बिहीबार, चैत १५, २०८०

एनआरएन अफ्रिकाले दियो रत्ननगर अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर

नेपालप्लस प्रतिनिधी / रत्ननगर२०७८ जेठ १० गते १६:५३

एनआरएनए अफ्रिकाले रत्ननगर टाँडीको अस्पताललाई थप १५ थान अक्सिजन सिलिण्डर दिएको छ । नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज सोमवार दोश्रो चरणमा चितवनको रत्ननगर टाँडी अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।
रत्ननगर नगरपालिकाकि उपमेयर बिमला दुवाडीको उपस्थितिमा रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई एनआरएनए सेसेल्सकी उपाध्यक्ष अनिता थापाले सिलिन्डर हस्तान्तरण गरेकि हुन् । समारोहमा अस्पतालका पूर्व अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठलगायत स्थानिय समाजसेवी र अस्पताल कर्मचारीहरुको उपस्थिति थियो ।
यस अघि गएको हप्ता हस्तान्तरण गरिएको १० थान सहित कुल २५ थान अक्सिजन सहितका सिलिन्डर एन आर एन अफ्रिकाले रत्ननगर अस्पताललाई सहयोग दिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक