली राजनीतमिा कोरोना संक्रमणभन्दा भयानक ‘महामारी’ थपदिएको छ । र लोकतन्त्रको भविष्यमा कालो बादल देखिन शुरु गरेको छ ।

बितेका ३० घण्टामा नेपाली राजनीतीमा आएको माथापच्ची र उथलपुथल लामो समयदेखि आशंका गरिएको तथा नेपथ्यमा बसेर षडयन्त्रको तानाबाना बुनिंदै गरेको घटनाक्रमको पर्दाफास मात्रै हो । हरेक निर्णयका पछाडि पर्दाभित्रको खलनायक नै भूमिकामा हुने गर्दथ्यो ।

शुक्रवार दिउँसो बालुवाटारमा पत्रकार सम्मेलन गर्दै आफूसँग संसदको बहुमत नरहेको र फेरी प्रधानमन्त्री बन्ने इच्छासमेत नरहेको बयान दिएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार राती आफूसँग हस्ताक्षरै नभएकासहित १५३ सांसदको ‘इच्छापत्र’ लिएर राष्ट्रपती कार्यालयमा पुगेका थिए ।

रातको १ बजे संसद बिघटन र नयाँ चुनावको मिति कात्तिक २६ र मंसीर ३० घोषणा गरिसकेर मात्रै अल्पमत ओली सरकारलाई सम्पूर्ण कार्यकारी सुम्पिएपछी बल्ल राष्ट्रपती सुकलामा गएकी थिईन् । यो सबै घटनाक्रममा दुइवटा रबर स्टाम्पले सबैले देख्ने गरी काम गरेको देखिन्छ’ पूर्व प्रधानमन्त्रीका सल्लाहकार भैसकेका एकजना पूर्व राजदूत भन्छन् ‘यी सबै घटनाक्रममा केही मधेशी नेतालाई समातेर आफ्नो पहुँच स्थापित गर्न लागेको भारतीय दूतावास र राष्ट्रपती विद्यादेवी भण्डारी दुबै रबर स्टाम्प देखिए ।

विशेष गरी नेपालको संवधिानमा सुरुकै दिनदेखि असन्तुष्टी राख्ने भारत जेजसरी होस् यो संविधानलाई अनेक कोणबाट भत्काएर र अध्यादेशका बलमा राजनीतिक अस्थरिता मात्रै ल्याउन चाहिरहेको छ । यहि बेला राष्ट्रिय समाजवादी दलका महन्त ठाकुर र राजेन्द्र महतो भारत सरकारका कठपुतली प्रतनिधी बनेर देखिएका छन्’ ।

शुक्रबार रातको घटनापछी यो राजनीतकि घटनाक्रमको नालीबेली बुझाउन नेता महतो भारतीय दूतावासको लैनचौर विशिष्ठ कक्षमा ३ घण्टासम्म आरामीमा थिए । गत साता संसदमा अवश्विासको प्रस्तावमा मतदान भैरहेका बेला आफ्ना पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा राखेर नेता महन्त ठाकुर र राजेन्द्र महतो भने लैनचौर दूतावासमा हाजिरी जनाउन गएका थिए ।

‘समस्या बढ्दै गएमा राष्ट्रपति शासन लगाउनेसम्मको गैर राजनीतिक कदम चाल्ने निधो भैसकेको छ’ ति पूर्व राजदूत भन्छन् ‘अब हुने भनिएको चुनाव सिधै बहिष्कार गर्ने र पूर्व राजा ज्ञानेन्द्रकै हालतमा ओली-विध्यालाई पुर्याउने कसरतमा कांग्रेस, माओवादीसहितका बिपक्षी दल लागीपर्नु जरुरी छ’ ।

कहिले चुच्चे नक्सा, कहिले राम सीता मूर्ती, कहिले घरघरमा ग्याँस त कहिले पूर्व पस्चिम रेल्वेको सपना देखाएर सबैतिर हार खाएका ओलीले ‘सेटिङ’मैं माओवादी पक्षधरका ७ मन्त्रीलाई बिहिवार मात्रै अदालतबाटै बर्खास्त गराए । किनभने यति गरेपछि अब अल्पमतकै सरकारमा पनि आफ्नै गैरसांसद भक्तजनलाई मन्त्री बनाउन सकिनेछ । अब संसद छैन । प्रधानमन्त्रीले आफुले चाहेको गर्ने छन् । र, दुनियाँमैं पहिलोपटक एउटा अल्पमतको सरकारले चुनाव गराउन लागेको उदाहरण पनि यहि बन्नेछ ।

ओलीले भएभरका रिक्त संवैधानिक नियोग, रिक्त ११ राजदूत पदमा आफ्ना आसेपासे (परराष्ट्र बाहेक) भर्ती गराइछाडे । अब न संसद बस्छ, न संसदीय सुनुवाई । स्वत कार्यकारी भएका यी पदहरु बाहेक निर्वाचन आयोग, अदालत, अख्तियार सबैमा आफ्ना रबर स्टाम्पलाई ‘तैं चुप मैं चुप’ बनाएर राखेका छन् ।

‘सहि अर्थको सत्ता कब्जा भनेको यही हो’ जर्मनीका लागि एक पूर्व राजदूत भन्छन्— ‘पहिले माओवादीले बमबारुद पड्काएर क्षणिक सत्ता कब्जा गर्थे, अहिले ओलीले कानूनको घाँटी समाएरै सत्ता कब्जा गरिसके । अब ओलीलाई गलाउने उपाय भनेको यो महामारीका विचमा उनले घोषणा गरेको निर्वाचन पूर्ण रुपमा बहिष्कार गर्नु मात्रै हो ।’

उनको थप भनाई थियो ‘यदि ओली इतरका पार्टीहरुले चुनाव वहिस्कारको घोषणा गर्न सके भने सबैतिर दवाव सृजना हुने छ । यि पार्टीहरु एक भएर लाग्न सकेको खण्डमा ओली जहाँँबाट संचालित छन् त्यसलाई नै हराउन सकिन्छ ताकि भारतीय दुतावासको यो नाङ्गो नाच फेरी दोहरिन नपाओस ।’

तपाइँको प्रतिक्रिया