शुक्रबार, चैत १६, २०८०

एनआरएनए अफ्रिकाको अक्सिजन सहयोग अभियान गुल्मी पुग्यो

नेपालप्लस प्रतिनिधी / बुटवल२०७८ जेठ ११ गते ११:२७

एनआरएनए अफ्रिकाको अक्सिजन सहयोग अभियान आज मंगलवार गुल्मी पुगेको छ । यो अभियान अन्तर्गत १० थान अक्सिजन सिलिन्डर गुल्मी पठाइएको छ । उक्त सहयोग गुल्मी सत्यवती गाउपालिका स्वास्थ्य प्रमुख सुर्य बहादुर रानालाई बुटवलमा हस्तान्तरण गरिएको हो । अक्सिजन सिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग र भर्से स्वास्थ्य चौकीमा आजै पुर्याइने रानाले जानकारी दिएका छन ।

एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिका तर्फबाट लुम्बिनी क्षेत्रको संयोजन गरिरहेका एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्रीका अनुसार यस सहयोगका लागि एनआरएनए बोत्स्वाना अध्यक्ष पदम भन्डारी र हङ्गकङ्गबाट कुलबहादुर बुढाथोकीले आर्थिक सहयोग गरेका छन ।

एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार पाल्पाको जिल्ला अस्पताल र रामपुर अस्पतालमा अक्सिजिन सिलिन्डर आजै बितरण गरिने छ । स्याङ्जाको लागि ब्यबस्थापन गरिरहेको र ति छिटै हस्तान्तरण गरिनेपनि थापाले बताए ।

थापाका अनुसार यस अघि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियानले चितवनको रत्ननगर अस्पताल, कैलालीको टीकापुर अस्पताल, परासी अस्पताल, पुर्व नवलपरासीको रजहर अस्पताल, बाराको सिमरा स्वास्थ्य केन्द्र र इलाम अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरिसकिएको छ । साथै अछामको मङ्गलसेन र बयालपाटा अस्पतालमा अक्सिजिन सिलिन्डर पुर्याइने छ ।

त्यसै गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा पनि सहयोग पठाउने तयारी भैरहेको रोशन थापाले जानकारि दिए । हालसम्म १२५ थान अक्सिजन सिलिन्डर खरिद सहित र ६५९ थान रिफिल्ड्ड अक्सिजन सहयोग यस अभियानले १० जिल्लामा हस्तान्तरण गरि सकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक