मंगलबार, वैशाख ४, २०८१

युरोपेली मुलुक घुम्नकालागि ‘कोरोना पास’ बनाईने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ ९ गते १८:१२

Photo source-sbs.com.au, screen shot

युरोपेली युनियनभरि निर्वाधरुपमा गर्मी यामको छुट्टी मनाउन दिने उद्देश्यले युरोपेली युनियन (ईयु) राष्ट्रहरु कोभिड-१९ पास बनाउन राजि भएका छन् । र यस्तो पास ईयुका २७ देशमध्ये फ्रान्सले सबैभन्दा पहिले जारि गर्ने सिपा संस्थाले जनाएको छ ।

कोभिड पास लिएपछि युरोपेली युनियनका नागरिकहरूले क्वारेन्टाइनको चिन्ता नगरिकन ईयुका २७ वटै सदस्य राष्ट्रहरुको निर्वाध भ्रमण गर्न सक्नेछन् ।

युरोपेली युनियनका विधायक र सदस्य देशहरूले ग्रीष्मकालीन छुट्टीको मौसम भन्दा पहिले कोभिड – १९ प्रमाणपत्र सुरू गर्न सम्झौता गरेका छन् । यो कोरोना भाइरस महामारीको प्रतिबन्ध पछि यात्रा र पर्यटनलाई प्रोत्साहित गर्ने एक प्रभावकारि कदम हो ।

ईयुका देशहरुबिच यस विषयमा बिभिन्न भिन्नताहरुपनि थिए । तर आगामी छलफलको बैठकमा आफ्ना मतभेद मेलमिलापद्वारा हल गर्ने र ईयु देशबिच सिमा पारलाई खुला गर्ने भन्ने सम्झौता गरेका छन् । इयुको निर्णय अनुसार १ जुलाई सम्ममा त्यस्तो प्रमाणपत्र जारि गरिने छ । किनभने युरोपमा जुलाई १ देखि गर्मीयामको छुट्टी शुरु हुन्छ ।

युरोपेली संसदको रिपोर्ट तयारकर्ता जुआन फर्नान्डो लोपेज अगुइलरले युरोपको राहदानीरहित यात्रा क्षेत्रलाई उल्लेख गर्दै भनेका छन् “यो सम्झौता सेनजेन क्षेत्रलाई सहि मार्गमा पुर्‍याउने पहिलो चरण हो । यसले सबै फरक पार्छ र यसले ग्रीष्मकालीन २०२० को दुखको सपना दोहोर्याउँदैन ।”

युरोपेली आयोगका अनुसार प्रमाणपत्र डिजिटल ढाँचामा जारी गरिनेछ । स्मार्टफोन वा कागजमा समेत देखाउन मिल्नेगरि बितरण गरिनेछ । यसले उच्च स्तरको तथ्यांक सुरक्षा गर्ने सुनिस्चित गर्ने छ ।

यो प्रमाणपत्र योजना मार्चमा प्रस्ताव गरिएको थियो । ईयुको कार्यकारी आयोगले यी कागजातहरू युरोपियन युनियनका बासिन्दाहरूलाई दिइने बताएको थियो । प्रमाणपत्र वाहकहरुहरूले खोप लगाईएको प्रमाणित गर्न, कोरोना भाईरसको परिक्षण गर्दा नेगेटिभ आएको देखाउन वा कोरोना भाईरस लागेर सन्चो भैसकेकाहरुकालागि प्रस्ताव गरिएको थियो ।

युरोपेली संसदले भने कोभिड-१९ को प्रमाणपत्रवाहकहरुलाई इयुका सबै सदस्य राष्ट्रमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न दिनुपर्नेमा जोडदिएको छ । उसले इयु सदस्य राष्ट्रमा घुमफिर गर्दा क्वारेन्टाईनमा राख्ने वा थप परिक्षणहरु गर्न बाध्य पारिने प्रवधानसमेत राख नहुनेमा जोड दिएको छ ।

युरोपेली सांसदहरुले कोरोना भाईरस परिक्षण सबै देशमा निशुल्क हुनुपर्ने माग समेत गरेका छन् ।

सम्झौता अन्तर्गत युरोपेली आयोगले प्रमाणपत्र तयार गर्न र भाइरस परीक्षणका सामाग्रिहरु खरीदका लागि १० करोड युरो ईयू कोषमा दिने निर्णय गरेको छ ।

यसले खास गरी दैनिक आवतजावत गर्नुपर्ने वा सीमाना पार गर्ने व्यक्तिलाई फाइदा पुर्‍याउनुपर्ने उल्लेख छ । त्यस्ता ब्यक्ति जो काम वा स्कूल जान, नजिकका आफन्तहरूलाई भेट्न, मेडिकल हेरचाह लिन वा प्रियजनहरूको हेरचाह गर्न ईयु देशभित्र सिमा वारपार गर्छन् ।

तपाइँको प्रतिक्रिया