बुधबार, वैशाख १२, २०८१

पसिना सुँघेरै कोरोना पत्ता लगाउन कुकुरहरु सक्षम

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ ८ गते १८:०७

फ्रान्समा मानिसहरुको पसिना सुँघाएर (जसलाई ध्राण्य क्षमता भनिन्छ) कुकुरहरुलाई कोरोना भाईरस संक्रमण भए नभएको विधी पत्ता लगाइएको छ । पेरिसको सार्वजनिक वा सरकारी अस्पतालको संजाल एपिएचपीले कुकुरद्वारा कोरोना भाईरस स्क्रिनिङ गर्ने विधीको निकट पुगेको जनाएको छ ।

सरकारी अस्पतालहरुको सामूहिक सन्जाल एपिएचपी डट एफआरमा उल्लेख भएअनुसार कुकुरहरुको घ्राण्य क्षमताको उपयोग गरेर ओभिड-१९ को लागि स्क्रीनिंग तरिकाको मूल्यांकन गर्न धेरै आशाजनक परिणाम दिएको छ ।

केही हप्ता अघि राष्ट्रिय पशु चिकित्सा विध्यालय (स्कूल अफ अल्फर्ट) का प्राध्यापक डा डोमिनिक ग्रान्ज्यानको अग्रसरता र कृषि मन्त्रालयको निगरानीमा एपी-एचपीमा केहि हप्ता अघि अनुसन्धान शुरु भएको थियो । यो टोलीमा प्राध्यापक डा नेकर कोचीन, प्राध्यापक डा जेन मार्क थ्रेरु इयसमेतको संलग्नता थियो । ईल द फ्रँस क्षेत्रिय सहयोगमा एक अन्तर्राष्ट्रिय स्तरमा यसको मापन गरिएको थियो ।

उनीहरुले कोरोना भाइरसको परिक्षण गर्ने दुई विधि स्क्रीनिंग परीक्षण तुलना गर्न प्रयोग गरेका थिए । उनीहरुले आर टि-पिसि आर (नाजोफारिन्जेल स्याब) र क्यानिन अल्फ्याक्टोरी भनिने गरि दुई विधी प्रयोग गरेका थिए । दोस्रो विधीमा उनीहरुले परिक्षण गर्दा कुकुरको ध्राण शक्ति प्रयोग गरेका हुन् ।

गत मार्च १६ देखि अप्रिलको ९ सम्म पेरिसस्थित होटेल दिउ स्थित कोभिसन् एपी एचपी अस्पताल र १४ नंवर वडाको टाउन हलमा कोरोना भाइरस परिक्षण गर्न आएकाहरुको अध्ययन गरिएको थियो । परिक्षणमा कुल ३३५ जना समाबेश थिए । सहभागिहरुको उमेर ६ देखि ७५ वर्ष थियो । तर सरदर उमेर कुल ३५ वर्षका थिए । परिक्षण गरिएका मध्ये ५१ प्रतिशत महिलाको थियो ।

क्यानाइन गन्ध परीक्षणको लागि बाहिरी पसीनाका नमूनाहरु लिईएको थियो । अध्ययनमा समावेशहरुको पसिना लिँदा दुई मिनेट काखि मुनि वा शरिरको अन्य भागमा पसिना रेकर्ड गर्ने, सोस्ने उपकरणलाई दबाएर राखि संग्रह गरिएको थियो । त्यसपछि तिनीहरूलाई भाँडाहरूमा बन्द गरियो । बन्द गरेर राखिएको पसिनाको गन्ध कम्तिमा दुई फरक कुकुरहरूलाई सुँघाईयो ।

अध्ययनमा नौ वटा प्रशिक्षित कुकुरहरू थिए । फ्रान्सको ईभलिन, वाज र इन्भाका विशेषज्ञ सहित केहि संयुक्त अरब इमिरेट्सबाट आएका अग्निनियन्त्रक विशेषज्ञ कर्मचारीहरूले अध्ययनमा भाग लिएका थिए ।

परिक्षण गरिएका ३३५ जनामध्ये १०६ जनाको नासोफरेन्जियल आरटी-पीसीआरमा पोजेटिभ देखिए । क्यानाइन ध्राण परीक्षणको संवेदनशीलता ९७ प्रतिशत देखियो । सन्तानब्बे प्रतिशतमा पनि ९५ प्रतिशत चाहिँ सुनिस्चित देखिएको उल्लेख छ । यि दुई ९७ र ९५ लाई तुलना गरेर हेर्दा ९१ प्रतिशत विशिष्ठरुपमा देखिएको उल्लेख छ ।

“यी परिणामहरूले वैज्ञानिक रूपमा कुकुरहरूको ध्राणले कोभिड-१९ संकेतहरु पत्ता लगाउन क्षमता भएको पुष्टि गर्दछ” रिपोर्टको अन्त्यमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक