बिहीबार, वैशाख ६, २०८१

पाल्पाका दर्जन स्वास्थ्य केन्द्रमा एनआरएनए अफ्रिकाको अक्सिजन सहयोग

नेपालप्लस प्रतिनिधी / तानसेन , पाल्पा ।२०७८ जेठ १२ गते १५:३२

आज बुध्द जयन्तीका दिन पाल्पा जिल्ला अस्पताल र पाल्पा जिल्लाका स्थानीय तहका स्वास्थ्य केन्द्रहरुलाई एनआरएनए अफ्रिकाले ३५२ थान अक्सिजन भरिएको सिलिण्डर सहयोग गरेको छ । तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत एनआरएनए कङ्गोको संयोजनमा ति सिलिण्डर बितरण गरिएको हो । तिनको ब्यवस्थापन लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४ ले गरेको थियो ।

सिलिण्डरहरु पाल्पा अस्पताल, मिसन अस्पताल, एलएमसी, रामपुर नगरपालिका, निस्दी, पुर्व खोला, रम्भा, बेगनास काली, तीनाउ, माथागढी, रिब्दीकोट र रैनादेवी पालिकाका स्वास्थ्य चौकी र आइसोलेसेन सेन्टरमा बितरण गरिएको हो ।

संघ र लायन्स क्लबको तर्फबाट सिलिन्डर हस्तान्तरण एरिया चिफ लायन सन्दिप कसौधनले गरेका हुन् । आर्थिक संयोजन एनआएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरेका थिए ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानिय तहसम्म थोरै भए पनि तत्काल आवश्यक अक्सिजन पुर्‍याउन सकिएकोमा खुशी ब्यक्त गरेका छन् ।

सहयोग गर्ने लायन्स क्लब र सबै दाताहरुमा थापाले हार्दिक आभारसमेत ब्यक्त गरेका छन् । थापाका अनुसार संघले आजै वुधवार अछामका अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहित सहयोग पुर्याउने र जुम्ला अस्पतालका लागि भोली विहिवार सहयोग पठाउने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक