मंगलबार, वैशाख ४, २०८१

फ्रान्समा आक्रमण: एक प्रहरी गम्भीर घाइते, आक्रमणकारीको मृत्यु

नेपालप्लस संवाददाता२०७८ जेठ १४ गते १७:५४

KEYSTONE/AP Clement Lanot Via laliberte.ch

आज शुक्रबार बिहान फ्रान्सको नँत शहर नजिकै ला चापेल-सुर-एर्द्रमा हतियरधारीले प्रहरीमाथि हमला गर्दा एक नगर प्रहरी गम्भीर घाइते भएकी छिन् भने अर्का एक जना सामान्य घाईते भएका छन् । छुरा प्रहार गर्ने आक्रमणकारीको पक्राउका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हमलाकारी कट्टरपन्थी र गम्भीर मानसिक रोगी थिए ।

नगर प्रहरीका अनुसार विशेष गरी दुई जना नगर प्रहरीको हात र पाखुरामा गम्भिर चोट लागेको छ ।

यो घटना देखेकि एर्का एक जना नगर प्रहरी आघात (सक) मा छन् । सकमा पर्ने प्रहरीको अवस्था सामान्य रहेको गृहमन्त्रीजेराल्ड डेर्मानिनले बताएका छन् । घटना लगत्तै गृहमन्त्री उक्त स्थानको स्थलगत भ्रमणमा गएका थिए । उनले प्रहरीहरुलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

आक्रमणकारी कट्टरपन्थीकरणमा लागेको र उनी मानसिक रोगी भन्ने प्रहरीको फाईलमा उल्लेख रहेकोपनि गृहमन्त्रीले घटनास्थलमा उल्लेख गरेका थिए ।

फ्रान्समा जन्मेका ४० वर्षिय ति आक्रमणकारी पहिलेनै प्रहरीको सूचीमा थिए । केहि समय जेल बसेका उनी सन् २०१६ मा जेलबाट छुटेपछि कट्टरपन्थीकरणमा गएका र इस्लाम धर्मको कडा अभ्यास गरेको भन्दै रिपोर्ट गरिएको थियो ।

गृहमन्त्रीले सार्वजनिक गरेअनुसार कट्टरपन्थी गतिबिधी रोक्ने क्रममा खटिएका प्रहरीहरुमाथि आक्रमणकारीले हमला गरेपछि प्रहरीले जवाफी कारवाहि गर्दा आक्रमणकारीको मृत्यु भएको हो । घाईते प्रहरीहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।

तपाइँको प्रतिक्रिया