मंगलबार, वैशाख ११, २०८१

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

उमाईर हाक२०७८ जेठ ११ गते ११:५२

पूर्णरुपमा मेटिने छैन कोभिड । किनभने कोरोना भाईरसलाई मेटाउँदा भन्दा जिवित राख्दा बढि पैसा आउँछ । कोरोना जिवित रहँदा बढि कमिन्छ । मसँग केही राम्रो समाचार छ । र मसँग केही खराब समाचारहरू छन् । मलाई खास गरी मूर्ख प्रश्नको रूपमा प्रस्तुत गर्न दिनुहोस् जुन फेरी फेरी फर्किन्छन् । के तपाईंले अझै मास्क लगाउनुपर्छ ?

औसत व्यक्तिको लागि उत्तर यस्तो हुने छ । तिमी मसँग जिस्केको ? अवश्य पनि तपाईले अझै मास्क लगाउनु पर्छ । तपाईं बेवकूफ हुनुहुन्छ ? मास्क लगाउन कति गाह्रो छ तिमी अल्छी, स्वार्थीका लागि ? यत्ति गर्नपनि तपाईको लागि धेरै काम भयो ?

अब राम्रो र नराम्रो समाचार् । मलाई लाग्छ यो तपाइँको हेराईमा निर्भर गर्दछ । तपाईले एउटा मास्क लगाउनु आवश्यक हुन्छ । साधारण कारण के भने कोविड सम्भवत कहिल्यै हराउने छैन । कि मास्क लगाउने केही प्रकारको संस्कृति बन्न लागेको छ । पस्चिमी मुलुकका धनीलाई दिईएका अन्धा सुविधा । कट्टरपन्थवाद फासिज्ममा पतित हुँदै गइरहेको छ अहिले । काम त्यागिएका, त्याग्न बाध्य भएका कामदार वर्गहरूले एउटा भयावह संसारको भावना बनाउन लागिरहेका छन् । त्यसले षडयन्त्र र जादु जस्तो समाज परिवर्तनको सोचतर्फ मोड्दैछन् ।

यहाँ तीन धेरै साधारण तथ्यहरु छन् । एक, हामी अझै पनि एक विशाल, घातक विश्वव्यापी महामारीको बीचमा छौं। पश्चिमका धनी धेरै व्यक्तिमा खोप लगाईएको कारणले गर्दा अहिले ति कम अर्थहीन व्यक्तित्व हुन् । कोविड दुनियाँभर छिटो फैलिँदो छ। यसले धेरै देशमा छिटो र कडा तरिकाले आक्रमण गरेको छ ।

दोस्रो, किनकि कोविड अझै विश्वव्यापी रूपमा फैलिएको छ । नयाँ भेरियन्टहरू प्रजनन हुँदैछन् । र ति नयाँ रुपमा देखापर्दै जान्छन्। उदाहरणका लागि, “भारतीय भेरियन्ट” लिनुहोस् । यसमा स्पाइक प्रोटीनमा म्युटेसन छ जसले यसलाई दुबै घातक र अधिक संक्रामक बनाउँदछ । र यसैका बारेमा तपाईंले धेरै सुन्नुभएको छ । परिक्षण नगरिएका, ट्र्याकिङ नगरिएका कोरोना अन्य रुपबारे किन अझै उल्लेख गरिएको छैन ? तिनको अनुगमन किन गरिन्न ? किनभने गरीब देशहरुले त्यसको अनुसन्धानलाई पूर्णता दिन सक्दैनन् ।

र तेस्रो, कोविड अझै पनि संसारभरि फैलिरहेको छ । र अझ झन झन गम्भिररुपमा प्रहार गरिरहेको छ कोरोनाले । किनभने विश्वले पर्याप्त खोपहरू प्राप्त गर्न सक्दैनन् । विश्वले पर्याप्त खोपहरू लिन सक्दैनन् किनभने पश्चिमी दृष्टिकोण खोपको लागि संसारमा पूर्ण विपत्तिपूर्ण र पूर्ण विफल छ । खोपहरू सबै सार्वजनिक वस्तु थिए, सार्वजनिक प्रयोगशालामा सिर्जना गरिएका । र तिनमा कार्यरत सार्वजनिक रूपमा नियुक्त भएका रोजगारदाताहरू थिए। र आँखा झिम्काउँदा, ति प्रयोगशालाहरुको निजीकरण गरियो । निजीकरण गरिएको कुनै प्रभावशाली व्यक्तिको सोचेको प्रभावमा यो परेको थियो । खोपहरू अहिले ब्यापक उत्पादनको क्रममै छन्, किन?

किनभने तिनीहरू प्याटेन्टेड भएका छन् । अर्थात् प्याटेन्ट अधिकार लिईएको छ । र सबैभन्दा खराब कुरा, अमेरिका, क्यानडा र युरोप ठूला फार्माका लागि च्याँखे थाप्न गएका छन् । यसैले विश्वले यसको आवश्यक खोपहरू उत्पादन गर्न सक्दैन । किनकि खोप प्रभावी रूपमा उत्पादनकालागि अनुमति दिईएको छैन ।

यो अवस्था किन अपूर्ण जस्तो लाग्छ ? खोप् लगाउन जति ढिलाई गर्‍यो उति विश्वमा नयाँ नयाँ स्वरुप वा उत्परिवर्तित (मुटेन्ट) भाईरस देखा पर्छन् । तिनले खोपको प्रभावलाई बिस्तारै पचाउँदै जान्छन् र खोप प्रभावहिन देखिन्छ । त्यसले र थप तनाव उत्पन्न गरिदिने छ । त्यसको अर्थात् पस्चिमी विश्वमा खोप लगाएकाहरुमै पनि त्यो समस्या बल्झिने छ ।

यी कुनै पनि कुरालाई कुनै पनि हिसाबले अनुमान र आँकलन गरेका छैनन् । बेलायतमा अहिले प्रमुख तनाव भारतीय स्वरूपको हो । यो अघिल्लो बेलायती उत्परिवर्तित भन्दा धेरै संक्रामक छ । हो, खोपहरूले यसको बिरूद्ध काम गर्दछन् । तर सम्भवतः त्यति राम्रो पनि छैन । र नयाँ नयाँ स्वरुपले खोपलाई पचाउँदै जाने क्रम अगाडि बढ्दै जानेछ । अधिक प्रकार देखापर्ने छन् । धेरैजसो कडा देखिनेछन्, र खोपले बिस्तारै आफ्नो शक्ति गुमाउँदै जाने छ ।

सार्वजनिक स्वास्थ्यको भविष्यका लागि यसको अर्थ के हो ? कोविड सायद एक प्रकारको नयाँ फ्लू बन्न गइरहेको छ । गत जाडो याममा त्यहाँ पहिले नै प्रशस्त प्रमाणहरू छन् जुन कोविडले फ्लूलाई विस्थापन गर्यो । यसलाई श्वासप्रश्वासको विशाणुको रूपमा देखाई प्रभावकारी ढंगले अप्रचलित बनायो ।

विश्वमा खोप लगाउने क्रम घोंगी वा चिप्लेकिरा (स्नेल) को गतिमा छ ताकि ठूलो फार्माको मुनाफा बढाउन सकिन्छ । खोपहरूलाई कृत्रिम रूपमा दूर्लभ बनाएर राख्दा नाफा कमाउँन सकिन्छ । क्रितिम रुपमा दूर्लभ बनाएर राख्दाको बेफाईदा खोप अत्यधिक महँगो हुन्छ जसको नतिजा कोविड रहनुपर्ने वा आवस्यकभन्दा बढि लामो समयसम्म रहन्छ । यसले राम्रोसित सुरक्षित, सुसुप्त र स्थापित भएर बस्ने र मानव इतिहासभरि रहने संभावना भोग्छ । कतिपय भाईरसहरुले मानव ईतिहासमा त्यसो गर्दै आएका छन् । जब ति आइपुगे तब प्रजातिहरूको बाधा पार गरे । धमाधम देख परे र स्वरुप बदले । मानव जातिले अब नयाँ प्रकारको प्लेगको सामना गर्यो ।

त्यति सम्म त खोपहरू थिए । अहिलेको समस्या भविष्यका लागि हो । हामीले विश्वलाई खोप दिईरहेका छौं यति बिस्तारै कि खोप प्रतिरोधी शक्ति र उर्जाले पहिलेदेखि नै बिस्तारै आफ्नो स्वरुप विकास गर्दै, नयाँ स्वरुपमा उदाउँदै छन् । फेरि ति कति शक्तिशाली, बदलिएका, कडा छन् भन्ने हो । भारतीय स्वरुपको पुरानो भन्दा बढी खोप प्रतिरोधी छ । त्यो प्रवृत्ति जारी रहने छ । र यसको मतलब यो हो कि तपाईले अहिले जुनसुकै खोप लगाएपनि सायद पछि प्रभावकारी हुने छैन ।

कहिले सम्म रहन्छ कोरोना प्रबहव ? भन्न गाह्रो छ । तर केहि विन्दुमा, विश्वलाई खोप छिटो दिनुपर्नेमा त्यता ध्यान छैन । अधिकतम नाफा हेरिएको छ । खोप लगाईने व्यक्तिको संख्या धेरै हुनुको सट्टा नयाँ खोप अवस्यक पर्ने ब्यक्तिको संख्या बढि हुनसक्ने संभावनापनि छ । पछिल्ल्ला उत्परिवर्तित रुपहरुको बिरूद्धका खोप । त्यो बिन्दु कहिले आउनेछ ? धेरै महामारी रोग विशेषज्ञहरू कल्पना गर्छन् । तर तिनीहरू यसलाई ठूलो स्वरमा भन्न हिचकिचाउँदछन् कि यो प्रत्येक वर्ष, सायद प्रत्येक दुई वा तीन वर्षमा हुनेछ । कोविड खोपहरू फ्लुको खोप लिए जस्तै दैनिक जीवनको नियमित सुविधा हुने छ । किनभने कोविडको मृत्यु दर फ्लूको भन्दा उच्च छ । त्यसैले सबैलाई कोभिड खोप चाहिन्छ।

अहिले यस्तो दौड चलिरहेछ जहाँ तपाईं छिटो भन्दा छिटो दगुर्दै हुनुहुन्छ । तर दगुरेपनि तपाईं अझै स्थिर हुनुहुन्छ । यसको मतलब के हो ? हामी घोंगीको गतिमा विश्व खोपमा जाँदै छौं । यस वर्षको खोपहरूअर्को वर्ष । अर्को वर्षको त्यस पछिको वर्ष । हरेक वर्ष, ढिलो । किनभने यो दृष्टिकोण अनुसार खोप लगाउनु घातक छ । त्रुटिपूर्ण छ । किनकि यो नाफा हेर्ने खोप अभियान हो । भाइरसलाई हराउन एकदमै ढिलो छ खोप अभियान । नयाँ संस्करणहरू उदय हुँदै जान्छन् ।

हामी एउटा चक्र सिर्जना गर्दैछौं । अर्को शब्दमा भन्ने हो भने रोगको एक चक्र । महामारीनै महामारी बनाउने चक्र । हामी यसमा फस्न सक्छौं ।

एक सेकेन्डको लागि ठूला फार्माको दृष्टिकोणको बारेमा सोच्नुहोस् । यदि तपाईं ठूला फार्माको कार्यकारिभित्र हुनुहुन्छ भने तपाईं के आशा गर्दै हुनुहुन्छ ? एक नयाँ कोविड तनाव । हरेक वर्ष खोप प्रतिरोधी काम । यस तरीकाले तपाईले सम्पूर्ण विश्वलाई नयाँ खोपका लागि सदाको लागि नगद बनाउन पाउनुहुनेछ । यो मानव ईतिहासको सबभन्दा ठूलो दुध दिने गाई भने जस्तो नगद दिने गाई मध्ये एक हुने छ । निश्चितरुपमा धेरै मानिसहरू बाटोमा मर्न गएका छन् । तर त्यसले के फरक पार्छ ? यहाँ खरबौं डलर आम्दानि हुन्छ ।

यो यस्तो खेल हो जुन वास्तवमै खेलाइरहेको छ कसैले । म यो भन्न सक्दिन यो षडयन्त्र सिद्धान्तको परिभाषा भनेर । तर यो खेल सैद्धान्तिक हो । फार्मा कार्यकारीको रूपमा तपाईका प्रोत्साहनहरू के हुन् ? फर्माका अधिकारीहरुले नाफाकालागि खोपको दर कम गर्नुपर्दछ । अहिले मात्र होइन कि सधैंको लागि ।

किनभने तपाईंले नयाँ नयाँ भेरियन्टहरू सुनिश्चित गर्नुहुन्छ जसलाई नयाँ खोपहरू चाहिन्छ । सधैं जित्नकालागि । तपाईं यसलाई बनाइरहनुहुन्छ, किनकि अब तपाईं प्रत्येक वर्ष विश्वमा नयाँ खोप बेच्दै हुनुहुन्छ । र विश्वले तपाईंले माग गरेको जुनसुकै मूल्य तिर्नुपर्छ । यदि कोहि बाँच्न चाहन्छ भने । यदि त्यो खोप अत्यन्त कृत्रिम अभावमा राखिएको छ भने त्यसले काम नदिन सक्छ किनकि अर्को वर्ष नयाँ भेरियन्टहरू पैदा हुने कुरामा निश्चित छ।

फेरि, यो षड्यन्त्र सिद्धान्त होईन । यो खेल सिद्धान्तको सबैभन्दा सरल अनुप्रयोग (एप्लिकेसन) हो । यो आकृति के हो । यस खेलाडीको हो, वास्तविक प्रोत्साहनहरू के हुन् यो संसारमा ? ठूला फार्माको कुनै भूमिका, योगदान छैन कहिले कोविडको अन्त्य गर्ने भनेर । यो आधुनिक ईतिहासमा सब भन्दा ठूलो नगद गाई हो । आठ अर्व मान्छेहरूको विश्व कल्पना गर्नुहोस् जसलाई हरेक वर्ष नयाँ खोपको आवश्यक छ । र यदि तपाई सोच्नुहुन्छ कि मानिसहरुलाई ईन्सुलिनको अभावले मर्नु दिनुनै नै ठूला फार्माको कमजोरी हो, तिनको भूमिका भन्दा पर छ । त्यसोभए फेरि सोच्नुहोस् किनकि यो हरेक दिन हुन्छ, एक हजार गुणा बढी हुन्छ ।

यहाँ काममा नैतिकता छैन । ब्यापक नाफाको लागि केवल अनन्त खोज छ । संसारको सार्वजनिक स्वास्थ्यको प्रबन्ध गर्नको लागी यो राम्रो तरीका हैन । वास्तवमा यो सम्भवतः मूर्ख तरिका हो । सबै भन्दा खराब, मूर्ख, व्यर्थ, र हानिकारक तरिका ।

ती सबैले मलाई फेरि प्रश्न सोझ्याउँछन् । तपाईंले कहिले मास्क लगाउन छोड्नु पर्छ ? सही उत्तर एकदमै सरल छ । तर तपाईंलाई यो मनपर्दैन खास गरी यदि तपाईं अमेरिकन हुनुहुन्छ भने । किनकि यसलाई स्पष्टसँग भन्नुपर्दा धेरैजसो अमेरिकीहरू स्वार्थी र मुर्ख हुन् । तिनको ब्रेन वाश भएको छ । र यसले मास्कको विषयमा राम्रोसित देखाउँदछ ।

जुन दिन तपाईं मास्क लगाउन रोक्न सक्नुहुन्छ कोविड पराजित भयो विश्वभरि भनेर । महामारीको रूपमा । तपाईले सोच्न सक्नुहुन्छ कि यो लिन कत्ति गाह्रो कुरा हो । तर अर्को हिउँदमा मलाई सम्झाउनुस् जब अर्को भेरियन्ट देखापर्छ ? र सबै कुरा फेरि बन्द हुने छ । किनकि विश्वलाई रोक्नको लागि यस समयमा खोप लगाइएको थिएन ।

त्यसोभए म फेरि भनौं, जुन दिन तपाईं मास्क लगाउन रोक्न सक्नुहुन्छ, जब कोविड विश्वव्यापी महामारीको रूपमा पराजित भयो भनेर, र यो अब अवस्थित छैन भनेर, जब त्यो दिन आउँदछ निश्चितरुपमा आराम गर्नुहोस्, ढुक्कले बस्नुस् ।

मास्क लगाउनु भनेको सजिलो होइन । यो एक कठिन, पिडायी, उकुसमुकुस हुने काम हो । यो लगाउन सजिलो र पीडा रहित भएपनि तुच्छ छ । यसले तपाईलाई केहि लागतको खाँचो पर्छ र यो आवश्यक सावधानी अपनाउनुपर्ने चिज हो। अझ मुख्य कुरा तपाईलाई यसको एउटा बानीको रूपमा पनि बस्न सक्छ । किनकि हामीले कोविडको भविष्यलाई पैसा-कुँदने पूँजीपतिहरूको हातमा हालेका छौं । र तिनीहरूसँग यसलाई टाढा बनाउनुपर्ने कुनै कारण छैन । कहिल्यै छैन । अहिल्यै होईन । अर्को वर्ष होइन अझ अर्को वर्षपनि होइन । किनकि मास्क ब्यापार हो । यसमा आर्थिक रणनिति, योजना छ । धनी पश्चिमी देशमा यस्तो देखिन्छ । त्यो खेलको सबै भाग हो । तर तपाईको सुरक्षाको भ्रम र आरामको थोरै विषय भ्रमका रुपमा देखाइन्छ । यस्तो भ्रम जुन तपाईं कहिल्यै छोड्न चाहनुहुन्न । र प्रणालीलाई भन्नुहुने छ, यो गलत छ । वास्तवमा यो गलत मात्र होईन, यो मूर्ख हो । हामी संसारलाई खोप दिन असफल भएका छौं । यसले हामीलाई पछाडि फर्काउने छ । हामी सबैलाई । खोप लिइसकेका हामी सबैलाई पनि।

के यो विषाणु हो ? कुनै किरा हो ? जे भएपनि यो भाईरस हो । तथ्य यो छ कि खोप दरहरू धेरै कम छन् कोविडको लागि । वास्तवमै यसलाई पूर्णरुपमा पन्छाउनकालागि । त्यसैले हामीले हरेक वर्ष खोप लिन आवश्यक छ । त्यो बेला फेरि फेरि राज्य आउँदैन । र खरबौं खरब आर्थिक शिकार गरिन्छ । त्यसकोलागि मार्गहरु बनाइन्छ । के यो जिवाणु हो ? त्यो हो पैसा, शक्ति, हिंसा, लोभ, र निराशा ।

(मेडियम डेली डाईजेस्टमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्लो लेखपनि हेर्नुस्

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

तपाइँको प्रतिक्रिया