मंगलबार, वैशाख ११, २०८१

एनआरएन अमेरिका निर्वाचन : जित बुद्धिको, हार चलखेलको

नेपालप्लस संवाददाता / न्युयोर्क२०७८ जेठ १७ गते १६:५२

गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका) को अध्यक्षमा बुद्धि सुवेदी बिजयी भए । १५,७७८ मत खसेकोमा ५ हजार ६ सय १८ मत ल्याएर सुबेदी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कृष्ण लामीछानेले ५,२६८ मत पाए । तेस्रो स्थानमा रहेका डा. अर्जुन बन्जाडेले पनि उल्लेख्य मत ल्याए । उनले ४,१६८ प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार खरा शैलीका तिलक केसीको भने जम्मा ५६७ मत आयो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितीका सचिव गौरी जोशी र सल्लाहकार हरिबोल भण्डारीले भरमग्दुर प्रयास गर्दापनि अध्यक्षका उमेदवार कृष्ण लामीछानेले बिजय हात पार्न सकेनन् । लामीछानेको पराजयसँगै राजनैतीक गठबन्धन र चलखेलमा बढी विश्वास गर्ने जोशी र भण्डारीको पनि पराजय भएको कतीपय विष्लेशकहरुको भनाइ छ ।

उनीहरु भन्छन्– जित बुद्धिको भयो, चलखेलको हार । अध्यक्षमा लामीछाने हारे नै, उनका प्यानलका अधिकांशले समेत जित्न सकेनन।

अमेरिकाको एनआरए निर्वाचनमा अध्यक्ष पदमा लामिछानेले जित्ने धेरैको आँकलन थियो । तर जित्न सकेनन् । लामिछनेलाई जिताउन नेपाली कांग्रेस आवद्ध एउटा समुह पूर्ण रुपमा लागेको थियो । जसको नेतृत्व एनआरएनए केन्द्रिय सचिव गौरी जोशी र सल्लाहकार हरिबोल भण्डारीले गरेका थिए ।

गौरी जोशी एनआरएनको भावी केन्द्रिय महासचिव पदका उम्मेद्वार हुन् भने भण्डारी नेपाली कांग्रेसको केन्द्रिय तहसम्म प्रभाव भएका ब्यापारी हुन् ।

शनिवार र आइतवार यि दुबै जना अगुवा टेक्सास स्थित एक जना नेपालीको घरमा बसेर कतिपय मतदाताहरुको मत आफैंले हालेका थिए । न्युयोर्कका एकजना नेपाली भन्छन्- “म काम मै थिएँ । उहाँहरुको फोन आयो । तपाईंलाई एउटा टेक्स्ट म्यासेज आएको हुनसक्छ । त्यसमा एउटा कोड नम्बर छ, त्यो दिनुहोस् त भन्नु भो । मैले दिएँ । पछी पो थाहा भो त्यो त भोटिङ कोड रहेछ । मेरो मत कसलाई पर्‍यो मैले पत्तै पाइन” । यसरी आफ्नो मत चोरी भएको धेरैको गुनासो छ । तथापी जोशी र भण्डारीको भरमग्दुर प्रयास गर्दापनि सालीन स्वभावका उम्मेद्वार लामिछनेले जित्न सकेनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक