बुधबार, वैशाख १२, २०८१

अछाम जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको तर्फबाट अक्सिजन सहयोग

नेपालप्लस प्रतिनिधी / अछाम२०७८ जेठ १३ गते २०:३५

अछामको सदरमुकाम मंगलसैन स्थित जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको तर्फबाट आजै विहिवार १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । ‘मातृभुमीलाई तत्काल अक्सिजन सहयोग अभियान’ अन्तर्गत यो सहयोग पुगेको हो ।

एनआरएनए नाइजेरिया र अफ्रिका, अमेरिका, मलेशिया र कतारमा बस्ने गैर आवासीय नेपाली र जुपु मिलन केन्द्र काठमाडौंको सहयोगमा जिल्ला अस्पताललाई १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

बिहिवार वरिष्ठ समाजसेवी पुष्पबहादुर शाहले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरे । जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाका नीति निर्देशन पालन गर्दै जिल्ला अस्पताल परिसरमा सामुदायिक रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाको सहजीकरणमा भएको एक संक्षिप्त कार्यक्रममा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै शाहले अहिलेको जटिल परिस्थितिमा अछामलाई सम्झेर जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउन मद्धत गर्ने गैर आवासीय नेपाली प्रती आभार व्यक्त गरे ।

अक्सिजन सिलिण्डर बुझ्दै डाक्टर बास्कोटाले पनि अक्सिजन सिलिन्डर आपूर्तिका लाई सहयोग गर्ने सबै सहयोगी मनहरूलाई धन्यवाद छ भन्नुभयो ।

अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित ह्युमानिटी फाउण्डेसन नेपाल, गैर आवासीय नेपाली संघ नाइजेरिया, अफ्रिकाबाट रोशन थापाको सहभागिता छ । त्यस्तै, अमेरिकाबाट बासुदेव अधिकारी, बिष्णु शाह, हेमबहादुर ठकुल्ला छन् भने मलेसियाबाट टेकबहादुर बुढा, दिनेश खडका खप्तडी छन् । त्यसैगरि कतारबाट चन्द्र थापा, काठमाडौं स्थित जुपु मिलन केन्द्र, केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामी परिवारको आर्थिक सहयोग रहेकोे छ ।

एनआरएनए अफ्रिकाको नेपाललाई तत्काल अक्सिजन सहयोग अभियानमा गैर आवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष हिक्मत थापाले संयोजन गरेका छन् । धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सिनाको समन्वय र ब्यवस्थापनमा अछाम जिल्लामा ३० थान अक्सिजन सिलिन्डर पुर्याइएको छ । त्यसमध्ये बुधवार ह्युमानिटी फाउन्डेसन धनगढीको सहयोगमा १० थान अछाम जिल्ला अस्पताल र १० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु बयालपाटा अस्पताल लाई हस्तान्तरण गरिएको थियो ।

पछिल्लो पटक पठाएकोगरि मङ्गलसेन अस्पतालमा २० थान र बयालपाटा अस्पतालमा १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । साथै बयालपाटा अस्पतालका लागि थप १० थान अक्सिजन ल्याउन गाडी आजै भैरहवा पठाइएको छ र भोलिसम्म हस्तान्तरण गरिने छ ।

पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तिमिल्सिनाका अनुसार भैरहवाबाट थप १० थान अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखीएको छ । शुक्रबार बयालपाटापठाइने छ । अबको केही दिनमा अमेरिकी नेप्लिज चेम्बर अफ कमर्सको सहयोग र युवा सूचना मंच बाँकेको संयोजनमा जिल्ला अस्पताल, बयालपाटा अस्पताल लागयत कोभिडबाट बढी प्रभावित पंचदेवल विनायक नगरपालिका भित्रका स्वास्थ्य संस्था, सुरक्षाकर्मी र पत्रकारलाई औषधी, स्वास्थ्य तथा सरसफाइका सामग्री वितरण गरिने जानकारि समेत पत्रकार तिमिल्सिनाले दिए ।

तपाइँको प्रतिक्रिया