मंगलबार, वैशाख ११, २०८१

ज्यालारहित कामकाजी धन्दामा स्विस पुरुष भन्दा महिलाको सहभागिता ५० प्रतिशत बढि

नेपालप्लस संवाददाता / लोजान, स्विजरल्याण्ड२०७८ जेठ १३ गते १७:०१

Photo via www.dw.com

स्विजरल्याण्डमापनि पुरुषले भन्दा महिलाले आम्दानी नहुने कामकाजी धन्दा ५० प्रतिशत बढि गर्छन् । पुरुषहरुले हप्ताको २८ घण्टा ७ मिनेट ज्वाला नपाइने काम गर्छन् भने पुरुषले त्यस्तो काम जम्मा १९ घण्टा १० मिनेटमात्रै गर्छन् । तर पुरुषहरुले यस्तो काम गर्ने बानी सन् २०१० देखि अलि बढाएका छन् । त्यस बेलाको तथ्यांक अनुसार पुरुषहरुले हप्ताको जम्मा १६ घण्टा २० मिनेट कामकाजी धन्दा गर्थे । अहिले त्यो बढेर १९ घण्टा १० मिनेट पुगेको छ ।

स्विस तथ्यांक विभागले प्रकाशित गरेको सूची अनुसार १५ वर्षबाट माथि उमेरका महिला र पुरुषले साप्ताहिक रुपमा पारिश्रमिक पाइने र नपाइने गरि ४६ घण्टा काम गर्छन् ।

औसत पुरुषहरूले बढी सशुल्क काम गर्छन् र महिलाले कम । पुरुषहरुले हप्ताको २५ घण्टा ३० मिनेट र महिलाले १५ घण्टा आठ मिनेट सशुल्क अर्थात् काम गरेबापत पैसा लिन्छन् । तर सन् २०१० देखि घरमा खाना बनाउने क्रम पुरुषहरुको बढेको छ । पुरुषहरुले खाना बनाउन र अतिरिक्त काम एक घण्टा सात मिनेट र सरसफाईमा ३० मिनेट बढि समय दिन थालेका छन् ।

घरेलु कामहरूमध्ये खाना पकाउन अझै पनि सबैभन्दा बढी समय खर्च हुन्छ । महिलाहरुले त्यसमा हप्ताको सात घण्टा आठ मिनेट र पुरुषले साँढे चार घण्टा समय दिन्छन् । त्यसपछि महिलाले सरसफाईमा साँढे ६ घण्टा दिन्छन् भने पुरुषले जम्मा दुई घण्टा १० मिनेट ।

त्यस्तै, महिलाले घरको किनमेलमा दुई घण्टा १० मिनेट र पुरुष एक घण्टा नौ मिनेट दिन्छन् । तर लुगाफाटो धुने र आईरन लगाउने काम सबै महिलाको जस्तो देखिन्छ । किनभने महिलाहरुले दुई घण्टा समय दिन्छन् भने पुरुषले करिब १० मिनेट मात्रै ।

महिलाले हप्तामा २.६ घण्टा जनावरको हेरचाह, बोटबिरुवा र बगैचामा खर्च गर्छन् । पुरुषहरूको १.९ घण्टाको तुलनामा । तर जब म्यानुअल कार्यको कुरा आउँछ पुरुषहरू अगाडि छन् । उनीहरुले १.६ घण्टा र महिलाले १ घण्टा गर्छन् । प्रशासनिक काम भने महिला र पुरुषको झण्डै बराबरी (पुरुष १.४ र महिला १.३ घण्टा) छ ।

अवकाशमा भने महिलाका लागि स्थिति सुधार भएको देखिन्न । ६५ देखि ७४ वर्ष उमेर समूहमा कुल कामको भार २०२० मा महिलाहरूको लागि हप्ताको ३१.५ घण्टा थियो र पुरुषहरूको लागि २७.१ पुगेको छ । घरेलु र पारिवारिक कार्यहरूले महिलाको अधिक समय लिन्छ । महिलाहरूले २६.५ घण्टा गर्छन् भने पुरुषहरूको लागि १९.६ घण्टा छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक