शुक्रबार, वैशाख १४, २०८१

मौसम खराबीले हिमाली म्याराथानमा गएका दर्जनौं धावकको मृत्यु

नेपालप्लस संवाददाता२०७८ जेठ ९ गते १५:४६

चीनको उत्तरपूर्वी भागमा म्याराथनमा गएका दर्जनौं धावकहरुको मौसम खराबीले मृत्यु भएको छ । चीनको सरकारी मेडिया रिपोर्टका अनुसार अल्ट्रा-म्याराथनमा गएका दुइ दर्जन भन्दा बढिको मौसम खराबी भएपछि शनिवार राती मृत्यु भएको हो ।

हाई माउन्टेन रेस अर्थात् उच्च हिमाली भागको म्याराथन गरिरहेका बेला कडा असिनापानी, हावा हुरीले हानेर तिनको मृत्यु भएको हो ।

म्याराथनमा ७०० भन्दा बढी कर्मचारीहरू सम्मिलित थिए । एक्दमै ठण्डी तापक्रममा रातभरको उद्धार कार्यपछि उद्धारकर्ताहरूले १७२ जना म्याराथन सहभागि मध्ये कम्तिमा १५१ जनालाई सुरक्षित उद्दार गरेका छन् । २१ जनाको मृत्यु भएको थियो । एक जना दौड छोडेर शुरुमै फर्किएका थिए ।

आधिकारिक सिन्हुआ समाचार एजेन्सीका अनुसार शारीरिक असुविधा र तापक्रममा अचानक गिरावट आएपछि धावकहरु विरामी परेका छन् ।

धावकहरू हिमाल पर्वतको एकदमै साँघुरो गोरेटोमा दौडँदै थिए जसको उचाई २,००० देखि ३००० मिटरमा थियो । यो दौड शनिवार गान्सु प्रान्तको बैयनस्थित पर्यटकिय क्षेत्र येलो रिभर स्टोन भन्ने ठाउँबाट शुरु भएको थियो । दौड करिब ९६ किमी (६० माईल) को थियो ।

यो एकदमै दक्ष धावकहरुले गर्ने दौड थियो । यस्तो दौड यहाँ चार पटक अयोजना गरिएको सिन्हुवा एजेन्सीले उल्लेख गरेको छ । धावकहरु मध्ये एक जनाले बिचैमा छोडेर सुरक्षित रहेको भन्दै मायाराथन गर्ने वेभ साईटमा उल्लेख छ ।

ति धावकले प्रतिस्पर्धामा भाग लिएका धावकहरुले जाडोयाममा लगाउने कपडा नलगाएर गर्मीमा लगाउने पातला टिसर्ट र हाफ पेन्टहरु लगाएको उल्लेख गरेका छन्। अकस्मात मौसम बदलिएर ज्यादा ठण्डी र पसिनाले समेत हानेपछि अवस्था डरलाग्दो बनेको हो ।

धावकहरुले अनलाईनमा उल्लेख गरेअनुसार पहिलो २४ देखि ३६ किमी अति कठिन थियो । किनकि यति भाग दौडिंदा एक हजार मिटरको उचाई उक्लिनु पर्थ्यो । र त्यो ठाउँ ढुंगा, पथ्थर, बालुवाले भरिएको थियो । त्यहाँ पुग्दा धावकहरुका हात, गोडा ठण्डीले ठिहिर्‍याईसकेका थिए ।

त्यहाँ विश्वका धेरै मुलुकबाट धावकहरुले सहभागिता जनाएका थिए ।

भिडियो फुटेजहरुमा चिनियाँ उद्दारकर्मीहरुले फ्लास लाईट बालेर, जाडोको पोशाकमा पहाडका खोंचखोँचै उद्दारमा खटिएको देखिन्छ ।

बैयिन शहरका मेयर झाङ झुछेनले यो कार्यक्रम आयोजकका तर्फबाट आजै आइतवार माफि मागेको सिन्हुवा एजेन्सीले उल्लेख गरेको छ । “हामी पीडित र घाइतेको परिवारप्रति गहिरो संवेदना र सद्भाव व्यक्त गर्दछौं” मेयरले भने ।

तपाइँको प्रतिक्रिया